Khabar Dabali २६ बैशाख २०८३ शनिबार | 9th May, 2026 Sat

आकर्षक रुपमा सजिए राजधानीका छठघाट

खबरडबली संवाददाता

काठमाडौं । पशुपति क्षेत्रको गुह्येश्वरी(गौरीघाट बाग्मती नदी किनारका दायाँबायाँ फूलमालालगायत सामग्रीले आकर्षक रुपमा सजावट गरी राखिएको छ । छठपर्वका अवसरमा आज अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिन राजधानीका अन्य स्थानका साथै यहाँको छठघाट पनि सजाइएको हो ।

प्रत्येक वर्ष छठपर्वका अवसरमा गुह्येश्वरी(गौरीघाटलगायत राजधानीका अन्य स्थानमा पनि सजाउने गरिन्छ । यहाँको साजसज्जा हेर्न पनि भक्तजनको भिड लागेको छ । यसवर्ष राजधानीमा गुह्येश्वरीबाट गौरीघाटसम्मको बाग्मती नदी किनारको दायाँबायाँ, कमलपोखरी, थापाथली, विभिन्न स्थानका नख्खु खोला र विष्णुमती नदी किनारमा छठघाट निर्माण गरी सजाइएको छ । यी स्थानमा छठघाटसँगै छठी माताको माटाको मूर्ति पनि निर्माण गरिएको छ । जहाँ आज अस्ताउँदो सूर्यसँगै छठी माताको पनि पूजा आराधना गरिन्छ । 

गुह्येश्वरीमा यसवर्ष विगतभन्दा बढी छठघाटको निर्माण गरिएको छ । विगतमा करिब ५०० छठघाट निर्माण गरिएकामा यसवर्ष ६०० भन्दा बढी बनाइएको छ । आज बिहानसम्म ५०० वटा छठघाट भक्तजनले रसिद काटेर लिइसकेका छन् । एउटा छठघाट रु एक हजार ५०० शुल्क लिएर भक्तजनलाई दिएको छठपूजा समितिका अध्यक्ष अनिल सिंहले जानकारी दिए । गुह्येश्वरी क्षेत्रमा छठपूजाका लागि बिहानैदेखि भक्तजनको भिड बढ्न थालेको छ । यहाँ करिब ६०० व्रतालु, तिनका परिवार एवम् अन्य दर्शन गर्ने र हेर्ने गरी करिब तीन लाख भक्तजन आउने अनुमान समितिले गरेको छ । 

२० वर्षअघिसम्म राजधानीमा हुने छठ पूजामा तराई क्षेत्रका सीमित मानिसको मात्र सहभागिता हुने गरेको थियो । अहिले तराई क्षेत्रबाट राजधानी आई बस्ने अधिकांश मानिसका साथै पहाडी समूदाय पनि छठपर्व मनाउने गरेका छन् । जनकपुरकी रञ्जु श्रेष्ठले विगत २५ वर्षअघिदेखि नै छठ मनाउने गरेको बताइन् । सुरुमा जनकपुरबाट छठ मनाउन सुरु गरेकी श्रेष्ठले हाल गुह्येश्वरीमै सूर्यको पूजाआराधना गरी पर्व मनाउने गरेकी छन् । आफू पहाडबाट जनकपुर झरे पनि आफूले अपनाइ आएको संस्कारसँग मिल्ने भएकाले छठ मनाउन थालेको उनले सुनाए । 

छठपर्वका लागि गुह्येश्वरी गौरीघाट क्षेत्र अहिले बेहुलीझैँ सिँगारिएको छ । नदीको बीचमा छठी माताको माटाको मूर्ति स्थापना गरिएको छ । आज राष्ट्रपतिले यो मूर्तिसँगै सूर्यको पूजा आराधना गरी अघ्र्य दिने कार्यक्रम रहेको पूजामा खटिएका नवोनाथ झाले बताए । आज बेलुकी र भोलि बिहान पूजा गरेपछि यो मूर्तिलाई बाग्मती नदीमै बगाएर सेलाइने पनि उनले सुनाए । छठ पूजास्थलमा उखुको लाँक्रा, केराको घरी र केराको बोट बोकेर हिँडेका भक्तजनको भिड देखिन्छ । छठ पूजास्थल वरपर व्यापार व्यवसाय गर्नेको भिड पनि देखिन थालेपछि काठमाडौँ महानगरपालिकाले पसल नराख्न यस क्षेत्रमा माइकिङ गरिरहेको छ । 
 
कमलपोखरीमा पानीको फोहरासहित आकर्षक सजावट
यसैगरी कमलपोखरी क्षेत्रलाई पनि बेहुलीझैँ सिँगारेर अस्ताउँदो सूर्यसहित छठ माताको पूजा आराधनाको तयारी गरिएको छ । कमलपोखरीमा सजावटका साथै बीचमा राखिएको छठी माता र पानीको फोहरा आकर्षणको केन्द्र बनेको छ । कमलपोखरीमा एक सय ७५ जना व्रतालुले पूजा गर्न छठघाट निर्माण गरिएको छ । कमलपोखरीमा भने छोटो औपचारिक कार्यक्रम पनि गर्न लागिएको छठ पूजा समाजका अध्यक्ष राजेन्द्र सिंहले जानकारी दिए ।

यहाँ छठ पूजा सम्पन्न गर्न सहयोग गर्नेलाई सम्मान गरिनुका साथै राष्ट्रपति, पूर्व सांसद, काठमाडौँ महानगरपालिकाका प्रमुखलगायतले मन्तव्य व्यक्त गर्ने कार्यक्रमसमेत छ । चार दिनसम्म मनाइने छठपर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अघ्र्य दिइन्छ । यसका लागि शनिबारदेखि नै नीराहार व्रत बसेका व्रतालुले आज रातभर छठपूजास्थलमा जाग्राम बसी उदाउँदो सूर्यको प्रतिक्षा गर्ने गरेको हेटौँडाबाट पर्व मनाउन आएका पवन अग्रवालले बताए । सोमबार बिहान उदाउँदो सूर्यको पूजा आराधनासहित अर्घ्य दिएपछि चार दिन लामो छठपर्व समापन हुन्छ । 

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्य एवम् छठी माताको पूजा आराधनासहित अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्यदान गरेमा मनले चिताएको पूरा हुने सूर्य पुराणलगायत ग्रन्थमा उल्लेख गरिएको छ । महाभारतकालमा द्रौपदीसहित पञ्चपाण्डवले सूर्यको पूजा आराधना गरी एकवर्षे अज्ञातबास सफल भएको उल्लेख छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विधि मिच्ने स्वार्थ प्रेरित कार्यले निरंकुशताको संकेत दिन्छ : सपना प्रधान मल्ल

काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले विधि र वैधानिक परम्परालाई कमजोर बनाउने स्वार्थ प्रेरित गतिविधिले निरंकुशताको संकेत दिने बताए...

नेकपा एमालेद्वारा २१ सदस्यीय संसदीय बोर्ड गठन

काठमाडौँ । नेकपा एमाले संसदीय दलको बैठकले दलको साङ्गठनिक संरचनालाई पूर्णता दिँदै २१ सदस्यीय ‘संसदीय बोर्ड’ गठन गरेको छ । शनिवार सिंहदरबारस्थित संसद...

कांग्रेसका क्रियाशील सदस्यले अन्य चुनाव चिन्हमा मतदान गर्नु अनुशासनविपरीत : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका आधिकारिक सदस्यले रूखबाहेक अन्य चुनाव चिन्हमा मतदान गर्न नपाइने बताएका छन्। कैलालीको धनगढीमा...

ताप्लेजुङमा बेमौसमी हिमपात

ताप्लेजुङ। ताप्लेजुङमा यतिबेला बेमौसमी हिमपात भएको छ । पाथीभरा डाँडासहित जिल्लाको उच्च हिमाली भेगमा बाक्लो हिमपात भएको हो ।  हिमाली जिल्ला ताप्लेजु...

छ लाख रुपियाँ अवैध भारुसहित दुई जना पक्राउ

नेपालगन्ज। भारतसँग सीमाना जोडिएको बाँके जिल्लाको नेपालगन्ज लगायत विभिन्न सीमावर्ती स्थानमा भारतीय र नेपाली रुपियाँको अवैध सटही कारोबार खुला रूपमा हुँद...

गगन थापासँग कमलबहादुर शाहको प्रश्न: देउवालाई टिकट नदिनुको कारण के ?

काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सभापति गगनकुमार थापा सँग शेरबहादुर देउवा लाई टिकट नदिनुको कारणबारे प्रश्न गरेका छन्। शन...

विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छ : कामु प्रधानन्यायाधीश

काठमाडौँ । सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संवैधानिक सर्वोच्चता, स्वतन्त्र तथा निष्पक्ष न्यायपालिकाको मान्यता, नागरिकक...

रास्वपाको प्रशिक्षणमा न्युन उपस्थिति, दलका उपनेताले भने: सांसदले संसदीय भूमिकाबाट विमुख हुने सङ्केत गर्दैछन् ’

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसदलाई राखेको प्रशिक्षण कार्यक्रममा सांसदको उपस्थिति न्युन देखिएको छ । रास्वपाले शनिवार राखेको स...

सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान

काठमाडौँ। सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेकोे छ । ‘सहकारी ऐन २०७४’ तथा ‘प्र...

झापामा टिपर र बस ठोक्किँदा १० जना घाइते

झापा । गौरादह नगरपालिका-५ स्थित स्कुलचौन बजारमा आज यात्रुबाहक बस र ढुङ्गागिट्टी बोक्ने टिपर एकापसमा ठोक्किँदा १० जना घाइते भएका छन् । जिल्ला प्रहरी...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending