Khabar Dabali २९ असार २०८३ सोमबार | 13th July, 2026 Mon
Investment bank

सीमित साधन स्रोतका बाबजुद नेपाली खेलाडीको योगदान महत्वपूर्ण : प्रधानमन्त्री

खबरडबली संवाददाता
पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवाले सीमित साधनस्रोतका बाबजुद खेलका माध्यमबाट नेपाली खेलाडीले पु¥याएको योगदान महत्वपूर्ण रहेको बताएका छन्।
 
नवौँ राष्ट्रिय खेलकुदको आज पोखरामा आयोजित समापन समारोहमा उहाँले नेपाली खेलाडीले राष्ट्रिय एवं अन्तर्राष्ट्रियरूपमा उत्कृष्ट प्रदर्शन गरी देशको गरिमालाई उँचो बनाएको बताए।
 
राज्यमा खेलको विशिष्ट महत्त्व रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले यसको विकासका लागि राज्यको लगानीसँगै निजी क्षेत्रको लगानीलाई पनि प्रोत्साहित गरिनुपर्नेमा जोड दिए। स्थानीय एवं प्रदेशस्तरमा खेलको विकासका लागि पूर्वाधारलगायतलाई प्राथमिकता दिनुपर्ने उनले बताए । 
 
नवौँ राष्ट्रिय खेलकुदका सन्दर्भमा बनेका तथा स्तरोन्नति गरिएका पूर्वाधारको संरक्षण गर्नुपर्नेमा उनले जोड दिए। नवौँ राष्ट्रिय खेलकुदलाई सम्पन्न गर्न खट्ने युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्लगायतलाई प्रधानमन्त्रीले धन्यवाद व्यक्त गरे।
 
यस राष्ट्रिय खेलकुदले खेल क्षेत्रका लागि विशष्ट योगदान गरेको बताउँदै उहाँले राष्ट्रिय खेलकुदलाई नियमित र व्यवस्थित गर्दै लैजानुपर्ने आवश्यकता औँल्याए । नवौँ राष्ट्रिय खेलकुदका क्रममा ज्यान गुमाएका प्याराग्लाइडिङका खेलाडी निमिस थापाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै प्रधानमन्त्रीले शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरे।
 
कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले नवौँ राष्ट्रिय खेलकुद नेपाली खेल क्षेत्रका लागि महत्त्वपूर्ण बनेको बताए। गण्डकी प्रदेशमा सम्पन्न यस प्रतियोगिताले खेल क्षेत्रमा नयाँनयाँ प्रतिभासमेत स्थापित गरेको उल्लेख गर्दै उनले गण्डकी प्रदेशको खेलको सम्भावनालाई थप उजागर गरेको बताए।
 
खेल क्षेत्रको विकास सरकारको प्राथमिकतामा रहेको बताउँदै उनले आगामी दिनमा यस क्षेत्रलाई अझै व्यवस्थित गर्दै लगिने विश्वास व्यक्त गरे। राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाले नवौँ राष्ट्रिय खेलकुदले गण्डकीलाई खेलको केन्द्रका रूपमा स्थापित गरेको बताए। खेललाई सम्पन्न गराउन योगदान गर्ने सबैप्रति उहाँले धन्यवाद व्यक्त गरे।
 
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले नवौँ राष्ट्रिय खेलकुदअन्तर्गतका खेल भव्यताका साथ सम्पन्न भएको बताए। राष्ट्रिय खेलकुद परिषद्को ११५औँ बोर्ड बैठकले आगामी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा गर्ने निर्णय गरेको उहाँले जानकारी दिए। 
 
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गण्डकी प्रदेशको राजधानीमा सम्पन्न खेलले यहाँको खेलका सम्भावनालाई उजागर गरेको बताए। खेलकुदको समग्र विकासमा राज्यको ध्यान पुग्नुपर्नेमा उनले जोड दिए। 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सञ्चारगृह अगाडि शंकास्पद गाडी राखिएको घटनाप्रति एमाले: लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार

काठमाडौं । नेकपा (एमाले) ले अनलाइनखबर, हिमालय टेलिभिजन र कान्तिपुरका कार्यालय अगाडि शंकास्पद रूपमा सवारीसाधन राखिएको घटनाप्रति आपत्ति जनाएको छ। एमा...

मोदी खोलाले सडक बगाएपछि घान्द्रुकमा ३०० पर्यटक अलपत्र

कास्की। मोदी खोलामा आएको बाढीले पक्की सडक बगाएपछि पर्यटकीय गाउँ घान्द्रुक घुम्न पुगेका करिब ३०० जना पर्यटक अलपत्र परेका छन्। कास्कीको अन्नपूर्ण गाउ...

सिंहदरबार प्रवेश गर्न नदिएपछि गेटमै धर्ना बसेका निहारिका र बिनु को हुन् ?

काठमाडौं । सिंहदरबारस्थित गृह मन्त्रालयमा आफ्ना समस्या राख्न पुगेका दुई महिलालाई प्रहरीले प्रवेशमा रोक लगाएपछि निहारिका राजपुत र बिनु यादव मुख्य गेटमै...

बजेट विवाद मिलाउन मुख्यमन्त्रीको सक्रियता

धनगढी। सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट विवाद मिलाउन प्रदेशको मुख्यमन्त्री कमलबहादुर शाह आज काठमाडौं प्रस्थान गरेको छन् ।  सत...

रोशी खोलाको जोखिम बढेपछि बीपी राजमार्गमा सवारी आवागमन रोकियो

काभ्रेपलाञ्चोक । रोशी खोलाको जलाधार क्षेत्रमा वर्षा सुरु भएसँगै बीपी राजमार्गमा हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै सवारी आवागमन अस्थायी रूपमा ...

सञ्चारगृह र भाटभटेनीबाहिर शंकास्पद सवारी पार्किङ, क्रेन लगाएर उठाइयो

काठमाडौँ । काठमाडौँका विभिन्न सञ्चारगृह तथा भाटभटेनी सुपरमार्केटबाहिर सोमबार बिहान शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरिएपछि सुरक्षा निकाय सतर्क बनेको ...

नयाँ प्रणालीबाट ई–पासपोर्ट छपाइ सुरु, पहिलो चरणमा दुई जना नाबालकको राहदानी छापियो

काठमाडौं। राहदानी छपाइसम्बन्धी ठेक्का विवादका बीच नेपालमा नयाँ प्रणालीमार्फत ई–पासपोर्ट उत्पादन तथा वितरण सेवा औपचारिक रूपमा सुरु भएको छ। राहदानी व...

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कर्मचारीकोे तलब भुक्तानी

चितवन । यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नयाँ अध्यक्षको नियुक्तिसँगै कर्मचारीको तीन महिनाको तलब सहित अन्य खर्चको भुक्तानी सुरुआत गरि...

गणेश नेपाली आत्मदाह प्रकरण: परिवारले प्रहरीमा जाहेरी दिंदै

काठमाडौं । आत्मदाहपछि मृत्यु भएका गणेश नेपालीको घटनामा उनका परिवारले प्रहरीमा जाहेरी दर्ता गर्ने प्रक्रिया अघि बढाएको छ। यसका लागि परिवारका सदस्यहरू प...

महाकाली किनारमा देखिएका तीन हात्ती निकुञ्ज फर्किए

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा निर्माणाधीन पोखरीमा देखिएका तीन वटा हात्ती सोमबार बिहान शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज फर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending