सुनसरी । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कांग्रेसले गरेको प्रतिबद्धता सबै पूरा हुने बताएका छन्। सुनसरीको कोसी गाउँपालिका–५ मा आइतबार लोकतान्त्रिक बाम गठबन्धनको संयुक्त कार्यालय उद्घाटन कार्यक्रममा मन्त्री कार्कीले सो कुरा बताएका हुन् ।
उनले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा कांग्रेसका उमेदवार विजयी भएपछि पार्टीले आफ्नो घोषणापत्रमा नेपाली जनतासमक्ष गरेको सबै प्रतिबद्धता पूरा हुने बताए । तीन वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार खर्च राज्यले बेहोर्ने, ७३ वर्षभन्दा माथिका जुनसुकै बिरामी भए पनि त्यसको खर्च राज्यले गर्ने, ६५ वर्षभन्दा माथि उमेर समूहका सबै नागरिकलाई वृद्धभत्ता दिनेलगायत कांग्रेसले जनतासामु गरेका प्रतिबद्धता पूरा गर्ने भएकाले कांग्रेससहित लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन मन्त्री कार्कीले आग्रह गरे ।
लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि सुनसरी क्षेत्र नं ४ का उम्मेदवारसमेत रहेका मन्त्री कार्कीले यस क्षेत्रमा रहेका विद्यालय र मदरसालाई ‘स्मार्ट स्कुल’का रुपमा परिणत गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले यसका लागि आवश्यक बजेटसमेत विनियोजन गरिसकेको जानकारी दिए । “मोबाइल नेटवर्कको समस्या सधैँका लागि अन्त्य गर्न आवश्यक प्रक्रिया अगाडि बढाइसकेको छु”, उनले भने ।
कोसी गाउँपालिका–५ को सिँचाइ समस्या समाधान गर्न गलफरिया सिँचाइ आयोजनाको काम अघि बढेको सो अवसरमा मन्त्री कार्कीले जानकारी दिए । नेपालमा जलस्रोत, पर्यटन र कृषिको प्रचुर सम्भावना रहेकाले यसको विकास गरेर देशलाई १० वर्षभित्र दक्षिण एशियाको धनी देश बनाउन सकिने उनको भनाइ थियो । विदेश गइरहेका युवालाई स्वदेशमै रोजगारी सिर्जना गरिने उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: