Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

सत्ता गठबन्धनमा भावी प्रधानमन्त्रीको समझदारी भएको हो ?

खबरडबली संवाददाता

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा सबैभन्दा धेरै दल मिलेर बनेको सत्ताधारी गठबन्धनले चुनावपछि बहुमत ल्याउने दाबी गरिरहे पनि सरकारको नेतृत्व कुन दलका नेताले गर्छन् भन्नेबारे खुलाएको छैन।

अहिले सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र गठबन्धनको दोस्रो ठूलो साझेदार दल नेकपा माओवादी केन्द्र दुवै दलका नेताहरूले निर्वाचनमा गठबन्धनको बहुमत आए सरकारको नेतृत्वमा आफ्नो दाबी हुने सङ्केत गरेका छन्।

एक महिनापछि हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणामबारे अहिले नै आकलन गर्ने आधार नभए पनि सत्ताधारी गठबन्धनले बहुमत ल्याएमा प्रमुख दुई दलबीच सरकारको नेतृत्वको विषय पेचिलो बन्न सक्ने ठानिएको छ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि केही दलसँग चुनावी तालमेल गरेको छ। तर विपक्षी दलका नेताहरूले पनि आगामी सरकारको नेतृत्वबारे निर्वाचनअघि सार्वजनिक चर्चा गरेको पाइएको छैन।

माधव नेपालले कोट्याएको प्रसङ्ग

गठबन्धनमा सहभागी दलहरूले शनिवार काठमाण्डू क्षेत्र नम्बर-२ को काँडाघारीमा आयोजना गरेको कार्यकर्ता भेलामा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनबाट प्रधानमन्त्रीका दाबेदारबारे प्रसङ्ग निकालेका थिए।

देशमा देखापर्न सक्ने समस्या समाधानका लागि गठबन्धनले पहल गर्ने आश्वासन दिँदै नेपालले सरकारको नेतृत्वबारे कुरा उठाए पनि त्यसबारे धेरै चर्चा गरेनन्।

"वर्तमानका त प्रधानमन्त्री हुँदै हुनुहुन्छ, भविष्यका पनि प्रधानमन्त्रीहरू यहीँ छन्," मञ्चमा बसिरहेका प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डतर्फ फर्किएर नेपालले भने।

नेपालले भनेजस्तै चुनावमा बहुमत आए देउवा र दाहालले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति हुनसक्ने गठबन्धनमा सहभागी दलका नेताहरू बताउँछन्।

नेतृत्वमा माओवादीको दाबी

माओवादी अध्यक्ष दाहालले गत महिना पोखरामा पत्रकारहरूसँग कुरा गर्दै चुनाव पछिको सरकारबारे गठबन्धनमा कुनै छलफल नभएको बताएका थिए।

आफू प्रधानमन्त्री बन्न चाहेको भए यसअघि र चुनावअघि पनि हुनसक्ने भए पनि आफूले उक्त कुरालाई प्राथमिकता नदिएको दाबी उनले गरेका थिए।

आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको हो? भन्ने पत्रकारको जिज्ञासामा दाहालले भने, "को पहिला भन्ने नटुङ्गिएको भन्ने सत्य होइन।"

"अहिले प्रधानमन्त्रीको कुरामा हाम्रो डिबेट (बहस) भएको पनि छैन र गर्नेमा पनि छैन," दाहालले भनेका थिए। "चुनावपछिको कुरा कस्तो हुन्छ चुनावको परिणामले देखाउने कुरा पनि हुन्छ।"

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि निर्वाचनपछि सरकारको सम्भावनाबारे कुनै छलफल नभएको बताए।

"यसबारेमा कुनै सहमति भइसकेको छैन। सरकारको नेतृत्वमा हाम्रो स्वाभाविक दाबी रहन्छ। तर जे हुन्छ सहमतिको आधारमा हुन्छ," श्रेष्ठले  भने।

कोइरालाको 'सपना'

नेपाली कांग्रेसका पूर्व महामन्त्री शशाङ्क कोइरालाले आगामी सरकारको नेतृत्वमा आफूले दाबी गर्ने बताएका छन्।

गत साता नवलपुरबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गरेपछि कांग्रेस संस्थापक नेपा बिपी पुत्र शशाङ्कले चुनावपछि प्रधानमन्त्री बन्ने "सपना देखेको" बताए।

"प्रधानमन्त्रीको पदका लागि पनि मैले सोचेको छु," अहिले नै भन्न उपयुक्त नहुने भन्दै कोइरालाले पत्रकारहरूसँग भनेका थिए।

तपाईँ प्रधानमन्त्रीको उम्मेदवार हो? भन्ने प्रश्नमा उनले थपे, "एक किसिमले उम्मेदवार नै हो। पहिले जित्नुपर्‍यो, पार्टीमा छलफल हुनुपर्‍यो।"

तर कांग्रेस नेतृ चित्रलेखा यादवले चुनावपछि सरकारको नेतृत्वका विषमा पार्टीमा कुनै छलफल नभएको बताइन्।

"यसबारेमा अहिले कुनै छलफल भएको छैन। पहिले चुनावको परिणाम आउन दिऊँ," यादवले भनिन्।

'कुरा भएको छैन'

गठबन्धनको तेस्रो ठूलो साझेदार नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले चुनाव‍पछि सरकारको नेतृत्वबारे छलफलमा गठबन्धन प्रवेश नगरेको बताए।

"चुनावपछि को प्रधानमन्त्री बन्ने, के गर्ने भन्नेमा केही पनि कुरा भएको छैन," भुसालले भने।

सरकारको नेतृत्वमा तपाईँको दलको पनि दाबी हुन्छ? भन्ने प्रश्नमा उनले भने, "चुनावपछिको स्थितिबारे हाम्रो पार्टीमा पनि केही छलफल भएको छैन।" बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाको रिप गाउँमा आगलागी हुँदा पाँच घर जले, दुई जना घाइते

हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...

कांग्रेसमा फेरि महाधिवेशन विवाद

काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...

रवि-बालेन वार्ता सहकार्यको ‘मोडालिटी’तर्फ

काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...

दलहरूलाई समानुपातिक बन्दसूची बुझाउने चटारो, के गर्दै छ एमाले ?

काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी महिलाको पेटबाट निकालियो लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...

जेलेन्स्कीको कडा चेतावनी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending