Ntc summer Offer
Khabar Dabali २९ बैशाख २०८१ शनिबार | 11th May, 2024 Sat
NIMB

ताप्लेजुङमा योगेशभन्दा खेलप्रसाद अगाढी

खबरडबली संवाददाता

पाली कांग्रेस, एकीकृत समाजवादीलगायत दलको समर्थन पाएका माओवादीका उम्मेदवार बुढाक्षेत्रीलाई पन्छाएर जित निकाल्नु भट्टराईका लागि सहज छैन ।

ताप्लेजुङ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पाँच दलीय गठबन्धनको तर्फबाट ताप्लेजुङबाट प्रतिनिधिसभाका उम्मेदवार छन्- माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्री (पराग) । नेकपा एमालेले यो क्षेत्रबाट पार्टी सचिव योगेश भट्टराईलाई प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ ।

भट्टराई २०७४ को प्रतिनिधिसभा चुनावमा ताप्लेजुङबाट विजयी भएका थिए । तर, अहिले परिस्थिति फेरिएको छ । त्यसबेला नेकपा एमाले विभाजित भएको थिएन भने माओवादी केन्द्र पनि एमालेसँगको गठबन्धनमा थियो । अहिले भने एमाले फुटेर बनेको एकीकृत समाजवादी र माओवादी दुवै पाँच दलीय गठबन्धनमा छन् । सोही कारण नेपाली कांग्रेस, एकीकृत समाजवादीलगायत दलको समर्थन पाएका माओवादीका उम्मेदवार बुढाक्षेत्रीलाई पन्छाएर जित निकाल्नु भट्टराईका लागि सहज छैन । बरु बुढाक्षेत्री भट्टराईभन्दा तुलनात्मक रूपमा बलिया प्रतिस्पर्धी बनेका छन् ।

को हुन् बुढाक्षेत्री ?

बुढाक्षेत्री माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् । उनी पहिलोपटक प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार बनेका हुन् । पहिलो पटकमा निर्वाचित हुँदै सांसद बन्ने उनको प्रयासलाई गठबन्धनले सघाएको छ ।

तीन दशकभन्दा बढी समय कम्युनिस्ट आन्दोलनमा बिताएका बुढाक्षेत्री पूर्णकालीन राजनीतिमै सक्रिय भएको पनि दुई दशकभन्दा बढी भइसक्यो ।

उनी जिल्लाको राजनीतिमा स्थापित नेता हुन् । ‘पूर्णकालीन राजनीतिक कार्यकर्ता भएर मैले ताप्लेजुङमै कार्यक्षेत्र बनाएर करिब २ दशक बिताएको छु,’ बुढाक्षेत्री भन्छन्, ‘यहाँका हरेक समस्यासँग परिचित छु । सम्भावनाबारे जानकार छु । जनताका पीर मर्का नजिकबाट नियालेको छु ।’

ताप्लेजुङलाई विकासको बाटोमा द्रूततर गतिमा अघि बढाउन आफू प्रत्यक्षमा उम्मेदवार बनेको उनी बताउँछन् । शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, सिँचाइ, जडिबुटीलगायतको विकास गर्ने तथा सार्वजनिक सेवा सुविधा सुधार गर्ने आफ्नो योजना रहेको बुढाक्षेत्री बताउँछन् ।
‘म आफैँ कृषक हुँ । ताप्लेजुङमा किबी फलको खेती भित्र्याउने मै हुँ । यहाँको कृषि क्षेत्रको हरेक समस्या मलाई जानकारी छ,’ बुढाक्षेत्री भन्छन्, ‘यहाँका थुप्रै भूमिमा सिँचाइको सुविधा पुगेको छैन । किसानहरू समस्यामा छन् । त्यसको पनि समाधान गर्नुपर्ने छ ।’ कृषिको उत्पादन बढाएर प्रशोधन र बजारीकरणको उपयुक्त व्यवस्था मिलाउने आफ्नो एजेन्डा रहेको उनी बताउँछन् ।

त्यसो त ताप्लेजुङ जलस्रोतमा धनी जिल्ला हो । हाइड्रोसम्बन्धी कतिपय योजनाहरू सम्पन्न भएका छन्, कति निर्माणाधीन छन् त कति बन्ने चरणमा छन् । जलस्रोतको विकासका लागि उपयुक्त वातावरण तयार पार्ने आफ्नो एजेन्डा रहेको उनी बताउँछन् ।

त्यस्तै ताप्लेजुङका पर्यटकीय गन्तव्यको विकास गर्ने कुरालाई पनि बुढाक्षेत्रीले प्रमुखताका साथ अगाडि सारेका छन् । ‘यहाँका महत्त्वपूर्ण पर्यटकीय गन्तव्यको विकास गर्नुपर्नेछ । म सांसद बनेपछि त्यसलाई व्यवस्थित रूपमा अघि बढाउन पहल गर्छु,’ उनी भन्छन् ।

सरकारी सेवासुविधामा सुधार गर्नुपर्ने धेरै पक्ष रहेको उनी बताउँछन् । ‘यहाँ कर कार्यालय छैन । कर तिर्न पाँचथर पुग्नुपर्ने बाध्यता छ,’ बुढाक्षेत्री भन्छन्, ‘कर तिर्न जाँदा-आउँदा मात्रै धेरै पैसा खर्च हुने गरेको छ । म निर्वाचित भएपछि ताप्लेजुङमा कर कार्यालय खोल्न पहल गर्छु ।’

शिक्षाको विकासलाई पनि उनले आफ्नो एजेन्डा बनाएका छन् । जिल्लामा बहुप्राविधिक शिक्षालय खोल्ने, विज्ञान विषयको अध्ययन/अध्यापनको व्यवस्था मिलाउनेदेखि विद्यालयहरूलाई स्रोतसाधन उपलब्ध गराउने उनको योजना छ । ‘२१औँ शताब्दीमा शिक्षाको ठूलो महत्त्व छ । हामी प्राविधिक शिक्षामा अलि पछाडि छौँ । अब त्यस्तो हुनुहुँदैन । हाम्रा सन्ततीले पनि प्राविधिक शिक्षा पढ्ने अवसर पाउनुपर्छ । त्यसको व्यवस्था मिलाउँछु,’ उनी भन्छन् ।
केहो जित्ने आधार ? (जहिले पनि जनतासँगै छु)

बुढाक्षेत्री आफूलाई जनताको उम्मेदवार भन्न रूचाउँछन् । उनी जनतासँगको सम्बन्धलाई नै आफ्नो जित्ने आधार रहेको दाबी गर्छन् ।

‘म ताप्लेजुङमै जन्मिएँ, ताप्लेजुङमै हुर्किएँ, जीवनको धेरै लामो समय यहीँ बिताएँ । जनतालाई समस्या पर्दा म उहाँहरूसँगै थिएँ, छु र हुनेछु,’ उनी भन्छन्, ‘यहाँका जनतासँग मेरो आत्मीय सम्बन्ध छ । उहाँहरूले पनि मलाई माया गर्नुहुन्छ । म जितेपछि पनि ताप्लेजुङकै जनताको सेवामा हुनेछु ।’

अघिल्लो पटक चुनाव जितिसकेका एमालेका ‘हेभिवेट’ उम्मेदवार योगेश भट्टराईसँगको प्रतिस्पर्धा सहज होला र ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘योगेशजीलाई जिताउन हामी पनि लागेका थियौँ । तर, अहिले परिस्थिति पहिलेको जस्तो छैन । उहाँ (भट्टराई) ले पाँच वर्षमा गरेका राम्रा र नराम्रा कामको हिसाब जनतासँग छ ।’

जनताले ‘फ्रेस’ मान्छे खोजेको बुढाक्षेत्रीको तर्क छ । यसैलाई उनले आफ्नो जित्ने आधारका रूपमा प्रस्तुत गरेका छन् । ‘फ्रेस जनतप्रतिनिधि चुन्ने ट्रेन्ड छ । जनताले फ्रेस मान्छे खोजेका छन्,’ बुढाक्षेत्री भन्छन्, ‘म फ्रेस मान्छे हो । निर्वाचित भएँ भने पूरा समय जनताको काम गरेर बिताउँछु ।’

तर, गठबन्धनमा असन्तुष्टि पनि होला त्यसले तपाईंलाई असर गर्दैन ? भन्ने प्रश्नमा बुढाक्षेत्री भन्छन्, ‘यहाँ गठबन्धनमा कुनै समस्या छैन । गठबन्धनमा एकदमै राम्रो अन्डरस्ट्यान्डिङ छ । ताप्लेजुङको गठबन्धनमा कुनै विवाद छैन ।’

स्थानीय निर्वाचनको परिणाम पनि बुढाक्षेत्रीको पक्षमा

गत स्थानीय निर्वाचनको परिणामले पनि ताप्लेजुङमा गठबन्धनको अवस्था बलियो रहेको देखाउँछ । जिल्लाका ९ वटा स्थानीय तहमध्ये गठबन्धनले ६ वटा पालिकाको प्रमुख जितेको छ भने एमालेले ३ पालिकाको प्रमुख जितेको छ ।
फक्ताङलुङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका राजन लिम्बु निर्वाचित भएका थिए भने उपाध्यक्षमा नेपाली कांग्रेसका रबिन साम्रा लिम्बु निर्वाचित भएका थिए ।

मिक्वाखोला गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका भक्तबहादुर कार्की र उपाध्यक्षमा माओवादी केन्द्रका डण्डु शेर्पा लामा निर्वाचित भएका थिए ।

त्यस्तै मेरिङदेख गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका युक हां विर हांगाम र उपाध्यक्षमा एकीकृत समाजवादीका दुर्गा प्रसाद श्रेङ चङ्वाङ निर्वाचित भएका थिए ।

त्यस्तै ताप्लेजुङको मैवाखोला गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका विजय प्रकाश वनेम र उपाध्यक्षमा नेपाली कांग्रेसकी कमल कुमारी लिम्बु निर्वाचित भएका थिए ।

त्यस्तै सिरीजङ्घ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका लाल कृष्ण चौहान र उपाध्यक्षमा माओवादी केन्द्रका चित्रकुमार लिम्बु निर्वाचित भएका थिए ।

ताप्लेजुङको एक मात्र नगरपालिका फुङलिङ नगरपालिकाको मेयरमा पनि कांग्रेसका अमिर मादेन निर्वाचित भएका थिए । यो नगरपालिकाको उपमेयरमा भने एमालेकी भीमादेवी ओझा निर्वाचित भएकी थिइन् ।

त्यस्तै आठराई त्रिवेणी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमाले निर्वाचित भएको थियो । यो गाउँपालिकाको अध्यक्षमा एमालेका दिपेन्द्र पोमुख र उपाध्यक्षमा शान्ता कुमारी आङबुहाङ निर्वाचित भएका थिए ।

त्यस्तै पाथीभरा याङवरक गाउँपालिको अध्यक्ष र उपाध्यक्ष पनि एमालेले जितेको छ । यो गाउँपालिकाको अध्यक्षमा एमालेका केशर सुब्बा र उपाध्यक्षमा रनमाया गुरुङ निर्वाचित भएका थिए ।

त्यस्तै सिदिङ्वा गाउँपालिकामा एमालेले अध्यक्षमा जितेको थियो भने उपाध्यक्षमा माओवादी केन्द्र विजयी भएको थियो । अध्यक्षमा एमालेका मानबहादुर राई र उपाध्यक्षमा माओवादी केन्द्रकी कृष्ण कुमारी कडरिया निर्वाचित भएका थिए ।

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देशैभरका ८ शहरहरुमा ‘ग्राण्ड एजुकेशन कन्क्लेभ’ आयोजना गर्दै राइटपाथ

काठमाडाैं । राइटपाथ करियर काउन्सिलिङले यहि आउदाे वैशाख २९ गतेदेखि जेठ ८ गतेसम्म देशका प्रमुख सहरहरूमा 'ग्राण्ड एजुकेशन कन्क्लेभ' आयाेजना गर्ने...

महासंघ अध्यक्ष ढकाल कर्पोरेट एक्सिलेन्सी अवार्डद्वारा सम्मानित

काठमाडौं । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई कर्पोरेट एक्सिलेन्सी अवार्डबाट सम्मानित गरेको...

सुचना प्रविधि दिवसको अवसरमा टेलिकमले ल्यायो यस्तो अफर

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने मूल नारा सहित आगामी वैशाख २० गते मनाउन लागिएको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ...

काभ्रेपलाञ्चोककी श्रद्धा: मेडिकल अध्ययनदेखि मिस्टर एण्ड मिस नेशनलसम्म

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका, रिठ्ठेमा जन्मिएकी श्रद्धा अधिकारी ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा प्रतियोगी नम्बर २३ हुन् । गत...

दुर्गा प्रसाईमाथि कुटपिट

बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ ।  बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...

भुटानी शरणार्थी प्रकरण : रायमाझि पुर्पक्ष थुनाको फैसला, खाँडका विषयमा राय बाझियो

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ ।  उच्च अदालत पाटनका...

एमालेको मेची–महाकाली अभियान सुरु

बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...

ल्यार्काल लामा आइविसिको सभापतिमा निर्बाचित

काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...

दुर्गा प्रसाईको महंगो गाडीमा केपी ओली चढ्दै

काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...

बल्खुमा फेरि तनाव : प्रहरीमाथि हातपात गरेपछि दुर्गा समथर्थकमाथि अश्रुग्याँस प्रहार

काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि  प्रहरीले प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies