Khabar Dabali ३ बैशाख २०८३ बिहीबार | 16th April, 2026 Thu

युक्रेनमा रुसी फौजको नेतृत्व गर्ने सर्गेई सुरोभिकिन को हुन्?

खबरडबली संवाददाता

काठमाडौं । युक्रेन युद्धमा रुसी फौजको नेतृत्व गर्नका लागि गरिएको नियुक्तिको अस्वाभाविक सार्वजनिक घोषणाले एउटा स्पष्ट सन्देश दिएको छ: मस्कोले जुन कुनै सर्तमा जित्नका लागि आफ्नो प्रयास दोबर पार्दैछ। 

रुसको रक्षा मन्त्रालयका अनुसार सेनाका जेनरल सर्गेई सुरोभिकिन विशेष सैन्य कारबाही भइरहेका क्षेत्रमा परिचालित फौजको संयुक्त समूहको कमाण्डर नियुक्त भएका छन्। 

युक्रेन युद्धलाई क्रेम्लिनले विशेष सैन्य कारबाही भन्ने गर्छ। उक्त निर्णय हप्तौँको सफल युक्रेनी प्रत्याक्रमणहरूपछि आएको हो। जसक्रममा मस्कोले रुसीहरूलाई 'सधैँको लागि' आफ्नो भएको बताएको क्षेत्रबाट मस्कोका फौज पछि हट्नु परेको थियो। 

सिरियामा संलग्नता

उनको औपचारिक परिचयमा खुलाइए अनुसार सुरोभिकिन ५५ वर्षका भए।  उनले सन् १९९० को दशकमा ताजकिस्तान र चेचन्या, र हालसालै सिरियामा काम गरेका छन्। 

सिरियामा मस्को सन् २०१५ मा प्रवेश गर्दै त्यहाँका राष्ट्रपति बसर अल असदको सरकारलाई सघाएको थियो।  जुलाईमा रुसी विदेश मन्त्रालयले जनाए अनुसार सुरोभिकिनले युक्रेनमा "दक्षिण"तर्फ फौजको नेतृत्व गरेका थिए। 

सुरोभिकिनले चेचन्या र सिरियामा मानवअधिकार उल्लंघनका आरोपहरू सामना गरेकाले मानव अधिकारवादीहरूले यस निर्णयप्रति चिन्ता व्यक्त गरेका छन्। 

यस नियुक्तीलाई चेचेन नेता रमजान कदिरोभ र भाडाका सैनिक उपलब्ध गराउने वाग्नर समूहका संस्थापक यभ्गिनी प्रिगोजिनले स्वागत गरेका छन्। 

ती दुवैले रुसी सेनालाई युक्रेनमा थप निर्णायक ढङ्गले काम गर्न आग्रह गर्दै आएका थिए। त्यसका बावजुद रुसी सेनाले त्यहाँ नागरिकहरूविरूद्ध युद्ध अपराध गरेको आरोप खेपिरहेको छ। 

सर्गेई सुरोभिकिन सबैभन्दा पहिले सन् १९९१ को अगस्टमा तत्कालीन सोभियत नेता मिखाइल गोर्भाचोभविरूद्ध गरिएको कू को प्रयत्नसँगै मिडियामा छाएका थिए। 

तत्कालीन सेनाका क्याप्टेन सुरोभिकिन मस्कोको मध्य भागमा नागरिक प्रदर्शनहरूविरूद्धको एउटा सैन्य कारबाहीमा संलग्न थिए। प्रदर्शनकारीहरूले कैयौँ बख्तरबन्द सैन्य गाडीहरू आउने बाटो अवरोध गर्दै त्यसतर्फ ढुङ्गा र बोतलहरू फ्याकेका थिए। 

सुरोभिकिनले अघि बढिरहन आदेश दिए। त्यसले तीन जनालाई कुल्चँदा उनीहरूको मृत्यु भयो। 

काण्डहरू

सुरोभिकिनलाई पक्राउ गरियो र सुनुवाइअघि सात महिना उनलाई हिरासतमा राखियो। तर पछि उनी स्वयंले समेत आदेश पालना गरिरहेको भन्दै सबै अभियोगहरू फिर्ता लिइयो। 

सन् १९९५ मा उनीमाथि गैर कानुनी रूपमा बन्दुक बेचेको आरोप लाग्यो। मस्कोको एउटा सैनिक अदालतले उनलाई दोषी ठहर्‍यायो र उनलाई एक वर्ष निलम्बनको सजाय सुनाइयो। 

पछि त्यसलाई उनको रेकर्डबाट हटाइयो। सन् २००२ मा एक सैन्य एकेडेमीबाट पढाइ पूरा गरेका उनी लगत्तै सैन्य डिभिजन कमाण्डर बने। 

दुई वर्षपछि उनको नाम अर्को एक काण्डको केन्द्रमा पर्न गयो जतिखेर उनका एकजना निकट सहकर्मीले सुरोभिकिनको कार्यालयमा आफैँलाई गोली प्रहार गरे। 

सन् २००४ मा उनी सैन्य डिभिजन कमान्डरका रूपमा चेचन्यामा सरुवा भए जहाँ त्यसबेला रुसले स्थानीय मस्को विरोधी छापामार लडाकूविरूद्ध नियन्त्रण कायम गर्न सङ्घर्ष गरिरहेको थियो। 

उनी मातहत काम गरेका सैनिकहरूले कैयौँ पटक उनलाई स्थानीय सर्वसाधारणहरू विरूद्ध हिंसा गरेको आरोप लगाएका छन्। 

प्रत्यक्षदर्शीहरूले बताए अनुसार सुरोभिकिन अन्तर्गतका एक बटालियनले एक क्षेत्रमा नागरिकका घरहरू तोड्दै "सफाया कारबाही" गरेको थियो। 

ती विवरण अनुसार दर्जनौँ मानिसहरूलाई एउटा स्थानीय विद्यालयको चौरमा एकत्रित पारेर कुटपिट गर्दै जमिनमा वर्षाबिच राखिएको थियो। 

सुरोभिकिनले ती आरोपहरू अस्वीकार गरेका छन्। सन् २०१७ मा जब सिरियामा विपक्षीहरूलाई दबाउन रुसले त्यहाँको सरकारलाई सघाउने महत्त्वपूर्ण भूमिका खेलेको थियो, त्यसबेला सुरोभिकिन सिरियामा रुसी सैनिकको उड्डयन कमाण्डर थिए। 

त्यसबेलासम्म उनले कहिल्यै एअर फोर्समा काम गरेका थिएनन्। नोभेम्बर २०१७ मा उनी रुसी हवाई तथा अन्तरिक्ष फौजको मुख्य कमाण्डर नियुक्त भए। सेनामा उक्त क्षेत्रमा त्यति कम अनुभव भएका व्यक्तिलाई पहिलोपटक त्यसरी गरिएको नियुक्ती थियो।  

मानव अधिकार उल्लंघनका आरोप

सिरियामा सुरोभिकिनको कमाण्डमा रहेको फौजले रासायनिक अस्त्र प्रयोग र अस्पतालमा बमबारी गर्नेजस्ता मानवअधिकार उल्लङ्घनका आरोप खेप्ने गरेका छन्। 

सन् २०२० मा ह्युमन राइट्स वाचको एउटा विशेष प्रतिवेदनमा उनको नाम अन्य रुसी र सिरियाली कमान्डरसाथ उल्लेख गर्दै सन् २०१९ देखि २०२० बीचमा इड्लिब प्रान्तमा भएका लडाइँमा मानवअधिकार उल्लङ्घनका लागि उनीहरू जिम्मेवार हुनसक्ने जनाएको छ। 

जसमा दाबी गरिए अनुसार रुसी र सिरियाली फौजले नियतवश आवासीय क्षेत्रमा र नागरिक पूर्वाधारमा प्रहार गरेको थियो। 

सन् २०१९ मा द न्यूयोर्क टाइम्स पत्रिकाले गरेको अनुसन्धानले समेत त्यस्तै निष्कर्ष निकालेको थियो। मस्कोले ती आरोपहरू अस्वीकार गर्दै आएको छ। 

सिरियामा तैनाथ हुँदाको भूमिकाका लागि उनलाई द हिरो अफ रसियन नामको देशको सबैभन्दा ठूलो अवार्ड प्रदान गरिएको छ। उनका पूर्ववर्तीको नाम कहिल्यै औपचारिक रूपमा सार्वजनिक गरिएको थिएन। 

तर केही रुसी सञ्चारमाध्यमले जनाए अनुसार उनी जनरल अलेजान्ड्र भोर्निकोभ थिए जो दोस्रो चेचेन युद्धका जेनरल र सिरियामा रुसी कमाण्डर थिए। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending