Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

धनुषामा चुनावी माहोल तात्दै, मतदाता जोड घटाउमा व्यस्त

खबरडबली संवाददाता
जनकपुरधाम । यही मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवार धनुषामा प्रचारप्रसारमा गाउँ पसेका छन् ।
 
विभिन्न पार्टीका केन्द्रीय नेताहरू चुनावी प्रतिस्पर्धामा रहेकाले जिल्लामा यतिबेला चुनावी माहोल तातेको छ । चुनावी तयारीलाई तीव्र पारेको सत्तारुढ पाँच दलीय गठबन्धन र नेकपा एमाले–जसपा गठबन्धन छुट्टाछुटै बैठक, भेला र घरदैलोलाई तीव्रता दिएका छन् । पाँच दलीय गठबन्धनमा आबद्ध दलका नेता आन्तरिक तथा सामूहिक बैठक, छलफल र भेलालाई तीव्र पारेको नेकपा (माओवादी केन्द्र) धनुषाका अध्यक्ष दीपक यादवले जानकारी दिए  ।  
 
“गठबन्धनका उम्मेदवारसँगै हामी पनि चुनावी तयारीमा जुटेका छौँ”, उनले भने, “अहिले दलहरूको आफ्नो आन्तरिक तथा गठबन्धनको बैठक, छलफल जारी छ ।” उम्मेदवारले पनि आफ्नो र दलको एजेण्डा बोकेर जनतामाझ पुग्न थालेका छन् उनको भनाइ छ । एमाले–जसपा गठबन्धनले पनि धनुषाको सबै क्षेत्रमा चुनावी रणनीति बनाउन बैठक, भेला जारी राखेको एमाले नेता रामसुन्दर यादवले बताए  । दलका नेता कार्यकर्ता र झण्डासहित उम्मेदवार गाउँगाउँ पुग्न थालेपछि यतिबेला सहरी क्षेत्रमा मात्र होइन्, ग्रामीण भेगमा पनि चुनावी माहोल बन्दै गएको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएको करिब सात महिनापछि पुनः अर्को महत्वपूर्ण जनप्रतिनिधि छनोट गर्ने अवसर आएकाले यसलाई सहीरुपमा सदुपयोग गर्ने तयारीमा मतदाता छन् । अहिले चोकचोकको चिया पसलदेखि ठूलठूला होटलमा चुनावी चर्चा परिचर्चा हुने गरेको छ । 
 
यसपालिको चुनावमा कुन उम्मेदवार बलियो छ ? कुन उम्मेदवारले बाजी मार्ने रु चुनावी जोड घटाउ भइरहेको स्थानीयले बताएका छन् । जिल्लामा चार प्रतिनिधिसभा निर्वाचन क्षेत्र र आठवटा प्रदेशसभा निर्वाचन क्षेत्र छन् । सबै निर्वाचन क्षेत्रमा पूर्वमन्त्री तथा पार्टीका केन्द्रीय नेता चुनावी प्रतिस्पर्धामा रहेकाले सहजरुपमा चुनावी परिणाम आंकलन गर्न गाह्रो रहेको राजनीतिक जानकारले बताएका छन् । ती निर्वाचन क्षेत्रमा विभिन्न पार्टीबाट १० पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा छन् । 
 
क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका उपमहासचिव तथा पुर्वमन्त्री मात्रिकाप्रसाद यादव चुनाबी प्रतिस्पर्धामा छन् । गत २०७४ सालको निर्वाचनमा तत्कालीन बाम गठबन्धनको उम्मेदवार भएर सो क्षेत्रबाट निर्वाचित भएका उनी यसपटक पाँच दलीय गठबन्धनको साझा उम्मेदवार भएर चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।  
 
अघिल्लो निर्वाचनमा उनले २६ हजार चार सय १८ मत ल्याएर निर्वाचित हँुदा उनको निकटतम प्रतिद्वन्द्वी तत्कालीन सङ्घीय समाजवादी फोरमका दीपक कार्कीले १७ हजार दुई सय ९६ मत प्राप्त गरेका थिए । यसपटक पुनः यादव र कार्की चुनावी प्रतिस्पर्धामा होमिएका छन् । कार्की जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका छन् । एमालेले टिकट नदिएपछि किशोरी साह जनमत पार्टीबाट सो क्षेत्रमा उम्मेदवार बनेका छन्  । 
 
गत निर्वाचनमा एमालेबाट प्रदेशसभामा निर्वाचित साह जनमत पार्टीबाट उम्मेदवार बनेका छन् । सो क्षेत्रमा यादव, कार्की र साहबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने स्थानीयको आंकलन छ । 
 
यस्तै क्षेत्र नम्बर २ मा पनि तीन जना पूर्वमन्त्री चुनावी मैदानमा उत्रिएका छन् । धनुषाको पूर्वी दक्षिण क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसबाट पूर्वमन्त्री रामकृष्ण यादव, एमालेबाट पूर्वमन्त्री उमाशङ्कर अरगरिया, नेकपा (एकीकृत समाजवादी) बाट पूर्वमन्त्री रामचन्द्र झा र जनता समाजवादी पार्टी (जसपा) बाट गङ्गाराम यादव चुनावी प्रतिस्पर्धामा छन् ।
 
गत निर्वाचनमा प्रतिनिधिसभामा सङ्घीय समाजवादी फोरमबाट निर्वाचित अरगरियाले ३२ हजार ४४ मत ल्याएर जित हासिल गर्दा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका पूर्वमन्त्री झाले १८ हजार सात सय १५ मत प्राप्त गरेका थिए । पूर्वमन्त्री अरगरिया अहिले नेकपा एमालेबाट उम्मेदवार बनेका छन्, भने पूर्वमन्त्री झा नेकपा एकीकृत समाजवादी पार्टीबाट उम्मेदवार बनेका छन् । 
 
अघिल्लो निर्वाचनमा तेस्रो स्थानमा खुम्चिनुभएका कांग्रेस नेता तथा पूर्वमन्त्री यादवसँगै जनता समावादी पार्टीले सो क्षेत्रमा गङ्गाराम यादवलाई उम्मेदवार बनाएको छ । उनीहरुबीच तीव्र प्रतिस्पर्धा हुने स्थानीयको आंकलन छ । मधेस प्रदेशको राजधानी जनकपुरधामसमेत रहेको धनुषा क्षेत्र नम्बर ३ मा एमाले नेत्री जुलीकुमारी महतो र लोसपा वरिष्ठ नेता अनिल झाबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । 
 
पाँचदलीय गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता झा र एमाले–जसपा गठबन्धनबाट नेत्री महतो उम्मेदवार हुन् । उनी  दुवै निवर्तमान प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री हुन्  ।
 
महतो यो क्षेत्रका लागि पुरानै अनुहार हुन् भने झा नयाँ अनुहार हुन् । गत २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा महतो कांग्रेस नेता विमलेन्द्र निधिसँग पराजित भएका थिए । गत २०७४ सालको निर्वाचनमा कांग्रेस नेता निधि लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोसँग पराजित भएका थिए । यसपटक निर्वाचनमा कांग्रेस नेता निधि समानुपातिक सूचीमा गएका छन्   भने लोसपा वरिष्ठ नेता महतो आफ्नै गृहजिल्ला सर्लाही २ बाट चुनाव लडेका छन् । 
 
पुरानो महतो र नयाँ अनुहार झाबीच नै मुख्य प्रतिस्पर्धा हुने धेरैको आंकलन छ । पक्का भएको छ । लोसपा उम्मेदवार झाको जितको लागि कांग्रेसको मत महत्वपूर्ण छ । यो चुनावमा कांग्रेसको तर्फबाट अन्तरघात हुने कुनै सम्भावना नरहेको नेता रामसरोज यादवले बताए ।
 
यसैगरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेस र एमालेका दुई ठूला नेता प्रतिस्पर्धामा छन् । सो क्षेत्रमा पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादव र नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री रघुवीर महासेठको उम्मेदवारीले त्यहाँ रोचक प्रतिस्पर्धा हुने देखिएको छ । 
 
विसं २०७४ को निर्वाचनमा पनि दुवै जना चुनाबी मैदानमा उत्रिएका थिए । त्यसबेला महासेठले यादवलाई पराजित गरेका थिए । महासेठले २२ हजार पाँच सय ३२ मत ल्याएर जित हासिल गर्दा यादवले १९ हजार नौ सय ९१ मत ल्याएका थिए । पुनः दुवै नेता एउटै क्षेत्रमा आम्ने साम्ने भएपछि चुनाबी सरगर्मी बढेको स्थानीयले बताएका छन् । 
 
अघिल्लो निर्वाचनमा भन्दा यसपटक निर्वाचनमा राजनीतिक समीकरण फरक रहेकाले चुनाबी परिणाम कसको पक्षमा जान्छ भन्ने अनुमान गर्न कठिन रहेको स्थानीयवासीको भनाइ छ । जिल्लमा दुई लाख ५२ हजार नौ सय १५ पुरुष,दुई लाख २१ हजार छ सय ६५ महिला र अन्य सात गरी कूल चार लाख ७४ हजार पाँच सय ८७ मतदाता रहेको मधेस प्रदेश निर्वाचन कार्यालय जनकपुरधामले जनाएको छ । जिल्लामा तीन सय २२ मतदानस्थल र छ सय पाँच मतदान केन्द्र तोकिएका छन् । 
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending