पोखरा । नेपाल पुलिस क्लबको महिला क्रिकेक टोलीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको डेब्यु खेलमा नै स्वर्ण पदक जितेको छ । पोखरा रङ्गशालामा आज भएको फाइनल खेलमा पुलिसले सशस्त्र प्रहरी बल (एपिएफ) लाई पाँच रनले पराजित गर्दै स्वर्ण पदक जितेको हो । पहिलो पटक महिला टोली बनाएको पुलिसले डेब्यु प्रतियोगितामै एतिहासिक स्वर्ण पदक जित्न सफल भयो । पुलिसले राष्ट्रिय टोलीका कप्तान रुविना क्षेत्रीको कप्तानीमा पहिलो पटक महिला क्रिकेट बनाएको हो ।
जितको लागि पुलिसले दिएको ९० रनको लक्ष्य पछ्याएको एपीएफले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८४ रनमा समेटियो । एपीएफका लागि रोमा थापाले सर्वाधिक २६ रनको योगदान दिइन भने राजमती ऐरीले अविजित १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
एपिएफलाई ८४ रनमा समेट्नेक्रममा पुलिसकी ईश्वरी विष्टले २ तथा हिरन्माई रोय, सङ्गीता राई र कप्तान रुविना क्षेत्रीले समान १/१ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ८९ रन बनाएको थियो । पुलिसका लागि काजल श्रेष्ठले २७ रन बनाइन भने सम्झना खड्काले २१ रन जोडिन । कविता जोशीले अविजित १३ रनको इनिङ खेल्दा कविता कुवँरले ११ रन बनाइन । यसैगरी कप्तान रुबिना क्षेत्रीले ८ रन बनाइन भने अप्सरी बेगमले अविजित २ रन बनाइन् ।
एपीएफका लागि नेरी थापा, ईन्दु बर्मा र कप्तान सीता राना मगरले समान १/१ विकेट लिए । यस हारसँगै एपीएफ रजतपदकमा चित्त बुझाएको छ । आजै भएको अर्को खेलमा बागमती प्रदेशले लुम्बिनी प्रदेशलाई ७ विकेटले पराजित गर्दै कास्य पदक जितेको थियो । सोही प्रतियोगिताको पुरुषतर्फको खेलमा पनि नेपाल पुलिस क्लबले नै स्वर्ण पदक जितेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ८ गते, २०८३ - १९:२१
काठमाडौं । सर्वोच्च अदालतले रास्वपाका सभापति रवि लामिछाने विरुद्ध पेस गरिएको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ। अदालत प्रशासनले अधिवक्ता आयुष ...
बैशाख ८ गते, २०८३ - १९:०७
नतिर्नेको सार्वजनिक सेवा नै रोक्का हुने
बैशाख ८ गते, २०८३ - १९:०३
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानजस्ता महत्वपूर्ण निकायहरूलाई खारेज गर्नुको सट्टा व्यापक सुधारम...
बैशाख ८ गते, २०८३ - १९:००
काठमाडौँ। संयुक्त अरव इमिरेट्स (युएई)ले नेपाललाई १२९ रनको चुनौती दिएको छ । टी–२० आई सिरिजको दोस्रो खेलमा सुरुमा ब्याटिङ गरेको युएईले पूरै २० ओभर खेल्द...
बैशाख ८ गते, २०८३ - १७:४८
काठमाडौँ। देशका विभिन्न भागमा बढ्दो तापक्रमसँगै तातो हावाको लहर ९लु० को जोखिम अझै केही दिन कायम रहने भएको छ । जल तथा मौसम विज्ञान विभागले बिहीबारसम्म ...
बैशाख ८ गते, २०८३ - १७:३५
उर्लाबारी। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं पूर्वाञ्चल विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विश्वविद्यालयलाई दलीय राजनीतिक प्रभावबाट मुक्त ग...
बैशाख ८ गते, २०८३ - १७:२३
काठमाडौं । सरकारले विभिन्न तीन वटा ऐन संशोधन गर्न बनेका विधेयकहरू संघीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् ...
बैशाख ८ गते, २०८३ - १७:१५
काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा अध्यक्षसहित दुई सदस्य नियुक्त गरेको छ। मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्षम...
बैशाख ८ गते, २०८३ - १७:०६
काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय ...
बैशाख ८ गते, २०८३ - १६:५७
काठमाडौं । सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ। मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मा मन्त...


प्रतिकृया लेख्नुहोस्: