कञ्चनपुर । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिने राजनीतिक दलहरू चुनावी घोषणापत्र लेखनमा जुटेका छन् ।
गठबन्धनमा रहेका नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले घोषणापत्र निर्माणका लागि विभिन्न विज्ञसँग छलफल गरिरहेका छन् भने नेकपा (एमाले) पनि विभिन्न क्षेत्रका विज्ञहरुसँग सुझाव सङ्कलन गरेर घोषणापत्र तयारीमा व्यस्त छ ।
दलहरूले पाँच वर्षमा कार्यान्वयन गर्न सकिने विषयवस्तु समेटेर घोषणापत्र तयार गर्ने र जनतालाई छुने कार्यक्रम ल्याउने तयारीमा रहेको नेताहरूले बताएका छन् । कांग्रेस कञ्चनपुरका नेता ईश्वरी जोशीले घोषणापत्रमा सबै जनताको भावना समेटिने र आगामी पाँच वर्षमा कार्यान्वयन गर्न सक्ने योजनालाई घोषणापत्रमा समावेश गरिन लागेको बताए ।
“शिक्षा, स्वास्थ्य, रोजगारका विषय समेट्नका लागि विज्ञहरूसँग छलफल गरेर घोषणपत्र तयार हुँदैछ”, उनले भने, “हाम्रो प्रमुख ऐजेण्डा कञ्चनपुरलाई त्रिदेशीय नाकाका रूपमा विकास गर्ने छ ।”
त्यसैगरी एमाले कञ्चनपुरका अध्यक्ष सुरेन्द्र विष्टले चुनावी घोषणापत्र बनाउने गृहकार्य भइरहेको बताए । उनले घोषणापत्र तयार गर्न पार्टीका विभिन्न भ्रातृ सङ्गठनसँग सुझाव सङ्कलन गरिरहेको बताए ।
“हामीले पार्टीसँग आबद्ध सङ्गठन र विभिन्न पेशा व्यवसायमा रहेका व्यक्तिसँग सुझाव सङ्कलन गरिराखेका छौँ”, उनले भने, “अहिले घोषणापत्रको मस्यौदा तयार भइरहेको छ, केही दिनमै जनतालाई छुने गरी घोषणापत्र ल्याउँछौँ ।” उनले नेता, कार्यकर्ता निर्वाचन क्षेत्रमा परिचालन भएको बताए ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी पनि चुनावी घोषणापत्र तयारीमा व्यस्त छ । राप्रपाका नेता करन पालले पार्टीले घोषणापत्र तयार गरिरहेको बताए । “घोषणापत्र निर्माणका लागि सुझाव सङ्कलन गरेर तयार पार्ने काम भइराखेको छ”, उनले भने, “घोषणापत्रसँगै नेता, कार्यकर्ता चुनावी प्रचारमा खटिएका छन् ।”
चुनाव नजिकिँदै गर्दा दलका शीर्षनेता र कार्यकर्ता निर्वाचन क्षेत्र केन्द्रित हुन थालेका छन् । दलहरूले वडा–वडामा सम्पर्क कार्यालय खोल्ने कार्य तीव्र पारेका छन् भने निर्वाचन परिचालन समिति बनाएरै कार्यकर्तालाई प्रचारमा परिचालन गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: