Khabar Dabali २४ असार २०८३ बुधबार | 8th July, 2026 Wed
Investment bank

युक्रेनी राजधानी किएभमा रुसी 'आत्मघाती ड्रोन' हमला

युक्रेनमा रुसले कैयन् क्षेप्यास्त्र प्रहार, १९ जनाको ज्यान गयो

खबरडबली संवाददाता

काठमाडौं । युक्रेनको राजधानी किएभमा भएका शृङ्खलाबद्ध हवाई हमलाका कारण कैयन् आवासीय भवनहरू क्षतिग्रस्त भएको मेयर भिताली क्लित्स्कोले बताएका छन्।

उनले मानिसहरूलाई आश्रयस्थलमा शरण लिन भनेका छन्।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सचिव आन्द्री यर्माकले ती हमलाहरू इरानले दिएका रुसी 'कामिकाजी ड्रोन'को प्रयोग गरेर गरिएका बताएका छन्।

राजधानी किएभको मध्ये भागस्थित शेभ्चेनकिभ्स्की इलाकामा त्यस्ता तीनवटा विस्फोट भए। हरेक विस्फोटन १० मिनेटको फरकमा भएको थियो। त्यसबाट भएका हताहतीको विवरण आएका छैनन्।

खासगरि द्वितीय विश्वयुद्धका बेला जापानले लडाकू विमानलाई दुश्मनको सैनिक संरचनामा ठोक्काएर गर्ने आत्मघाती हवाई हमला दस्ताका सदस्यलाई कामिकाजी भन्ने गरिन्छ।

लगातार हमला

गतसाता युक्रेनमा रुसले कैयन् क्षेप्यास्त्र प्रहार गर्दा १९ जनाको ज्यान गएको थियो। सोमवार विहान भएका हमलापश्चात उद्धारकर्ताहरू खटाइएको मेयर क्लित्स्कोले बताएका छन्।

शहरमा रहेका बीबीसी सम्वाददाता पल एडम्सका अनुसार स्थानीय समय अनुसार विहानको सात बजे ती विस्फोटनहरू भएका छन्।

यर्माकले चाहिँ टेलिग्राममा लेख्दै ती हमला कामिकाजी ड्रोनको प्रयोग गरेर गरिएको भन्दै युक्रेनलाई सक्दो चाँडो थप हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउन भनेका छन्।

इरानले रुसलाई दिएको भनिएका त्यस्तो ड्रोनहरू आकाशमा घण्टौँ रहन सक्छन्। ती ड्रोन लक्षित निशानामा ठोक्किन जान्छन् र विस्फोट हुन्छन्।

रुसले तिनको प्रयोग यसअघि पनि गरेको युक्रेनले बताएको छ। गत साता भएका हमलाहरू रुस र क्राइमियाबीचको पुलमा भएको आक्रमणको बदलास्वरूप गरिएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका थिए।

युद्ध सुरु भएयता राजधानी किएभको मध्ये भागमै हमला भएको त्यो पहिलोपटक थियो। यो साताको सुरुमा बोल्दै राष्ट्रपति पुटिनले युक्रेनमा तत्काल ठूलो स्तरका थप हमला जरुरी नभएको बताएका थिए।

लक्षित गरिएकामध्ये अधिकांश निशानामा प्रहार गरिएको भन्दै युक्रेन देशलाई नै ध्वस्त पार्ने आफ्नो उद्देश्य नभएको बताएका थिए।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending