Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

चीनमा अबको पाँच वर्ष शासन गर्ने नेताहरू को को हुन् ?

खबरडबली संवाददाता

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीले अबको पाँच वर्ष चीनमा शासन गर्ने नेताहरूको नाम सार्वजनिक गरेको छ।

चिनियाँ पोलिटब्युरो स्थायी कमिटीको हैसियत राष्ट्रपतिको मन्त्रिपरिषद् सरह हुन्छ।

पार्टीको सर्वोच्च निकायको पनि सर्वोच्च निकायका रूपमा ठानिने उक्त कमिटीसम्म पुग्न बलियो राजनीतिक पृष्ठभूमि बाहेक आन्तरिक प्रतिस्पर्धामा चातुर्यसाथ आफूलाई प्रस्तुत गर्नसक्ने क्षमता पनि चाहिने बताइन्छ।

प्रत्येक पटक कार्यकाल सकिँदा स्थायी समितिमा ठूलो फेरबदल देखिनु अस्वाभाविक होइन र यो पालि पनि त्यो क्रमले निरन्तरता पाएको छ।

वास्तवमा राष्ट्रपति सी जिन्पिङले आफ्नो इच्छा अनुसार नियुक्त गरेका उनीहरूमा झाओ लेजी र वाङ खुनिङ बाहेक अधिकांश नयाँ छन्।

उनीहरूमध्ये अधिकांश राष्ट्रपति सीका वफादार हुन्। राष्ट्रपति सीको नेतृत्वमा चीनको सत्ताको केन्द्रमा रहने व्यक्तिहरूबारे तल उल्लेख गरिएको छ।

ली चियाङ

ली चियाङ

उमेर: ६३ वर्ष

अहिलेको राजनीतिक पद: साङ्घाइस्थित पार्टीका महासचिव

सीको सबैभन्दा विश्वासप्राप्त कनिष्ठ सहकर्मीका रूपमा हेरिएका लीले झेजियाङ प्रान्तस्थित सानो काउन्टीहरूमा काम गरेका थिए।

सी झेजियाङमा पार्टीको प्रमुखहुँदा लीले उनको चिफ अफ स्टाफको रूपमा सेवा गरेका थिए।

यसै वर्षको सुरुमा लीको टोलीले साङ्घाइको कोभिड महामारी नियन्त्रणको लागि अघि बढाएको प्रयास विवादित बनेको थियो र स्थानीय वासिन्दाले त्यसको आलोचना गरेका थिए।

उक्त कदमले उनको राजनीतिक भविष्यमा पार्ने प्रभावका बारेमा पनि अड्कलबाजीहरू व्यक्त गरिएका थिए।

तर यो नियुक्तिले राष्ट्रपति सीप्रतिको उनको बफादारीले उनलाई बलियो अवस्थामा उभ्याएको प्रष्ट देखिन्छ।

स्थायी कमिटीको सदस्यको पदवधी अर्को वर्ष प्रमाणित गरिन्छ र धेरैले ली प्रधानमन्त्री र सीपछि दोस्रो वरियताका नेता बन्ने विश्वास गरेका छन्।

झाओ लेजी

झाओ लेजी

उमेर: ६५

हालको राजनीतिक पद: केन्द्रीय अनुशासन निरीक्षण सम्बन्धी आयोगको प्रमुख

झाओलाई चिनियाँ राजनीतिक नेतृत्वको उदाउँदो ताराका रूपमा लिने गरिन्छ र उनको राष्ट्रपति सी जस्तै सान्सी प्रान्तसँग नजिकको सम्बन्ध छ।

चिङहाइ प्रान्तीय सरकारमा प्रवेश गरेपछि उनी तीव्र रूपमा माथि उठ्दै गए र ४२ वर्षको उमेरमा गभर्नर बन्न सफल भए। उनी सबैभन्दा कम उमेरमा प्रान्तीय गभर्नर बन्ने व्यक्ति हुन्।

पार्टीभित्रको भ्रष्टाचार नियन्त्रण निकायको प्रमुखका रूपमा झाओको जिम्मेवारी पार्टीभित्र अनुशासन कायम गर्नु रहेको छ।

उनले वर्षौ यता घुस स्वीकार गरेको आरोपमा कैयौँ वरिष्ठ अधिकारीहरूलाई कारबाहीको दायरामा पनि ल्याएका छन्।

वाङ खुनिङ

वाङ खुनिङ

उमेर: ६७

हालको राजनीतिक जिम्मेवारी: कम्युनिस्ट पार्टीको सचिवालयको प्रथम सचिव

पूर्व प्राज्ञ र प्राध्यापक वाङ वरिष्ठ नेताहरूको नजरमा परेर पार्टीको उच्च ओहदामा पुगेका हुन्। उनलाई तत्कालीन राष्ट्रपति जियाङ जमिनसमक्ष सिफारिस गरिएको थियो र उनी जियाङको सल्लाहकारमा बढुवा भएका थिए।

पार्टीको राजनीतिक सिद्धान्तकारको हिसाबले वाङलाई कम्युनिस्ट पार्टीको कैयौँ अवधारणा पछाडिको प्रमुख व्यक्तिका रूपमा लिइन्छ।

त्यसमा तीन जना नेताहरू: जियाङ जमिनको तीन प्रतिनिधित्व, हु जिन्ताओको विकास सम्बन्धी वैज्ञानिक अवधारणा र सी जिनपिङ विचारधारा पर्छन्।

चीनको महत्त्वाकाङ्क्षी पूर्वाधार लगानी परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ पनि उनकै अवधारणा भएको विश्वास गरिन्छ।

उनी पार्टीको सबै गुटसँग मिल्नसक्ने नेताका रूपमा चिनिन्छन्।

साइ ची

साइ ची

उमेर:६६

हालको राजनीतिक जिम्मेवारी: बेइजिङका मेयर

राष्ट्रपति सीका नजिकका साझेदार रहेका उनले चिनियाँ नेतासँग फुजिआन र झेजिआङ प्रान्तमासँगै काम गरेका छन्। उनले राष्ट्रपति सीप्रति पूर्ण वफादारी कायम राख्न अपिल गरेका थिए।

कोभिड महामारी उत्कर्षमा रहँदा यसै वर्षको सुरुमा बेइजिङमा शीतकालीन ओलिम्पिक आयोजना गर्नुलाई पार्टीभित्र उनको सफलताका रूपमा लिइएको थियो र त्यसले उनको छवि राम्रो बनाएको थियो।

तर उनले सन् २०१७ मा बेइजिङको जनसङ्ख्या घटाउनका लागि घोषणा गरेको एउटा अभियान विवादित बनेको थियो। उक्त योजनाले कम आय भएका धेरैलाई शहर छाड्न बाध्य पारेको थियो।

डिङ सिआसिआङ

डिङ सिआसिआङ

उमेर: ६०

हालको राजनीतिक जिम्मेवारी: पार्टीको महासचिवको कार्यालय तथा राष्ट्रपतिको कार्यालयका निर्देशक

एक जना तालिमप्राप्त इन्जिनिअर डिङले आफ्नो राजनीतिक जीवन साङ्घाई स्थित एउटा सरकारसँग आबद्ध अनुसन्धान केन्द्रबाट सुरु गरेका थिए।

शक्तिमा पुग्न महत्त्वपूर्ण ठानिने प्रान्तीय तहको पार्टी सचिव वा गभर्नरको अनुभव नभएपनि उनी सन् २००७ मा सी जिनपिङको सचिव नियुक्त भएका थिए।

सन् २०१४ यता उनी राष्ट्रपति कार्यलयका प्रमुख छन् र सीको चिफ अफ स्टाफजस्तो भूमिका निर्वाह गरिरहेका छन्।

सी जिनपिङ विचारधाराका बलियो पैरवीकर्ता रहेका उनी सीका सबैभन्दा विश्वासप्राप्त सहयोगी हुन्। चीनभित्र र बाहिर सीले गरेका धेरै भ्रमणमा उनीसँगै गएका छन्।

पर्यवेक्षकहरूका अनुसार उनले हालैका वर्षमा अन्य कुनै अधिकारी भन्दा बढ्ता समय सीसँग बिताएका छन्।

ली सी

ली सी

उमेर: ६६

हालको राजनीतिक जिम्मेवारी: ग्वाङडुङ प्रान्तको पार्टी सचिव

सीप्रति वफादार उनको चिनियाँ नेताको परिवारसँग पनि नजिकको सम्बन्ध छ। लीलाई सन् २०१७ मा लियाओनिङ प्रान्तमा झुट्टो आर्थिक तथ्याङ्कका कारण निम्तिएको कान्डमा सङ्कट मोचकको भूमिका निर्वाह गर्ने व्यक्तिका रूपमा लिने गरिन्छ।

उनी राजनीतिक रूपमा महत्त्वपूर्ण शहर यनानका पार्टी नेता हुन्। उक्त शहरलाई दोस्रो विश्व युद्धको समयमा माओले पार्टी मुख्यालय बनाएका थिए र त्यहाँ सीले सात वर्ष कडा श्रम गरेका थिए।

ग्वाङडुङमा लीले प्रविधि उद्योगको विकास र आर्थिक सुधारलाई जोड दिएका छन्। उनले त्यहाँ नयाँ व्यापार नीतिहरू र क्षेत्रीय समायोजनको मुद्दालाई प्रवर्द्धन गरेका थिए।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तीन पूर्वप्रधानमन्त्रीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको हो?

काठमाडौं । तीन पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल 'प्रचण्ड'विरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान थ...

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बालेनले सोमबार दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। ...

कार्यवाहक सभापतिको हैसियतमा पूर्णबहादुरको विज्ञप्तिले झन्झन् पेचिलो हुँदै कांग्रेस विवाद

काठमाडौं । आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै तथा निर्वाचनमा अनपेक्षित हार खाएकै वेला कांग्रेसको आन्तरिक विवाद झन्झन् बढ्दै गएको छ । जे...

औपचारिक माफी माग्ने सरकारको प्रतिबद्धताप्रति दलित समुदायद्वारा स्वागत

काठमाडौँ । दलित तथा ऐतिहासिक रूपमा बहिष्कृत समुदायमाथि सरकारले औपचारिक रूपमा माफी माग्ने विषयको दलित समुदायले स्वागत गरेका छन् । दलित समुदायका नेता...

पुराना ऐन खारेज गर्ने र नीतिगत सुधारको प्रतिबद्धता स्वागतयोग्य: नेपाल उद्योग परिसंघ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले असान्दर्भिक तथा धेरै पुराना ऐन खारेजी तथा नीतिगत सुधारको प्रतिबद्वताप्रति नेपाल उद्योग परिसंघ...

लहान नगरपालिकाका कर्मचारीले चार महिनादेखि तलब पाएनन्

सिरहा । यहाँको लहान नगरपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरूको विगत चार महिनादेखि तलब रोकिएको छ । तलब नपाउँदा उनीहरूको दैनिकी चलाउनै समस्या भएको गुनास...

यस्तो छ कृषि उपजको आजका लागि थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...

गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

रसुवा । डडेलोका कारण उजाड बनेको यहाँको गतलाङस्थित वन क्षेत्रलाई पुनः हरियाली बनाइने भएको छ । यसका लागि डिभिजन वन कार्यालयले ‘ड्रोन’मार्फत वनस्पतिका बी...

एमाले लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ

काठमाडौँ । लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।  सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गरे। ...

स्पा सेन्टरमा बालिकालाई काममा लगाएको आरोपमा लेकसाइडका आठ सञ्चालक पक्राउ

गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा सेन्टरमा बालिकाहरूलाई काममा लगाएको आरोपमा आठ जना स्पा सञ्चालकलाई आइतबार पक्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending