Khabar Dabali १६ असार २०८३ मंगलवार | 30th June, 2026 Tue
Investment bank

मत माग्न गाउँ पसे बागलुङका उम्मेदवार

खबरडबली संवाददाता

गलकोट । प्रतिनिधिसभा र प्रदेससभाको निर्वाचनका लागि बागलुङका उम्मेदवारहरुले गाउँ केन्द्रित अभियान थालेका छन् । सत्तारुढ गठबन्धन र नेकपा एमाले सहित साना दलहरुले समेत आइतबारदेखि निर्वाचन प्रचार प्रसारको तालिका बनाएर घरदैलो अभियान शुरु गरेको छ । गठबन्धनका उम्मेदवारले बागलुङ नगरपालिका–१ रामरेखा र नेकपा एमालेका उम्मेदवारले बागलुङ नगरपालिका–१४ नारायणस्थानबाट घरदैलो अभियान थालेका छन् । 

पाँच दलीय गठबन्धनतर्फ बागलुङ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र बागलुङ क्षेत्र नं १ प्रदेशसभा (क) का उम्मेदवार नेपाली कांग्रेसका दीपेन्द्रबहादुर थापाले आइतबार बागलुङ  नगरपालिका–१ रामरेखाबाट घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सुरु गरेको नेपाली कांग्रेसका जिल्ला सचिव हरिहर शर्माले जानकारी दिए  ।

शर्माका अनुसार पाँच दलीय गठबन्धन निर्वाचन परिचालन तथा प्रचारप्रसार समितिले निकालेको समय तालिका अनुसार आइतबार बागलुङ नगरपालिका–१ रामरेखाबाट सुरु भएको घरदैलो, मतदाता भेटघाट नं २ र ३ सम्म पुगेको छ । असोज २८ गते गठबन्धनको बागलुङ बजारमा निर्वाचन परिचालन कार्यालय उद्घाटन, २९ गते बागलुङ नगरपालिका–१४ नारायणस्थानमा भेटघाट तथा कुश्मिसेरामा क्षेत्र नं १ प्रदेशसभा (ख) अन्तर्गतको अनुशिक्षण गरेको पाँच दलीय गठबन्धले आइतबार रामरेखाबाट घरदैलो कार्यक्रम सुरु गरेको कांग्रेसका सचिव शर्माले बताए  । 

घरदैलो तथा भेटघाटमा नेता केसीले समग्र बागलुङको विकासका एजेण्डा राष्ट्रिय तहमा स्थापित गर्दै संविधानको रक्षाका लागि आफूलाई मतदान गर्न आग्रह गरे  । यस्तै कांग्रेसका नेता बागलुङ क्षेत्र नम्बर १ प्रदेशसभा (क) का उम्मेदवार थापाले विकास र सुशासनका पक्षमा आफुले मत मागेको बताए  । 

यस्तै नेकपा एमालेबाट बागलुङ क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य उम्मेदवार डा सूर्य पाठकले आइतबार बागलुङ नगरपालिका–१४ नारायणस्थानबाट आफ्नो चुनावी कार्यक्रम सुरु गरेका छन् । डा पाठकले पहिलो दिन नारायणस्थानको नेपाने, कोलपाटा र नमूना गाउँमा घरदैलो कार्यक्रम गर्दै आफूलाई मत मागेका थिए ।   निर्वाचन परिचालन कमिटिले निर्माण गरेको कार्यतालिका अनुसार आइतबार नारायणस्थानमा घरदैलो कार्यक्रम सकेर कुश्मिसेरामा क्षेत्र नं १ प्रदेशसभा (ख) अन्तर्गतको कार्यालय स्थापना गरिएको निर्वाचन परिचालन कमिटिका संयोजक लीलाबहादुर थापाले जानकारी दिए  । पाठकले सोमबार अमलाचौरमा घरदैलो कार्यक्रम गरेका थिए । 

मतदातासँगको भेटमा डा पाठकले अघिल्लो निर्वाचनमा संसदीय अभ्यास र बागलुङको विकासमा सहयोग पुर्याएको मतदातालाई धन्यवाद दिँदै बागलुङका अधुरा ठूला योजना पूरा गर्न पुन ः निर्वाचनमा आएको बताए । यस्तै बागलुङ क्षेत्र नं १ प्रदेशसभा (क) मा नेकपा एमालेबाट हीरा केसी आफ्ना चुनावी एजेण्डा लिएर भेटघाटमा लागेका छन् । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बागलुङमा गठबन्धन र दलका तर्फबाट चुनावी एजेण्डा र धारणासमेत सार्वजनिक गर्दै गाउँ पसेका हुन् । 

बागलुङको दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्रमा हुने निर्वाचनका लागि विभिन्न दल तथा स्वतन्त्र उम्मेदवार गरी ३१ जना चुनावी मैदानमा छन्  ।  बागलुङ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट इञ्जिनीयर खिमान्न्द कँडेल निर्वाचनको मैदानमा छन् । उता बागलुङ क्षेत्र नं २ प्रतिनिधिसभाको निर्वाचनका लागि गठबन्धनबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र नेकपा एमालेबाट मन्जु क्षेत्री चुनावी मैदानमा उत्रीएका छन् ।  

मन्त्री पौडेल उम्मेदवारी दर्तापछि शनिबार मात्रै गृह जिल्लामा चुनावी अभियानका लागि आएका हुन्  । यस्तै माओवादी केन्द्र परित्याग गरी नेकपा एमालेको सर्मथनमा प्रकाश घर्तीले बागलुङ क्षेत्र नं २ प्रदेश सभा (क) र  नेपाली कांग्रेसका जिल्ला सभापति जीत शेरचनले उम्मेदवारी दिएका छन्  । क्षेत्र नं २ प्रदेशसभा (ख)मा कांग्रेसका युवा नेता द्रोण कुँवर र नेकपा एमालेका युवा नेता लक्ष्मण पुनबीच प्रतिस्प्रर्धा हुँदै छ । दल तथा स्वतन्त्र उम्मेदवारले पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा सुशासनको मुद्दा लिएर गाउँ पसेका छन् । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending