बेइजिङ । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)का महासचिव एवम् राष्ट्रपति सी चिनफिङले सुधारसहित एक देश, दुई प्रणालीको नीतिलाई कायम राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टीको आज यहाँ शुरू भएको बीसौँ महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले “एक देश, दुई प्रणालीको नीति चिनियाँ विशेषतासहितको समाजवादको ठूलो आविष्कार हो, हङकङ र मकाउमा दिगो समृद्धि र स्थायित्व सुनिश्चित गर्न यो प्रणाली सबैभन्दा राम्रो संस्थागत व्यवस्था साबित भएको छ,” भने । उक्त नीतिलाई दीर्घकालीन रूपमा पालना गर्नुपर्नेमा जोड दिँदै त्यसलाई पूर्णरूपेण इमानदारी एवम् दृढताका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।
हङकङ र मकाउमा कानुनमा आधारित शासन सुनिश्चित गर्न एक देश, दुई प्रणालीअन्तर्गत हङकङका जनताले हङकङको प्रशासन गर्ने र मकाओका जनताले मकाउको शासन गर्ने बताउँदै उनले दुवैलाई उच्च स्तरको स्वायत्तताका लागि सिपिसी प्रतिबद्ध रहने स्पष्ट गरे । महासचिव सीले दुवै क्षेत्र देशभक्तहरूद्वारा प्रशासित भएको सुनिश्चित गर्न केन्द्र सरकारले समग्र अधिकार उपभोग गर्न दिने स्पष्ट गरे ।
हङकङ र मकाउको अर्थतन्त्र सबल बनाउन, त्यहाँका जनताको जीवनस्तरमा सुधार गर्न, आर्थिक एवम् सामाजिक विकासका समस्या समाधान गर्न तथा दुई विशेष प्रशासनिक क्षेत्रमा दीर्घकालीन समृद्धि र स्थिरता प्रवद्र्धन गर्न सहयोग गर्ने दृढता पनि महासचिव सीले व्यक्त गरे । उनले हङकङ र मकाउलाई चीनको समग्र विकासमा अझ राम्रोसँग समाहित गर्न चाहेको बताए ।
महासचिव सीले महाधिवेशनमा प्रस्तुत गरेको प्रतिवेदनअनुसार केन्द्र सरकारको समग्र क्षेत्राधिकार र विशेष प्रशासनिक क्षेत्रमा उच्च स्तरको स्वायत्तता सुनिश्चित हुनेछ भने केन्द्रीय अधिकारीहरूले हङकङ र मकाउमा कार्यकारी नेतृत्वको सरकारलाई समर्थन गर्नेछन् । कानुनमा आधारित प्रशासनको अभ्यास गर्न, उनीहरूको समग्र शासन र व्यवस्थापन क्षमता अभिवृद्धि गर्न तथा उनीहरूको न्यायिक र कानुनी प्रणालीमा सुधार गर्न दुई क्षेत्रका प्रमुख कार्यकारीहरू र सरकारलाई केन्द्रबाट सहयोग हुनेछ ।
“हामी हङकङ र मकाउका बासिन्दालाई दुवै क्षेत्रप्रति सद्भाव राख्न, थप देशभक्त हुन र एक देश, दुई प्रणाली नीतिको समर्थनमा स्वदेश र विदेशमा फराकिलो संयुक्त मोर्चा बनाउन प्रेरित गर्नेछौँ । हङकङ र मकाउमा अराजकता सिर्जनाको प्रयास गर्ने चीन विरोधी तत्वहरूलाई कडा कारबाही गर्नेछौँ । हामी हङकङ र मकाउको मामिलामा बाह्य शक्तिहरूको हस्तक्षेप रोक्न र दृढ कदम चाल्नेछौँ,” प्रतिवेदनमा भनिएको छ ।
चीन कहिल्यै विस्तारवादमा संलग्न नहुने
चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रकै क्रममा राष्ट्रपति सीले चीन कहिल्यै प्रभुत्व खोज्ने वा विस्तारवादमा संलग्न नहुने स्पष्ट गरे ।
चीन सबै प्रकारका आधिपत्यवाद र शक्ति राजनीति, शीतयुद्धको मानसिकता, अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप र दोहोरो मापदण्डको विरुद्धमा दृढतापूर्वक उभिएको र भविष्यमा पनि उक्त नीतिमा अडिग रहने उनले बताए ।
चीन विश्वशान्तिका निम्ति स्वतन्त्र विदेश नीति अवलम्बन गर्न दृढ रहेको, गुण र दोषका आधारमा वैश्विक विषयहरूमा आफ्नो अडान र नीति निर्धारण गरेको दोहो¥याउँदै महासचिव सीले चिनियाँ विदेश नीतिबाट देशको अन्तर्राष्ट्रिय सम्बन्धलाई नियन्त्रित गर्ने आधारभूत मान्यतालाई कायम राख्न तथा अन्तर्राष्ट्रिय निष्पक्षता एवम् न्यायको रक्षा गर्न मद्दत पुग्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: