Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

ललितपुरमा धुमधामका साथ छठ पर्व मनाइँदै

खबरडबली संवाददाता

ललितपुर । चतुर्दशीका दिनदेखि सुरु हुने छठ पर्व सूर्यको आराधना गरी ललितपुरमा पनि हर्षोल्लासका साथ मनाइँदैछ । सूर्यपासनाको अनुपम छठ अत्यन्तै श्रद्धा र निष्ठाका साथ ब्रत बसी अस्ताउँदो सूर्य र उदाउँदो सूर्यको पूजा गरी मनाइने गरिन्छ । 

बिहानीमा सूर्यको न्यानो किरणसँगै बर्तालुले सबै प्रसादीलाई अघ्र्य दिइ अञ्जुलीमा पानी भरी जल चढाउँछन् । पालैपालो ठकुवा, भुसुवा, फलफूल र मिठाइजस्ता प्रसादी छठी मातालाई अर्पण गरी पूजा बिसर्जन गर्दछन् । त्यसपछि घरमा गई छठको प्रसाद ग्रहण गरी अरु खाने कुरा बर्तालुले खान्छन् । ललितपुरको गोदावरी–१ की मञ्जु गुप्ता भन्छिन्, “पहिला छठको सामग्री  पाउन गाह्रो थियो । सामान न पाउँदा तराईमै छठ मनाउन जानु पथ्र्यो । पछिल्लो समय काठमाडौँ उपत्यकामा मनाउने गरेका छौँ ।”

यस्तै ललितपुरको हात्तीवनमा बस्ने बर्तालु रिता यादव उपत्यकाको रानीपोखरी, कमलपोखरी, बागमती, गोदावरी खोलालगायतमा भव्यताका साथ छठ पूजा गर्ने गरिएको बताउछिन् । छठमा पञ्चमीदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाइ गहुँको सादा पुरी प्रसादका रूपमा खाने तथा व्रत नबस्नेलाई पनि खुवाउने चलन छ ।

परम्परानुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजाका लागि राखिएका उखु, केरा, नरिवल, सुठुनी, निम्बु, पान, सुपारी, सिन्दुर, बेसार, अदुवा, नरिवल, केराउ, भुसुवा, ठेकुवा, फलफूल, मिठाइलगायत सामग्रीका साथ अर्घ्य दिइन्छ । सम्पूर्ण प्राणीलाई विनाभेदभाव समान शक्ति, ताप र किरण दिने समानताको प्रतीक सूर्यको यसै महिमालाई आत्मसात् गर्दै सूर्यको पूजा प्रार्थना र आराधना तनमन लगाएर चार दिनसम्म गरिन्छ । सामग्रीलाई अघ्र्य दिएपछि रातभर नदी, पोखरी तथा तलाउ किनारमा सबै श्रद्धालु बसी रमाइलो गर्दै छठको लोकगीत गाउँछन् । 

भोलिपल्ट सप्तमी ९पारन० को बिहान उदाउँदो सूर्यलाई पुनःअघ्र्य दिइ पूजा बिसर्जन गरिन्छ । पवित्र मनले छठ मनाउँदा पारिवारिक कल्याण, सन्तान सुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ । ललितपुरको इमाडोलमा बस्दै आएकी बर्तालु मीना दासका अनुसार पञ्चमी ९खर्ना०देखि पूर्णिमासम्म चेलीबेटीले रातिमा सामा–चकेवा लोकगीत गाएर रमाइलो गरिन्छ । सामा–चकेवा दाजुभाइको सुस्वास्थ्यका लागि खेलिन्छ । “सहरमा बस्नेले समय र ठाउँ नमिलेर सामा–चकेवा खेल्न छाडेका छन्”, उनले भनिन् । छठमा व्रत बसे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: