कालिकोट । कालिकोट जिल्लामा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावका लागि आ–आफ्नो पक्षमा मत माग्दै उम्मेदवार गाउँ–गाउँमा पसेका छन् । चाडबाड सकिएलगत्तै प्रमुख राजनीतिक दलका उम्मेदवार मत माग्दै गाउँ पसेका हुन् ।
जिल्लामा सत्ता गठबन्धन दल, नेकपा एमाले, विपी कांग्रेस, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । चाडबाडका कारणले चुनावी प्रचारको काम गर्न नपाएकामा उम्मेदवार अहिले चाडबाड सकिएका कारणले तीव्ररूपमा चुनावी प्रचार र नागरिक भेटघाट कार्यक्रममा उम्मेदवार गाउँ पसेका हुन् ।
चाडबाडका समयमा नागरिक बीचमा विभिन्न पार्टी कार्यकर्तासँग अन्तक्र्रिया गठबन्धनको बैठकलगायतका काम भइरहेको गठबन्धन दलका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का प्रतिनिधिसभाका उम्मेदवार महेन्द्रबहादुर शाहीले जानकारी दिए ।
“हामी गठबन्धनका साझा एजेण्डा लिएर चुनावी मैदान होमिएका छौँ”, उनले भने, “अहिले हामीले गठबन्धन संयुक्त चुनाव प्रचार–प्रसार समिति तथा अन्य काम सकेर नागरिकबीचमा पुगेको छौँ ।”
नेपाली कांग्रेसले माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी दलसँग तालमेल गरेर चुनावी अभियान जुटेको न कांग्रेस प्रदेशसभा (ख) का उम्मेदवार हिक्मतबहादुर विष्टले जानकारी दिए ।
“मैले मेरो निर्वाचन पालिका रहेको नरहरिनाथ गठबन्धनको कार्यक्रम सकेर सान्नी त्रिवेणी गाउँपालिका गठबन्धन दलको बैठक सकेर रास्कोटमा लागेको छु”, उनले भने, “चाडबाड सकियो । कांग्रेसले अहिले सम्पूर्ण शक्ति चुनाव प्रचार–प्रसारमा लगाएको छ ।”
नेकपा एमाले प्रतिनिधिसभाका उम्मेदवार नगेन्द्रबहादुर शाहीले पार्टीको एजेण्डा लिएर गाउँगाउँमा मतमाग्ने काम भइरहेको बताए । “अहिले म नागरिकका बीचमा रहेको छु । पार्टी र मेरो भावी चुनावी घोषणापत्र लिएर प्रचार–प्रसार गरिरहेको छु”, उनले भने, “नागरिकका गुनासा पनि सुन्ने काम र उहाँहरूका समस्याका विषयमा सुझाव लिने काम भइरहेको छ ।”
जिल्लामा गठबन्धन दलका तर्फबाट प्रतिनिधिसभामा माओवादी केन्द्रका महेन्द्रबहादुर, एमालेका नगेन्द्र र स्वतन्त्ररूपमा उम्मेदवारी दिएका काशीचन्द्र बराल प्रतिस्पर्धामा छन् ।
प्रदेशसभा सदस्यमा १ मा गठबन्धनका तर्फबाट माओवादीका दुर्गबहादुर रावत, एमालेका कुर्मराज शाही, राप्रपाका सूर्यबहादुर शाही र नेमकिपाका रवीन्द्र शाही चुनावी मैदानमा रहेका छन् ।
भने प्रदेशसभा २ मा गठबन्धनको तर्फबाट कांग्रेसका हिक्मतबहादुर विष्ट, एमालेका वीरेन्द्रबहादुर बोगटी, नेमकिपाका जनकबहादुर विष्ट, कांग्रेस विपीका कर्णबहादुर विष्ट, एकीकृत समाजवादीका विश्वराज बम र स्वतन्त्र उम्मेदवारका रूपमा लक्ष्मणबहादुर बम चुनावी मैदानमा रहेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - ०९:३६
खोटाङ । भौतिक पूर्वाधार कार्यालयले ११२ आयोजनाका लागि ठेक्का आह्वान गरेको छ । कोशी प्रदेश सरकारबाट आर्थिक वर्ष २०८२/८३ का लागि स्वीकृत भएको रु ६६ करोड ...
पौष ९ गते, २०८२ - ०८:५४
प्रधानमन्त्रीको उम्मेदवारबारे असिम शाह भन्छन्- कानुनी रूपमा मिलुन्जेलसम्म रवि दाइ, नभए बालेन
पौष ९ गते, २०८२ - ०८:३६
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीबालीमा रोगकीरा नियन्त्रणका ल...
पौष ९ गते, २०८२ - ०८:१८
काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन व्यवस्थापन र सुरक्षाका लागि करिब २७ अर्ब रुपैयाँ खर्च हुने भएको छ । २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा ...
पौष ९ गते, २०८२ - ०८:१४
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ। पुस अन्तिम साताका लागि तोकिएको महाधिवेशन कार्यतालिकामा हेरफेर गर्न कांग्रेसल...
पौष ९ गते, २०८२ - ०८:०३
तनहुँ । तनहुँको सदरमुकाम दमौली बजारबाट सात किलोमिटर दूरीमा रहेको बेनीकोटका एक किसानले बाँझो भिरालो जग्गामा सुन्तलाखेती गरी राम्रो आम्दानी गरेका छन् । ...
पौष ९ गते, २०८२ - ०७:४९
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु सात अर्ब ८४ करोड ४० लाख २३ हजार मूल्यबराबरको पेट्रोलियम पदार्थ आया...
पौष ९ गते, २०८२ - ०७:३५
ताप्लेजुङ । फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका लागि फलामको खोर राखिएको छ । केही दिनयता भालुले चौपायालाई आक्रमण गर्दै...
पौष ९ गते, २०८२ - ०७:३१
काठमाडौँ । राहदानी विभागले अब दुई कार्य दिनभित्र राहदानी उपलब्ध गराउने भएको छ । कूल तीन लाख ९६ हजार थान राहदानी छपाइ भएर आपूर्ति भइसकेको उल्लेख गर्दै ...
पौष ९ गते, २०८२ - ०७:२४
काठमाडौँ । तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही दिन लम्बिने भएको छ । जल तथा मौसम विज्ञान विभागले बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम र...




प्रतिकृया लेख्नुहोस्: