अबुजा । नाइजेरियामा अधिकांश बालबालिकासहित २५ लाखभन्दा बढी मानिसलाई मानवीय सहायताको खाँचो रहेको संयुक्त राष्ट्रसंघीय निकाय युनिसेफले जनाएको छ । प्रभाबितमध्ये ६० प्रतिशत बालबालिका रहेको र विगत एक दशकको सबैभन्दा भीषण बाढीका कारण पानीजन्य रोग, डुब्ने र कुपोषणको उच्च जोखिममा रहेको युनिसेफले चेतावनी दिएको छ ।
बाढीका कारण देशका ३६ राज्यमध्ये ३४ राज्य प्रभावित भएका छन् भने १३ लाख मानिस विस्थापित भएका छन् ।
बाढीका कारण छ सय भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् भने दुई लाखभन्दा बढी घरहरू आंशिक वा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । युनिसेफका अनुसार झाडापखाला र पानीजन्य रोग, श्वासप्रश्वाससम्बन्धी सङ्क्रमण र छालासम्बन्धी रोगका घटना बढ्दै गएका छन् ।
उत्तरपूर्वी राज्यहरू बोर्नो, अदामावा र योबेमा मात्र अक्टोबर १२ सम्ममा हैजाका सात हजार ४८५ विरामीहरू भेटिएका र ३१९ जनाको मृत्यु भएको थियो । केही हप्तासम्म वर्षा जारी रहने भएकाले मानवीय आवश्यकता पनि बढ्ने अनुमान गरिएको छ । नाइजेरियाका लागि युनिसेफका प्रतिनिधि क्रिस्टियन मुन्डुएटले भन्नुभयो, “बाढी प्रभावित क्षेत्रका बालबालिका र किशोरकिशोरीहरू अत्यन्तै जोखिममा छन् ।”
“उनीहरू विशेष गरी पानीबाट हुने रोग र भावनात्मक र मनोवैज्ञानिक सङ्कटको जोखिममा छन् । युनिसेफले सरकार र अन्य साझेदारहरूसँग मिलेर अति आवश्यक परेकाहरूलाई जीवन रक्षक सहायता प्रदान गर्न काम गरिरहेको छ । बाढीले देशमा पहिलेदेखि नै अनिश्चित मानवीय स्थितिमा जटिलताको अर्को तह थपिरहेको छ ।
बालबालिकाका लागि तत्काल प्राथमिकताका आवश्यकताहरूमा आश्रय र भोजनसहित स्वास्थ्य, पानी, सरसफाइ र स्वच्छता समावेश छन् । बढ्दो आवश्यकतालाई सम्बोधन गर्न र जारी मानवीय हस्तक्षेपलाई निरन्तरता दिन, अपाङ्गता भएका बालबालिकालगायत अति जोखिममा रहेका व्यक्तिहरूलाई ध्यान केन्द्रित गर्न थप कोष र स्रोतहरूको आवश्यकता पर्दछ ।
‘युनिसेफको चिल्ड्रेन क्लाइमेट रिस्क इन्डेक्स (सीसीआरआई)’ का अनुसार नाइजेरिया जलवायु परिवर्तनको प्रभावको ‘अति उच्च जोखिममा’ रहेको छ । संयुक्त राष्ट्रसङ्घीय निकायले ‘अति उच्च जोखिम’ भएका मुलुकका बालबालिकाले पानी, सरसफाइ, स्वास्थ्य सेवा र शिक्षाजस्ता अपर्याप्त आवश्यक सेवाका कारण जलवायु र वातावरणीय समस्याका साथै उच्च स्तरको अन्तर्निहित बाल जोखिमको घातक संयोजनको सामना गर्नुपरेको जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: