Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

चुनावी मुद्दा पहिल्याउँदै मतदाता

खबरडबली संवाददाता

काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन–२०७९ को चुनावको मिति नजिकिँदै गर्दा महोत्तरीमा राजनीतिक दलका नेता–कार्यकर्ता र उम्मेदवारको नगर–गाउँ बस्तीमा आउजाउ बढेको छ । दलका र अन्य स्वतन्त्र उम्मेदवार बस्ती–बस्तीमा पुग्दै जनतासँग हिमचिम बढाउन थालेका छन् । 

मुख्य दलहरूले आ–आफ्ना गठबन्धनको औचित्यबारे राजनीतिक तर्क दिए पनि आम जनतामा भने ती कुराले महत्व पाएको देखिँदैन । खेतीकिसानी मुख्य पेसाका बहुसङ्ख्यक जिल्लाका मतदाता भने चुनावमा आफ्ना कुरा कसले कसरी उठाउँदैछन् भन्ने हेरिरहिएको बताउँछन् । “राजनीतिक तर्क–वितर्क हामीलाई सुन्नु छैन, हाम्रो खेतबारीमा कसरी पानी पुग्छ ? किसानले अब के सहुलियत पाउँछन् ? समयमा मलखाद, बीउ र सुलभ ऋण किसानले पाउने भरपर्दा कुरा के हुन् ? उम्मेदवारले अब यी कुराको योजनासहितको जवाफ लिएर हामीसँग कुरा गरुन्”, भङ्गाहा नगरपालिका–४ थारूटोलका किसान हेमलाल चौधरी थारूले भने, “ढाँटछल गरेर भोट फकाउने कुरा अब चल्दैन ।”

आफ्ना बस्तीमा मत माग्दै पुग्ने सबैजसो उम्मेदवारलाई चौधरीले हाक्काहाक्की यसरी जिज्ञासा राख्दा थारूटोल बनरावासी आम किसान पर्रर ताली पड्काएर समर्थन गर्ने गर्छन् । “हो यसपालि त्यो बोलीको लालोपोतोले भोटमा हामी फकिदैनौँ भन्ने सबै नेताले बुझुन्”, थारूटोल बनराकै किसान मक्सुधन मिश्र चौधरीको कुरामा समर्थन जनाउँदै भन्छन् ।  

चार प्रतिनिधिसभा र आठ प्रदेशसभा क्षेत्र रहेका जिल्लामा १० नगरपालिका र पाँच गाउँपालिका गरी १५ स्थानीय तह छन् । जिल्लामा १० नगरपालिकाको सङ्ख्या भए पनि नगरभित्रका अधिकांश बस्ती ग्रामीण परिवेशकै छन् । समुचित पूर्वाधार विकासबिना नै नगरपालिका भनिएका आफ्ना ठाउँ सहुलियतबिनाको कर बढाउने ठाउँ मात्र बनेका सर्वसाधारणको टिप्पणी छ । 

जिल्लाका चारवटै प्रतिनिधिसभा क्षेत्रका आम बासिन्दा अधिकांश कृषि पेशामा आबद्ध छन् । ‘गाउँ–गाउँमा सिंहदरबार’ को नारा लगाइए पनि जिल्लाका कुनै स्थानीय तहमा व्यवस्थित कृषि शाखासम्म नरहेको जिल्लावासीको गुनासो छ । “बहुसङ्ख्यक जनता कृषिमा आधारित छन्, तर न किसानको खेतबारीमा सिँचाइ पुगेको छ, न खेतीपातीका लागि सहुलियतपूर्ण ऋण छ, चाहिएको बेला न बीउ पाइन्छ न मल १” गौशाला नगरपालिका–४ रजखोरका अजय कुशवाहाले भने, “ल भन्नुस् न, स्थानीय तहका कार्यालयमा कृषि शाखासम्म राम्ररी सञ्चालित छैनन्, अनि कसरी हुन्छ समृद्धि ?” मुलुकको समृद्धिका लागि कृषि क्षेत्र उठ्नैपर्ने कुशवाहाको ठम्याइ छ ।

चुनावभरि संसारै झलमल्ल बनाउँछु भन्ने नेता चुनाव सिद्धिएपछि अर्को चुनाव नआएसम्म नाकमुख नदेखाउने गरेका यहाँ आम टिप्पणी सुनिन्छ । यसपालि भने मतदाता मुद्दा केन्द्रित बन्दै गएका छन् । “अब बाटो बनाइदिन्छौँ, खानेपानीका धारा घरघरै जोडिदिन्छौँ र बिजुली ननिभ्ने बनाउँछौँजस्ता उधारा कुरा गरेर दल र उम्मेदवारले धर पाउँदैनन्”, जिल्लाको भङ्गाहा नगरपालिका–५ का मतदाता अमरबहादुर भुजेल भन्छन्, “दलहरूले सुशासन, पारदर्शिता र जिम्मेवारीवहनको पक्षलाई पत्यारिलो बनाउनैपर्छ ।” प्रशासनिक काममा हुने ढिलासुस्ती हटाउन, प्रत्येक विकासे योजनामा हुने कमिसनको चलखेल अन्त्य गर्न र जितिसकेपछि अहं त्याग्न के छन् दलहरूका कुरा ?  त्यो पत्यारिलो गरी जनतालाई भन्न सक्ने गरी भोट माग्न आउनुपर्ने भुजेलको भनाइ छ । 

निर्वाचनका सन्दर्भमा जिल्लाका सबै भेगका सर्वसाधारणले कृषिसम्बद्ध विषय नै उठाउने गरेका पाइएको छ । “हाम्रो जीवन गुजाराको माध्यम नै खेतबारीमा नङ्ग्रा खियाउनु हो, तर हामी किसानले न समयमा बीउ, मल पाउँछौँ, न सिँचाइको प्रबन्ध छ, न सल्लाहका लागि कतै कृषि प्राविधिक भेटिन्छन्”, भङ्गाहा–४ रामनगरका किसान चन्देश्वर राय दनुवार भन्छन्, “किसानका लागि भनेर बजेटमा घोषणा भएका सहुलियत, अनुदान कमिसनका खेलमा टाठाबाठाले खेलाउँछन्, भोट माग्न आउनअघि दल र उम्मेदवारले यो अवस्था अन्त्यका लागि जनताले पत्याउने गरी के कुरा ल्याउँछन्, हेर्नु पर्छ ।”

वर्तमान संविधान जारी भएयता पहिलोपटक २०७४ मा स्थानीय तह र प्रदेश एवं प्रतिनिधिसभाको  निर्वाचन सम्पन्न भएयता झनै नदी, खोलाखोल्सी र अन्य प्राकृतिक सम्पदाको दोहन कहालीलाग्दो बनेको धेरैको बुझाइ छ । नदी, खोल्साखोल्सी जथाभावी खनिएर कुरुप बनाइएका छन् । वन क्षेत्रमा अतिक्रमण निकै बढेकामा उम्मेदवारहरूसँग मतदाताहरूले प्रश्न गर्न थालेका छन् । भङ्गाहा–४ थारूटोल बनराका सामाजिक कार्यकर्ता वीरबहादुर सिंह थारू भन्छन्, “विसं २०७४ को  निर्वाचनयता आफ्नै गाउँमा २० भन्दा बढी क्रसर चलाइएका छन् । “प्राकृतिक सम्पदाहरूको संरक्षणमा के छन् नीति ? दलहरूले अब स्पष्ट पार्नुपर्छ ?” जनप्रतिनिधि त राजनीति, विकास, सामाजिक सम्बन्ध राम्ररी बुझेको स्पष्टवक्ता र निडर व्यक्तिलाई रोज्नुपर्ने अर्का स्थानीयवासी सत्यनारायण चौधरी थारूको भनाइ छ ।

विकास गर्छु, सडक बनाउँछु, नगरलाई विकास गर्छु भन्दै चलनचल्तीका नारा लिएर मत माग्न आउने दलका नेतालाई अब शैलले गरेकी प्रश्नजस्तै मतदाताले नयाँ मुद्दा उठाएर प्रश्न तेस्र्याउन थालेका छन् । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending