Khabar Dabali २९ असार २०८३ सोमबार | 13th July, 2026 Mon
Investment bank

राष्ट्रिय खेलकुदको सुनिश्चितताका लागि अहिल्यै मिति घोषणा : खेलकुदमन्त्री

खबरडबली संवाददाता

कास्की । युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले राष्ट्रिय खेलकुद प्रतियोगिता नियमित कार्यतालिकामा गर्न सहज बनाउने गरी अहिल नै मिति घोषणा गरिएको बताएका छन् ।

पोखरामा शुक्रबार साँझ पत्रकारहरुसँगको भेटघाटमा उनले कर्णालीमा हुने दसौँ राष्ट्रिय खेलकुद विगतमा जस्तो लामो समयसम्म  नहुने अवस्था अब नआउने उल्लेख गरे। हरेक दुई वर्षमा हुने प्रतियोगिता नियमित सञ्चालन हुने उनको भनाइ छ ।

मन्त्री गहतराजले भने, “हामीले दसौँ राष्ट्रिय खेलकुदको मिति अहिले नै तय गरेका छौँ । कर्णालीमा दुई वर्षभित्रमा मात्र भनेका छैनौँ, विसं २०८१ मङ्सिर २ देखि ९ गतेसम्म मिति अहिले नै घोषणा गर्दा यसको तयारीमा समेत सहयोग पुग्नेछ, प्रतियोगिताको सुनिश्चितता हुन्छ ।”

खेलकुदमन्त्री गहतराजले पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद मौसमको प्रतिकूलता, चाडपर्वहरुका बीच र सार्वजनिक खरिदका केही प्रावधानका कारण चुनौती रहे पनि चुनौतीका बीचमा पनि सफल भएको बताए।

नवौँ राष्ट्रिय खेलकुद आयोजनाले अन्तर्राष्ट्रिय मान्यतासमेत पाइसकेकाले राष्ट्रिय टोली निर्माण र अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिताका लागि सहज बनेको उनको भनाइ छ । पोखरामा सात दिनसम्म चलेको भव्य प्रतियोगिता सफल पार्न सहयोग गर्ने सञ्चारजगत्लगायत सबै गण्डकी प्रदेशवासीलाई समेत उहाँले आभार व्यक्त गरे। 

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले नवौँमा पहिलो पटक राष्ट्रिय खेलकुदको ट्रफी निर्माण, राष्ट्रिय खेलकुदको मान्यताअनुसार ‘एन्टी डोपिङ’ परीक्षण लगायतका नवीनतम् कार्य सुरु भएको बताए। उनले खेलाडीहरुको विवरण डिजिटल माध्यमबाट दर्ता गरी अभिलेखीकरण गरिएको समेत बताए। प्रतियोगितामा ३६ खेलको तीन सय ९६ इभेन्टस सम्पन्न भएको, खेलाडी ६ हजार एक सय २७, निर्णायक एक हजार ६ सय ४७, प्रशिक्षक सात सय एक, व्यवस्थापक पाँच सय ११ र सञ्चालक समिति एक सय नौजना गरी १० हजारभन्दा बढीको सहभागिता भएको जानकारी दिए। प्रतियोगिता सफल भएकामा उनले सबैप्रति आभार व्यक्त गरे।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रोशी खोलाको जोखिम बढेपछि बीपी राजमार्गमा सवारी आवागमन रोकियो

काभ्रेपलाञ्चोक । रोशी खोलाको जलाधार क्षेत्रमा वर्षा सुरु भएसँगै बीपी राजमार्गमा हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै सवारी आवागमन अस्थायी रूपमा ...

सञ्चारगृह र भाटभटेनीबाहिर शंकास्पद सवारी पार्किङ, क्रेन लगाएर उठाइयो

काठमाडौँ । काठमाडौँका विभिन्न सञ्चारगृह तथा भाटभटेनी सुपरमार्केटबाहिर सोमबार बिहान शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरिएपछि सुरक्षा निकाय सतर्क बनेको ...

नयाँ प्रणालीबाट ई–पासपोर्ट छपाइ सुरु, पहिलो चरणमा दुई जना नाबालकको राहदानी छापियो

काठमाडौं। राहदानी छपाइसम्बन्धी ठेक्का विवादका बीच नेपालमा नयाँ प्रणालीमार्फत ई–पासपोर्ट उत्पादन तथा वितरण सेवा औपचारिक रूपमा सुरु भएको छ। राहदानी व...

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कर्मचारीकोे तलब भुक्तानी

चितवन । यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नयाँ अध्यक्षको नियुक्तिसँगै कर्मचारीको तीन महिनाको तलब सहित अन्य खर्चको भुक्तानी सुरुआत गरि...

गणेश नेपाली आत्मदाह प्रकरण: परिवारले प्रहरीमा जाहेरी दिंदै

काठमाडौं । आत्मदाहपछि मृत्यु भएका गणेश नेपालीको घटनामा उनका परिवारले प्रहरीमा जाहेरी दर्ता गर्ने प्रक्रिया अघि बढाएको छ। यसका लागि परिवारका सदस्यहरू प...

महाकाली किनारमा देखिएका तीन हात्ती निकुञ्ज फर्किए

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा निर्माणाधीन पोखरीमा देखिएका तीन वटा हात्ती सोमबार बिहान शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज फर...

बाराको कलैया पोखरीमा डुबेर ६ वर्षीया बालिकाको मृत्यु

बारा। बाराको कलैया उपमहानगरपालिका–११ घोघडरियास्थित एक पोखरीमा डुबेर ६ वर्षीया बालिकाको मृत्यु भएको छ। प्रहरीका अनुसार आइतबार साँझ करिब ६:३० बजे स्थानी...

कोदारीको इकोमा सडक भासिँदा तातोपानी नाका पुन: ठप्प

काभ्रेपलाञ्चोक । अविरल वर्षापछि अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको कोदारीस्थित इको क्षेत्रमा सडक भासिँदा नेपाल–चीन जोड्ने तातोपानी नाका सोमबारदेख...

आर्थिक अभावका कारण पढाइ नरोकिने, १०३ जना विद्यार्थीको उच्च प्राविधिक शिक्षा नि:शुल्क

घोराही । आर्थिक अभावका कारण उच्च तथा प्राविधिक शिक्षा बीचमै छाड्नुपर्ने अवस्थालाई अन्त्य गर्ने उद्देश्यले लमही नगरपालिका–७ ले सञ्चालन गरेको नि:शुल्क छ...

मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, सङ्घ–प्रदेश संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको निर्देशनमा मानसिक स्वास्थ्यसम्बन्धी सेवा, उपचार र जनचेतनालाई देशव्यापी रूपमा विस्तार गर्ने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending