Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

आपतविपत्मा परेका नागरिकले सर्वप्रथम सम्झने भनेकै प्रहरीलाई होः प्रधानमन्त्री देउवा

खबरडबली संवाददाता

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार र जनताबीचको सबैभन्दा नजिकको साथीका रुपमा नेपाल प्रहरीले जनताको सुरक्षा र सेवामा आफूलाई समर्पित गरिरहेको बताएका छन्  । 

प्रहरी दिवस २०७९ का अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा आज आयोजित कार्यक्रममा उनले  विभिन्न आरोहअवरोहका बीच राष्ट्र र नागरिकको सुरक्षामा समर्पित प्रहरीले शान्ति सुरक्षा र अमनचयन, अपराध नियन्त्रणमा हासिल गरेको उल्लेखनीय उपलब्धि हरेक नेपालीले गर्व गर्न लायक रहेको बताए  । “नेपाल प्रहरी आजको यस अवस्थामा आइपुग्नुको पछाडि नेतृत्व पङ्क्तिमा रहेका पूर्ववर्ती पदाधिकारीको समर्पण तथा अमर प्रहरीको बलिदानले मुख्य भूमिका खेलेको छ”, उनले भने, “करिब सात दशक लामो इतिहास बोकेको प्रहरीले आजको अवस्थामा आइपुग्दा आफूलाई एक व्यावसायिक, दक्ष, अनुशासित र कतव्र्यपरायण राष्ट्रसेवकका रुपमा स्थापित गर्न सफल भएको छ ।”

आन्तरिक तथा बाह्य सुरक्षा, सार्वभौम सत्ताको संरक्षण, जनताको सुरक्षालाई मध्यनजर राख्दै सरकारले मुलुकभर शान्ति, सुरक्षा अमनचयन कायम गर्ने र भयरहित वातावरण निर्माण गर्न जोड दिँदै आएको उनले बताए  । “शान्ति र सुरक्षा विकास निर्माण तथा सुशासनको आधारशीला हो”, प्रधानमन्त्री देउवाले भने ।

उनले  आफ्नो जीउज्यानको प्रवाह नगरी तोकिएको जिम्मेवारी पूरा गर्न अहोरात्र खटिने प्रहरीको योगादनको उच्च प्रशंसा गरे । “आपतविपत्मा परेका नागरिकले सर्वप्रथम सम्झने भनेकै प्रहरीलाई हो । अशक्त, असहाय जोखिममा परेका, अपराधबाट पीडित बनेका नागरिकको साथी र उद्धारकर्ता नेपाल प्रहरी नै हो, सम्पूर्ण नागरिकको भरोसाको केन्द्र नै प्रहरी हो”, उनले भने । 

प्रधानमन्त्री देउवाले २०७२ सालको विनाशकारी महाभूकम्पदेखि विश्वव्यापी महामारी कोरोना सङ्क्रमण, प्राकृतिक प्रकोप, विपद्का कुनै पनि घटनामा नागरिकको उद्धारका लागि प्रहरी, चिकित्साकर्मीले अग्रपङ्क्तिमा रहेर निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताए । प्रधानमन्त्री देउवाले भने, “नेपाल प्रहरीको कार्यसम्पादन क्षमताको देशभित्र मात्रै होइन विदेशमा पनि प्रशंसा हुँदै आएको छ । कार्यसम्पादनका क्रममा नेपाल प्रहरीले प्रदर्शन गरेको उच्च व्यावसायिकताले नै प्रशंसा आर्जन गर्न सफल भएको हो ।”

अन्तर्राष्ट्रिय शान्ति सुरक्षाप्रति नेपालको प्रतिबद्धतालाई शीरोधार्य गरी संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनमा प्रहरीका जवान र अधिृकत परिचालित रहेको जनाउँदै उनले आगामी दिनमा शान्ति मिसनमा नेपाल प्रहरीका कर्मचारीको सहभागिता र प्रतिनिधित्व बढाउन सरकार सकारात्मक रहेको बताए । उनले प्रहरीको सबै सेवालाई प्रविधिमैत्री बनाउन निर्देशन दिए  । “आजको युग सूचना र प्रविधिको युग हो । परम्परागत पद्धतिलाई समयानुकूल बनाउँदै सूचना र प्रविधिले सुसज्जित तुल्याउँदै सङ्गठनको प्रभाकारिता बढाउनुपर्नेछ”, उनले भने । 

अपराध नियन्त्रण र अनुसन्धानको मूल जिम्मेवारी प्रहरीको भएको जनाउँदै उनले  प्रहरीले आफ्नो मूल दायित्व इमान्दारिताका साथ निर्वाह गरेमात्र राष्ट्रको शान्तिसुरक्षा मजबुद हुँदै जाने विश्वास व्यक्त गरे । उनले निष्ठावान् तथा पूर्णव्यावसायिक भई कसैको दबाब वा प्रभावमा नपरी प्रचलित ऐन नियमले दिएको अधिकार प्रयोग गरी आफ्नो जिम्मेवारी पूरा गर्न सकल दर्जालाई निर्देशन दिए  । 

प्रहरीको कर्तव्यपरायणता र समस्याप्रति आफू जानकार रहेको उनको भनाइ थियो । सीमित स्रोतसाधन र कठिनाइका बीच प्रहरीले अब्बल क्षमता प्रदर्शन गर्दै आएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले स्रोतसाधनयुक्त बनाई उचित तालिम दिनसकेमा प्रहरीले अझ उत्कृष्ट परिणाम दिन सक्नेमा कुनै शङ्का छैन भने । 

“गौरवमय इतिहास बोकेको नेपाल प्रहरीलाई आगमी दिनमा थप आधुनिक, व्यावसायिक, स्रोत र साधनले सम्पन्न बनाउन सरकार प्रतिबद्ध छ”, प्रधानमन्त्री देउवाले भने । प्रहरीलाई आधुनिकीकरण र सुदृढीकरण गर्न सरकारले प्राथमिकता दिँदै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने विश्वास उनले दिलाए ।

नेपाल प्रहरीको सबै कर्मचारीको वृत्तिविकासलाई समयानकूल सुधार गरी सक्षम प्रहरी सङ्गठन निर्माणमा सबैको ध्यान जानुपर्नेमा जोड दिँदै उनले यसका लागि आवश्यक योजना बनाउन गृह मन्त्रालयलाई निर्देशन दिए । 

स्थानीय तहको निर्वाचन शान्तिपूर्ण र निष्पक्ष वातावरणमा सम्पन्न गराउन नेपाल प्रहरीले खेलेको भूमिका प्रशंसनीय रहेको जनाउँदै प्रधानमन्त्री देउवाले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउन कुनै कसर बाँकी नराख्ने विश्वास व्यक्त गरे  । 

गृहमन्त्री बालकृष्ण खाणले नागरिकको जीउधनको रक्षा गर्ने राज्यको पहिलो कर्तव्य पालना गर्न नेपाल प्रहरीले स्थापनाकालदेखि भूमिका निर्वाह गर्दै आएको बताए । सीमित स्रोतसाधनका बीच प्रहरीले जनताको सुरक्षा गर्दै आइरहेको जनाउँदै उनले भूकम्प, कोरोना महामारी र प्राकृत्तिक विपत्तिमा उद्धार तथा राहतमा खेलेको भूमिका प्रशंसनीय रहेको बताए । 

सीमित साधनस्रोतका बीच सरकारले खटाएको स्थान तथा नागरिकलाई अप्ठ्यारो परेको अवस्थामा तत्काल प्रहरी पुग्ने गरेको छ, यसले जनताको रक्षा गर्न महत्वपूर्ण सहयोग पुगेको छ”, उनले भने । आपराधिक गतिविधिमा नयाँ आयाम थपिएको र आपराधिक गतिविधिमा प्रविधिको प्रयोगले सुरक्षा चुनौती थपेको उल्लेख गर्दै गृहमन्त्री खाणले प्रहरीको क्षमता अभिवृद्धि गर्न मन्त्रालयले तत्पर रहेको बताए । 

“प्रहरीको क्षमता अभिवृद्धि तथा मनोबल बढाउन, प्रहरी कर्मचारीको परिवारको जीवनयापन सहज बनाउन सरकारले काम गरिरहेको छ”, उनले भने, “प्रहरी जवान तथा जुनियर अधिकृतको मनोबल बढाउन वृत्तिविकासमा महत्वपूर्ण निर्णय भएका छन् ।”

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले जनता तथा राष्ट्रको सुरक्षा, विश्वव्यापी महामारी, प्राकृतिक विपत्तिलगायत अवस्थामा खेलेको भूमिकाले प्रहरीको विश्वसनीयता बढेको बताए । गत वैशाखमा स्थानीय तहको निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गरिएको उल्लेख गर्दै उनले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन कटिबद्ध रहेको बताए । 

नेपालमा अपराध गरी विदेशमा लुकेर बसेका व्यक्तिलाई ‘इन्टरपोल’को सहायतामा नियन्त्रणमा लिइएको जनाउँदै उनले अघिल्लो आवको तुलनामा गत आवमा आपराधिक घटनाको दर्ता १७ प्रतिशतले बढे पनि कर्तव्य मुद्दाको सङ्ख्या घटेको उनको भनाइ थियो । 

कार्यक्रममा प्रधानमन्त्री देउवाले कर्तव्यपालनाका सिलसिलामा वीरगति प्राप्त गरेका प्रहरी कर्मचारीका एक छात्र÷एक छात्रालाई ‘अच्युत–मीना अमर प्रहरी परिवार पुरस्कार तथा छात्रवृत्ति’ प्रदान गरेका थिए । प्रधानमन्त्रीले नेपाल प्रहरीको विशेष ब्युरोमा कार्यरत प्रहरी उपरीक्षक सन्तोष खड्कालाई ‘मोतिलाल बोहोरा सर्वोत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार’, “अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक राजेन्द्रबहादुर सिंहलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ र अन्तर प्रदेश प्रहरी कार्यदक्षता मूल्याङ्कनमा उत्कृष्ट हुने १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरलाई ‘पुलिस व्याटन’ प्रदान गरे । 

कार्यक्रममा प्रधानमन्त्री देउवाले प्रहरी दर्पण २०७९ को लोकार्पण तथा अमर प्रहरीका आश्रित परिवारलाई कदरपत्र प्रदान गरेका थिए । सो अवसरमा प्रधानमन्त्री देउवाले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गरेका थिए । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending