Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

सीमित साधन स्रोतका बाबजुद नेपाली खेलाडीको योगदान महत्वपूर्ण : प्रधानमन्त्री

खबरडबली संवाददाता
पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवाले सीमित साधनस्रोतका बाबजुद खेलका माध्यमबाट नेपाली खेलाडीले पु¥याएको योगदान महत्वपूर्ण रहेको बताएका छन्।
 
नवौँ राष्ट्रिय खेलकुदको आज पोखरामा आयोजित समापन समारोहमा उहाँले नेपाली खेलाडीले राष्ट्रिय एवं अन्तर्राष्ट्रियरूपमा उत्कृष्ट प्रदर्शन गरी देशको गरिमालाई उँचो बनाएको बताए।
 
राज्यमा खेलको विशिष्ट महत्त्व रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले यसको विकासका लागि राज्यको लगानीसँगै निजी क्षेत्रको लगानीलाई पनि प्रोत्साहित गरिनुपर्नेमा जोड दिए। स्थानीय एवं प्रदेशस्तरमा खेलको विकासका लागि पूर्वाधारलगायतलाई प्राथमिकता दिनुपर्ने उनले बताए । 
 
नवौँ राष्ट्रिय खेलकुदका सन्दर्भमा बनेका तथा स्तरोन्नति गरिएका पूर्वाधारको संरक्षण गर्नुपर्नेमा उनले जोड दिए। नवौँ राष्ट्रिय खेलकुदलाई सम्पन्न गर्न खट्ने युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्लगायतलाई प्रधानमन्त्रीले धन्यवाद व्यक्त गरे।
 
यस राष्ट्रिय खेलकुदले खेल क्षेत्रका लागि विशष्ट योगदान गरेको बताउँदै उहाँले राष्ट्रिय खेलकुदलाई नियमित र व्यवस्थित गर्दै लैजानुपर्ने आवश्यकता औँल्याए । नवौँ राष्ट्रिय खेलकुदका क्रममा ज्यान गुमाएका प्याराग्लाइडिङका खेलाडी निमिस थापाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै प्रधानमन्त्रीले शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरे।
 
कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले नवौँ राष्ट्रिय खेलकुद नेपाली खेल क्षेत्रका लागि महत्त्वपूर्ण बनेको बताए। गण्डकी प्रदेशमा सम्पन्न यस प्रतियोगिताले खेल क्षेत्रमा नयाँनयाँ प्रतिभासमेत स्थापित गरेको उल्लेख गर्दै उनले गण्डकी प्रदेशको खेलको सम्भावनालाई थप उजागर गरेको बताए।
 
खेल क्षेत्रको विकास सरकारको प्राथमिकतामा रहेको बताउँदै उनले आगामी दिनमा यस क्षेत्रलाई अझै व्यवस्थित गर्दै लगिने विश्वास व्यक्त गरे। राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाले नवौँ राष्ट्रिय खेलकुदले गण्डकीलाई खेलको केन्द्रका रूपमा स्थापित गरेको बताए। खेललाई सम्पन्न गराउन योगदान गर्ने सबैप्रति उहाँले धन्यवाद व्यक्त गरे।
 
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले नवौँ राष्ट्रिय खेलकुदअन्तर्गतका खेल भव्यताका साथ सम्पन्न भएको बताए। राष्ट्रिय खेलकुद परिषद्को ११५औँ बोर्ड बैठकले आगामी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा गर्ने निर्णय गरेको उहाँले जानकारी दिए। 
 
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गण्डकी प्रदेशको राजधानीमा सम्पन्न खेलले यहाँको खेलका सम्भावनालाई उजागर गरेको बताए। खेलकुदको समग्र विकासमा राज्यको ध्यान पुग्नुपर्नेमा उनले जोड दिए। 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक भएको जनाइएक...

रवि र बालेन मिलेपछि मात्रै कुलमानसँग छलफल हुने, सहमतिपत्रको पहिलो मस्यौदा स्वीकृत

काठमाडौँ । आगामी निर्वाचनमा सहकार्य कसरी गर्ने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बा...

राज्यका मुख्य अङ्गहरु कमजोर बन्दैछन् : महासचिव पोखरेल

बाँके। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रको प्रमुख अङ्गहरु कमजोर बनाउन विभिन्न तहबाट प्रयास गरिएको बताएको छन् ।   राष्ट्रिय बाणिज्य बै...

ट्रकको ठक्करबाट वृद्धको मृत्यु भएपछि लालबन्दीमा तनाव

सर्लाही। नवलपुर–मलङ्गवा सडक अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा शुक्रबार दिउँसो ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि अवस्था तनावग्रस...

बीपीएलको पहिलो खेलमा सन्दीप लामिछानेले लिए दुई विकेट

काठमाडौं । ङ्गलादेश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछानेले दुई विकेट लिएको छन् ।  सन्दीप आबद्ध टिम राजशाही वारियर्स...

रवि, बालेन र घिसिङबीच पार्टी एकताको लागि आजै हस्ताक्षर हुने

काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टी संरक्षक तथा ऊर्जा म...

सर्वोच्चले खारेज गर्याे गौरीबहादुर कार्कीलाई पदमुक्त गर्न माग गरिएको रिट

काठमाडौँ । जेनजी घटनाको छानबिन गर्न गठन गरिएको आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्की र अन्य सदस्यलाई पदमुक्त गर्न माग गरिएको रिट सर्वोच्च अद...

प्रचण्ड कहाँ–कहाँबाट उम्मेदवार सिफारिस भए ?

काठमाडौँ । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न क्षेत्रहरूबाट सिफारिस भएका छन्। तर उनी कुन...

१२ जिल्लाका सीडीओ र कारागार विभागका महानिर्देशक हेरफेर

काठमाडौँ । गृह मन्त्रालयले शुक्रबार १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र कारागार व्यवस्थापन विभागका महानिर्देशकमा हेरफेर गरेको जानकारी दिएको छ।...

पूर्वरथी बालानन्द शर्माले लिए परराष्ट्रमन्त्री पदको शपथ

काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले राष्ट्रपति कार्यालयमा आज आयोजित शपथ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending