Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

मधेस प्रदेशमा एक हजार ५ सय ९८ उम्मेदवारमा करिब ५२ प्रतिशत स्वतन्त्र उम्मेदवार

खबरडबली संवाददाता

जनकपुरधाम ।  आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मधेस प्रदेशमा राजनीतिक पार्टीभन्दा स्वतन्त्र उम्मेदवार बढी छन् । मधेस प्रदेशका आठ जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि एक हजार पाँच सय ९८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिदा करिब ५२ प्रतिशत अर्थात् आठसय ४९ उम्मेदवार स्वतन्त्र नै छन् । आठवटै जिल्लामा चार/चार वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र गरी ३२ वटा र प्रदेशसभातर्फ आठ/आठ वटा निर्वाचन क्षेत्र गरी ६४ वटा निर्वाचन क्षेत्र छन् । 

प्रतिनिधिसभातर्फको ३२ सिटका लागि प्रदेशमा विभिन्न दलका दुई सय ९३ र दुई सय ९७ स्वतन्त्र गरी पाँच सय ९० उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको निर्वाचन आयोगले जनाएको छ । प्रदेशसभातर्फको ६४ सिटका लागि एक हजार आठ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये विभिन्न दलबाट चार सय ५६ र स्वतन्त्र पाँच सय ५२ उम्मेदवार छन् । 

प्रतिनिधिसभातर्फ सबैभन्दा बढी धनुषामा ६६ स्वतन्त्र उम्मेदवार छन् भने प्रदेशभातर्फभन्दा बढी महोत्तरीमा एक सय दुईले स्वतन्त्र उम्मेदवारको रुपमा उम्मेदवारी दर्ता गराएका छन् । सबैभन्दा कम प्रतिनिधिसभातर्फ पर्सामा २३ र प्रदेशसभातर्फ सप्तरीमा ३७ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । 

धनुषामा प्रतिनिधिसभाका लागि विभिन्न दलबाट ३७ र ६६ स्वतन्त्र गरी एक सय तीन जना चुनावी प्रतिस्पर्धामा रहेको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए  । धनुषामा विभिन्न दलबाट १० पूर्वमन्त्री प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा उत्रेका छन् । 

सिरहामा प्रतिनिधिसभा सदस्यका लागि विभिन्न राजनीतिक दलबाट ३७ र स्वतन्त्र ४८ गरी ८५  उम्मेदवार चुनावी मैदानमा छन् । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा सिके राउतलगायत नेता उम्मेदवार रहेका कारण बढी  चर्चामा रहेको सप्तरीमा प्रतिनिधिसभा सदस्यका विभिन्न दलबाट ४३ र स्वतन्त्र २६ गरी ६९ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । 

महोत्तरीमा प्रतिनिधिसभातर्फ विभिन्न दलका ३४ र स्वतन्त्र ३३ गरी ६७ उम्मेदवार छन् । प्रतिनिधिसभातर्फ नै सर्लाहीमा दलका ३४ र स्वतन्त्र ३५ गरी ६९ उम्मेदवार चुनावी प्रचार अभियानमा छन् । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसमेत उम्मेदवार रहेको रौतहट जिल्लामा प्रतिनिधिसभाका लागि विभिन्न दलका ३१ र स्वतन्त्र ३६ गरी ६७ उम्मेदवार प्रतिस्पर्धामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

सबैभन्दा बढी दुई वटा उपमहानगरपालिका रहेको बारा जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि विभिन्न दलका ४७ र ३० स्वतन्त्र गरी ७७ चुनावी प्रतिस्पर्धामा उत्रिदा छिमेकी जिल्ला पर्सामा प्रतिनिधिसभाका लागि विभिन्न दलका ३० र २३ स्वतन्त्र गरी ५३ उम्मेदवार चुनावी परिणाम आफ्नो पक्षमा पार्ने दाउमा छन् । 

प्रदेशसभा सदस्यका लागि पनि मधेस प्रदेशमा उल्लेख्य सङ्ख्यामा स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ । प्रदेशको राजधानीसमेत रहेको धनुषामा प्रदेशसभाका लागि विभिन्न दलबाट ६१ र स्वतन्त्र ७७ गरी एक सय ३८ उम्मेदवार चुनावी मैदानमा उत्रिएकोे मुख्य निर्वाचन अधिकृत प्याकुरेलले बताए  । 

सिरहामा प्रतिनिधिसभामा  जस्तै प्रदेशसभाका लागि पनि दलको  भन्दा दोब्बर सङ्ख्यामा स्वतन्त्रको उम्मेदवारी परेको छ । सिरहामा प्रदेशसभाका लागि विभिन्न दलबाट ४८ र ७१ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । सप्तरीमा प्रदेशसभा सदस्यका लागि विभिन्न दलबाट ७० र स्वतन्त्र ३७ गरी एक सय सात उम्मेदवार चुनावी प्रतिस्पर्धामा देखिएका छन् । महोत्तरीमा प्रदेशसभा सदस्यका लागि दलबाट ६० र स्वतन्त्रबाट एक सय दुई गरी एक सय ६२ उम्मेदवार छन् भने सर्लाहीमा प्रदेशसभाका लागि दलबाट ५९ र ७४ स्वतन्त्र गरी एक सय ३३ उम्मेदवार चुनावी महाभियानमा होमिएका छन् । 

रौतहटमा प्रदेशसभा सदस्यका लागि दलबाट ४९ र ८६ स्वतन्त्र गरी एक सय ३५, बारामा दलबाट ६२ र स्वतन्त्र ४४ गरी एक सय छ तथा पर्सामा विभिन्न दलका ४७ र ६१  स्वतन्त्र गरी एक सय आठ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कतिपय स्थानीय तहमा स्वतन्त्र उम्मेदवारले विजयी हासिल गर्नु र  राजनीति दल गठबन्धन गरी निर्वाचनमा जाँदा आकाङ्क्षीले पार्टीबाट उम्मेदवार बन्न नपाएकाले राजनीतिक दलका भन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या बढेको विश्लेषक तथा अधिवक्ता देवनारायण यादवको भनाइ थियो । 

“पहिला पहिलाको निर्वाचनमा अहिलेको जस्तो राजनीतिक गठबन्धन हुने गरेको थिएन्”, उनले भने, “त्यसैले धेरै राजनीति दलहरु छुट्टाछुटै चुनावी प्रतिस्पर्धामा जान्थे, धेरै राजनीतिक दलबाटै उम्मेदवार हुन्थ्यो, तर अहिले गठबन्धनका कारण थेरैले दलबाट उम्मेदवार बन्न पायो, त्यसैको परिणाम अहिले स्वतन्त्र उम्मेदवार धेरै देखिएको हो। ” 

यसैगरी गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा केही स्थानीय तहमा स्वतन्त्र उम्मेदवारले जित हासिल गरेकाले पनि स्वतन्त्र उम्मेदवारी दने क्रम बढेको छ अधिवक्ता यादवले भने । स्वतन्त्र उम्मेदवारी दिएकाले भने राजनीतिक पार्टीले जनताको भावनामाथि खेलवाड गरेकाले आफूहरुले स्वतन्त्ररुपमा उम्मेदवारी दिएको जिकिर गरेका छन् ।

सिरहा क्षेत्र नम्बर २ का स्वतन्त्र उम्मेदवार  देवकुमार यादवले राजनितिक दलबाट निर्वाचित भएका नेताले जनताको भावनाविपरीत दलीय दबाबमा परी जनताको हितमा काम नगरेकाले आफूले स्वतन्त्र उम्मेदवारी दिएको बताए  । 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि यस प्रदेशमा १३ लाख ३२ हजार छ सय ४० महिला, १५ लाख ७७ हजार ३१७ पुरुष र ६६ अन्य गरी २९ लाख १० हजार २३ मतदाता छन् । आगामी मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदाताले मतदान गर्न पाउने व्यवस्थाभएअनुसार मधेस प्रदेशमा २९ लाख १० हजार २३ मतदाता रहेको आयोगका उपसचिव एवं सहायकप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए  । 

तीमध्ये सबैभन्दा बढी बारामा एक लाख ९१ हजार चार सय ९० महिला, दुई लाख ३१ हजार आठ सय २६ पुरुष र ११ अन्य गरी चार लाख २३ हजार तीन सय २७ मतदाता छन् भने सबैभन्दा कम महोत्तरीमा एक लाख ५४ हजार सात सय ८७ महिला, एक लाख ८१ हजार तीन सय सात पुरुष र एक अन्य गरी तीन लाख ३६ हजार ९५ मतदाता छन् ।

यसैगरी सप्तरीमा दुई लाख एक हजार ७१ महिला, दुई लाख १७ हजार दुई सय ८२ पुरुष र २१ अन्य गरी चार लाख १८ हजार तीन सय ७४, सर्लाहीमा एक लाख ८७ हजार आठ सय ३७ महिला, दुई लाख २५ हजार तीन सय २९ पुरुष र आठ अन्य गरी चार लाख १३ हजार एक सय ७४ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । 

धनुषामा एक लाख ९३ हजार एक सय चार महिला, दुई लाख १६ हजार आठ सय ७५ पुरुष र छ अन्य गरी चार लाख नौ हजार नौ सय ८५, रौतहटमा एक लाख ८५ हजार ४६ महिला, २ लाख २२ हजार नौ सय ४५ पुरुष र एक अन्य गरी चार लाख सात हजार नौ सय ९२ मतदाता छन् ।

सिरहामा एक लाख ६९ हजार सात सय ७२ महिला, एक लाख ९४ हजार तीन सय ४३ पुरुष र दुई अन्य गरी कूल तीन लाख ६४ हजार एक सय १७ तथा पर्सामा एक लाख ५१ हजार आठ सय महिला, एक लाख ९४ हजार नौ सय चार पुरुष र १६ अन्य गरी तीन लाख ४५ हजार नौ सय २८ मतदाता छन् ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending