दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन सरकार बनेपछि तनहुँमा दुई अर्बभन्दा बढीको बजेट आइसकेको जनाएका छन् ।
तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेमा निर्वाचन लक्षित सम्पर्क कार्यालयको आज उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले केन्द्रमा पहुँच राख्नसक्ने व्यक्तिले जितेमा जिल्लामा विकास योजना आउने बताए । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा यसपटक जनताले आफ्नो मूल्याङ्कन गर्ने पौडेलको भनाइ थियो । पौडेलले कांग्रेसको नेतृत्वमा मात्रै विकास सम्भव रहेको बताए ।
आफूहरुले अहिले राजनीति र विकासको लडाइँ गर्दै आएको बताउँदै पौडेलले भने, “हामीहरु अहिले दोहोरो लडाइँमा छौँ, लोकतन्त्रका लागि पनि लड्दै आएका छौँ, विकासका लागि पनि लड्दै आएका छौँ ।” अबको निर्वाचनमा कांग्रेसले जित्दा विकास योजनाले निरन्तरता पाउने उनको भनाइ थियो ।
“जनप्रतिनिधिले दुई थरी विकास गर्नुपर्ने अहिलेको आवश्यकता हो, राजनीतिको विकास र भौतिक विकास”, उनले भने, “हामीले सकेको विकासका काम गर्दै आएका छौँ ।” वरिष्ठ नेता पौडेलले गाउँगाउँमा खानेपानी, बाटो, विद्यालय, शिक्षा, स्वास्थ्य सेवा पुगेको र त्यसलाई निरन्तरता दिने योजनासहित आफूहरु लागिपरेको बताए । गठबन्धन सरकार बनेपछि तनहुँमा दुई अर्बभन्दा बढीको बजेट आइसकेको उनले बताए । बुद्धसिं मार्गलाई रु ४६ करोड, मादी मस्र्याङ्दी सडकलाई रु ४० करोडको बजेट आइसकेको भन्दै उनले बताए, “केन्द्रमा पहुँच पुग्ने व्यक्तिले जित्दा जिल्लामा विकास योजना आउँछ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: