Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

पर्यटन प्रवद्र्धनमा सहयोगी बन्दै नवौंँ राष्ट्रिय खेलकुद

खबरडबली संवाददाता

गलकोट ।  बागलुङ बजारको बाङ्गेचौर खेलमैदानस्थित तेक्वान्दो कर्वडहलदेखि सय मिटरको दूरीमा छ नेपालकै लामो झोलुङ्गे पुल । कवर्डहल क्षेत्रमै छ गण्डकी प्रदेशको चर्चित धार्मिक पर्यटकीय गन्तव्य बागलुङ कालिका मन्दिर । नवाँैं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि यहाँ प्रतिस्प्रर्धाका लागि आएका दुई सय ५० खेलाडी र सय बढी पाहुनाले फर्सदको समयमा पर्यटकीय क्षेत्रको भ्रमण र अवलोकन समेत गर्न भ्याएका छन् । 

शनिबारदेखि बाङ्गेचौर खेलमैदानस्थित तेक्वान्दो कर्वडहलमा नवौँं राष्ट्रिय खेलकुद प्रतियोगितामा देशभरबाट आइटिएफ तेक्वान्दोका खेलाडी प्रतिस्प्रर्धाका लागि आउँदा बागलुङ बजार गुल्जार भएको छ । नवौंँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आइटिएफतर्फको खेल बागलुङमा आयोजना हुँदा यहाँको पर्यटकीय प्रवद्र्धनमा सहयोग पुग्ने यहाँका पर्यटन व्यवसायीले बताए ।

एक साथ तीन सय ५० भन्दा बढी खेलाडी र एक सय पाहुनालाई यहाँका १४ ठूला तथा स्तरीय होटलमा व्यवस्थापन गरिएको जिल्लाका सफल पर्यटन व्यवसायी तथा गण्डकी प्रदेशस्थित होटल व्यवसायी सङ्घका अध्यक्ष अर्जुन चोखालले जानकारी दिए  । “पर्यटकीय राजधानीको रुपमा रहेको पोखरा र त्यस आसपासका जिल्लामा सञ्चालित नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले पर्यटन व्यवसाय प्रवद्र्धनमा टेवा पु¥याउने निश्चित छ । बागलुङमा खेलमैदान नजिकै चर्चित पर्यटकीय गन्तव्य रहेका छन्” उनले भने “बागलुङमा अब एक साथ ४०० भन्दा बढी पाहुना राख्नका लागि होटलहरुको क्षमता रहेछ भन्ने पुष्टी भइसकेको छ, खेलाडी फुर्सदको समयमा खेलमैदान नजिकै रहेको लामो झोलुङ्गे पुल र कालिका मन्दिर दर्शनका लागि पुगेको देखियो ।”

खेलमैदानको पाँच देखि ७ किमिभित्र पर्यटकीयस्थल पञ्चकोट र शालग्राम सङ्ग्रहालयसमेत रहेकाले नवौंँ राष्ट्रिय खेलका लागि देशभरबाट आएका खेलाडीले बागलुङ चिन्ने अबसर पाएको अध्यक्ष चोखालको भनाइ थियो।  जिल्लामा पहुनाको आतिथ्यता र व्यवस्थापनसँगै पर्यटकीयस्थलको भ्रमण गर्न पाएकोमा आफू खुसी भएको नवौंँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको आइटिएफ तेक्वान्दोका मुख्य प्रशिक्षक अन्जु रावतले बताइन् । 

“प्रशिक्षकसहित खेलाडी जिल्लाको व्यवस्थापनप्रति खुसी छौँ, छोटो समयमै गरिएको यो व्यवस्थापन निकै सरहानीय छ,” उनले भनिन् “मिडियामा सुनेको चर्चित लामो झोलुङ्गे पुलबाट पवित्र कालिगण्डकी नदी दर्शन गर्न पाइयो, खेलाडीले फुर्सदको समयमा कालिका मन्दिर, लामो पुल तथा शहिद पार्कको अवलोकन गरेका छन् ।”

खेलकूद परिषदले यहाँका होटलहरुमा खेलाडी व्यवस्थापनका लागि एकमुष्ठ सम्झौता गरेको छ । तीनसय ५०भन्दा बढी खेलाडी र पाहुना कात्तिक ३ गते सम्म बागलुङमा रहने भएकाले यहाँको पर्यटन प्रवर्धनमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएकोे प्रतियोगिताको स्थानीय व्यवस्थापक बागलुङ नगरपालिकाले जनाएको छ ।

खेलाडीहरुले खाली समयको सदुपयोग बागलुङ बजार र त्यस आसपासका पर्यटकीय क्षेत्रको भ्रमण गरेर बागलुङ यस्तो रहेछ भन्ने शन्देस देशभर फैलाउन सहयोग गरेको नगर प्रमुख बसन्तकुमार श्रेष्ठले बताए ।

देशभरका खेलाडीहरुले उद्घाटन समारोहमा सिसाखानीको सतिघाटु नाँच, नेवारी समुदायको घोडा र लाखे नाँचलगायत विभिन्न झाँकी र सांस्कृतिक कार्यक्रमसमेत अवलोनको व्यवस्था उक्त नगरपालिकाले मिलाएको थियो । 

बागलुङमा आयोजना गरिएको उक्त प्रतियोगिताको आइटिएफ तेक्वान्दो विधामा सात प्रदेश र तीन विभागीय समूहका २५० खेलाडीबीच प्रतिस्प्रधा भइरहेको छ ।

नवौंं राष्ट्रिय आईटिएफ तेक्वान्दो प्रतियोगितामा ७ प्रदेश, तीन बिभागीय गरी १० टोलीका २५० खेलाडी, ४५ रेफ्री तथा करिब ५० जना टोलीका कोच र अफिसिएल तथा म्यानेजर सहभागी भएका छन् । 

बागलुङमा पहिलो पटक आयोजना हुन लागेको सो प्रतियोगितामा खेलाडीहरूले ४५ स्वर्ण  ४५ रजत र ३० काश्य गरी कूल १२० पदकका लागि प्रतिस्प्रधा भइरहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्काले  जानकारी दिए । खेल प्रतियोगिताका लागि कर्वड हल र बाङ्गचौर खेल मैदान सजिसजाउ गरिएको छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending