Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

चिनियाँ राष्ट्रपतिद्वारा सुधारसहित ‘एक देश, दुई प्रणाली’को नीतिलाई कायम राख्ने प्रतिबद्धता

खबरडबली संवाददाता

बेइजिङ । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)का महासचिव एवम् राष्ट्रपति सी चिनफिङले सुधारसहित एक देश, दुई प्रणालीको नीतिलाई कायम राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्  । 

चिनियाँ कम्युनिष्ट पार्टीको आज यहाँ शुरू भएको बीसौँ महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले “एक देश, दुई प्रणालीको नीति चिनियाँ विशेषतासहितको समाजवादको ठूलो आविष्कार हो, हङकङ र मकाउमा दिगो समृद्धि र स्थायित्व सुनिश्चित गर्न यो प्रणाली सबैभन्दा राम्रो संस्थागत व्यवस्था साबित भएको छ,” भने । उक्त नीतिलाई दीर्घकालीन रूपमा पालना गर्नुपर्नेमा जोड दिँदै त्यसलाई पूर्णरूपेण इमानदारी एवम् दृढताका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता उनले व्यक्त गरे  । 

हङकङ र मकाउमा कानुनमा आधारित शासन सुनिश्चित गर्न एक देश, दुई प्रणालीअन्तर्गत हङकङका जनताले हङकङको प्रशासन गर्ने र मकाओका जनताले मकाउको शासन गर्ने बताउँदै उनले दुवैलाई उच्च स्तरको स्वायत्तताका लागि सिपिसी प्रतिबद्ध रहने स्पष्ट गरे । महासचिव सीले दुवै क्षेत्र देशभक्तहरूद्वारा प्रशासित भएको सुनिश्चित गर्न  केन्द्र सरकारले समग्र अधिकार उपभोग गर्न दिने स्पष्ट गरे । 

हङकङ र मकाउको अर्थतन्त्र सबल बनाउन, त्यहाँका जनताको जीवनस्तरमा सुधार गर्न, आर्थिक एवम् सामाजिक विकासका समस्या समाधान गर्न तथा दुई विशेष प्रशासनिक क्षेत्रमा दीर्घकालीन समृद्धि र स्थिरता प्रवद्र्धन गर्न सहयोग गर्ने दृढता पनि महासचिव सीले व्यक्त गरे । उनले हङकङ र मकाउलाई चीनको समग्र विकासमा अझ राम्रोसँग समाहित गर्न चाहेको बताए । 

महासचिव सीले महाधिवेशनमा प्रस्तुत गरेको प्रतिवेदनअनुसार केन्द्र सरकारको समग्र क्षेत्राधिकार र विशेष प्रशासनिक क्षेत्रमा उच्च स्तरको स्वायत्तता सुनिश्चित हुनेछ भने केन्द्रीय अधिकारीहरूले हङकङ र मकाउमा कार्यकारी नेतृत्वको सरकारलाई समर्थन गर्नेछन् ।  कानुनमा आधारित प्रशासनको अभ्यास गर्न, उनीहरूको समग्र शासन र व्यवस्थापन क्षमता अभिवृद्धि गर्न तथा उनीहरूको न्यायिक र कानुनी प्रणालीमा सुधार गर्न दुई क्षेत्रका प्रमुख कार्यकारीहरू र सरकारलाई केन्द्रबाट सहयोग हुनेछ । 

“हामी हङकङ र मकाउका बासिन्दालाई दुवै क्षेत्रप्रति सद्भाव राख्न, थप देशभक्त हुन र एक देश, दुई प्रणाली नीतिको समर्थनमा स्वदेश र विदेशमा फराकिलो संयुक्त मोर्चा बनाउन प्रेरित गर्नेछौँ । हङकङ र मकाउमा अराजकता सिर्जनाको प्रयास गर्ने चीन विरोधी तत्वहरूलाई कडा कारबाही गर्नेछौँ ।  हामी हङकङ र मकाउको मामिलामा बाह्य शक्तिहरूको हस्तक्षेप रोक्न र दृढ कदम चाल्नेछौँ,” प्रतिवेदनमा भनिएको छ । 
  
चीन कहिल्यै विस्तारवादमा संलग्न नहुने

चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रकै क्रममा राष्ट्रपति सीले चीन कहिल्यै प्रभुत्व खोज्ने वा विस्तारवादमा संलग्न नहुने स्पष्ट गरे । 

चीन सबै प्रकारका आधिपत्यवाद र शक्ति राजनीति, शीतयुद्धको मानसिकता, अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप र दोहोरो मापदण्डको विरुद्धमा दृढतापूर्वक उभिएको र भविष्यमा पनि उक्त नीतिमा अडिग रहने उनले बताए  । 

चीन विश्वशान्तिका निम्ति स्वतन्त्र विदेश नीति अवलम्बन गर्न दृढ रहेको, गुण र दोषका आधारमा वैश्विक विषयहरूमा आफ्नो अडान र नीति निर्धारण गरेको दोहो¥याउँदै महासचिव सीले चिनियाँ विदेश नीतिबाट देशको अन्तर्राष्ट्रिय सम्बन्धलाई नियन्त्रित गर्ने आधारभूत मान्यतालाई कायम राख्न तथा अन्तर्राष्ट्रिय निष्पक्षता एवम् न्यायको रक्षा गर्न मद्दत पुग्ने बताए । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending