Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

युक्रेनमा रुसी फौजको नेतृत्व गर्ने सर्गेई सुरोभिकिन को हुन्?

खबरडबली संवाददाता

काठमाडौं । युक्रेन युद्धमा रुसी फौजको नेतृत्व गर्नका लागि गरिएको नियुक्तिको अस्वाभाविक सार्वजनिक घोषणाले एउटा स्पष्ट सन्देश दिएको छ: मस्कोले जुन कुनै सर्तमा जित्नका लागि आफ्नो प्रयास दोबर पार्दैछ। 

रुसको रक्षा मन्त्रालयका अनुसार सेनाका जेनरल सर्गेई सुरोभिकिन विशेष सैन्य कारबाही भइरहेका क्षेत्रमा परिचालित फौजको संयुक्त समूहको कमाण्डर नियुक्त भएका छन्। 

युक्रेन युद्धलाई क्रेम्लिनले विशेष सैन्य कारबाही भन्ने गर्छ। उक्त निर्णय हप्तौँको सफल युक्रेनी प्रत्याक्रमणहरूपछि आएको हो। जसक्रममा मस्कोले रुसीहरूलाई 'सधैँको लागि' आफ्नो भएको बताएको क्षेत्रबाट मस्कोका फौज पछि हट्नु परेको थियो। 

सिरियामा संलग्नता

उनको औपचारिक परिचयमा खुलाइए अनुसार सुरोभिकिन ५५ वर्षका भए।  उनले सन् १९९० को दशकमा ताजकिस्तान र चेचन्या, र हालसालै सिरियामा काम गरेका छन्। 

सिरियामा मस्को सन् २०१५ मा प्रवेश गर्दै त्यहाँका राष्ट्रपति बसर अल असदको सरकारलाई सघाएको थियो।  जुलाईमा रुसी विदेश मन्त्रालयले जनाए अनुसार सुरोभिकिनले युक्रेनमा "दक्षिण"तर्फ फौजको नेतृत्व गरेका थिए। 

सुरोभिकिनले चेचन्या र सिरियामा मानवअधिकार उल्लंघनका आरोपहरू सामना गरेकाले मानव अधिकारवादीहरूले यस निर्णयप्रति चिन्ता व्यक्त गरेका छन्। 

यस नियुक्तीलाई चेचेन नेता रमजान कदिरोभ र भाडाका सैनिक उपलब्ध गराउने वाग्नर समूहका संस्थापक यभ्गिनी प्रिगोजिनले स्वागत गरेका छन्। 

ती दुवैले रुसी सेनालाई युक्रेनमा थप निर्णायक ढङ्गले काम गर्न आग्रह गर्दै आएका थिए। त्यसका बावजुद रुसी सेनाले त्यहाँ नागरिकहरूविरूद्ध युद्ध अपराध गरेको आरोप खेपिरहेको छ। 

सर्गेई सुरोभिकिन सबैभन्दा पहिले सन् १९९१ को अगस्टमा तत्कालीन सोभियत नेता मिखाइल गोर्भाचोभविरूद्ध गरिएको कू को प्रयत्नसँगै मिडियामा छाएका थिए। 

तत्कालीन सेनाका क्याप्टेन सुरोभिकिन मस्कोको मध्य भागमा नागरिक प्रदर्शनहरूविरूद्धको एउटा सैन्य कारबाहीमा संलग्न थिए। प्रदर्शनकारीहरूले कैयौँ बख्तरबन्द सैन्य गाडीहरू आउने बाटो अवरोध गर्दै त्यसतर्फ ढुङ्गा र बोतलहरू फ्याकेका थिए। 

सुरोभिकिनले अघि बढिरहन आदेश दिए। त्यसले तीन जनालाई कुल्चँदा उनीहरूको मृत्यु भयो। 

काण्डहरू

सुरोभिकिनलाई पक्राउ गरियो र सुनुवाइअघि सात महिना उनलाई हिरासतमा राखियो। तर पछि उनी स्वयंले समेत आदेश पालना गरिरहेको भन्दै सबै अभियोगहरू फिर्ता लिइयो। 

सन् १९९५ मा उनीमाथि गैर कानुनी रूपमा बन्दुक बेचेको आरोप लाग्यो। मस्कोको एउटा सैनिक अदालतले उनलाई दोषी ठहर्‍यायो र उनलाई एक वर्ष निलम्बनको सजाय सुनाइयो। 

पछि त्यसलाई उनको रेकर्डबाट हटाइयो। सन् २००२ मा एक सैन्य एकेडेमीबाट पढाइ पूरा गरेका उनी लगत्तै सैन्य डिभिजन कमाण्डर बने। 

दुई वर्षपछि उनको नाम अर्को एक काण्डको केन्द्रमा पर्न गयो जतिखेर उनका एकजना निकट सहकर्मीले सुरोभिकिनको कार्यालयमा आफैँलाई गोली प्रहार गरे। 

सन् २००४ मा उनी सैन्य डिभिजन कमान्डरका रूपमा चेचन्यामा सरुवा भए जहाँ त्यसबेला रुसले स्थानीय मस्को विरोधी छापामार लडाकूविरूद्ध नियन्त्रण कायम गर्न सङ्घर्ष गरिरहेको थियो। 

उनी मातहत काम गरेका सैनिकहरूले कैयौँ पटक उनलाई स्थानीय सर्वसाधारणहरू विरूद्ध हिंसा गरेको आरोप लगाएका छन्। 

प्रत्यक्षदर्शीहरूले बताए अनुसार सुरोभिकिन अन्तर्गतका एक बटालियनले एक क्षेत्रमा नागरिकका घरहरू तोड्दै "सफाया कारबाही" गरेको थियो। 

ती विवरण अनुसार दर्जनौँ मानिसहरूलाई एउटा स्थानीय विद्यालयको चौरमा एकत्रित पारेर कुटपिट गर्दै जमिनमा वर्षाबिच राखिएको थियो। 

सुरोभिकिनले ती आरोपहरू अस्वीकार गरेका छन्। सन् २०१७ मा जब सिरियामा विपक्षीहरूलाई दबाउन रुसले त्यहाँको सरकारलाई सघाउने महत्त्वपूर्ण भूमिका खेलेको थियो, त्यसबेला सुरोभिकिन सिरियामा रुसी सैनिकको उड्डयन कमाण्डर थिए। 

त्यसबेलासम्म उनले कहिल्यै एअर फोर्समा काम गरेका थिएनन्। नोभेम्बर २०१७ मा उनी रुसी हवाई तथा अन्तरिक्ष फौजको मुख्य कमाण्डर नियुक्त भए। सेनामा उक्त क्षेत्रमा त्यति कम अनुभव भएका व्यक्तिलाई पहिलोपटक त्यसरी गरिएको नियुक्ती थियो।  

मानव अधिकार उल्लंघनका आरोप

सिरियामा सुरोभिकिनको कमाण्डमा रहेको फौजले रासायनिक अस्त्र प्रयोग र अस्पतालमा बमबारी गर्नेजस्ता मानवअधिकार उल्लङ्घनका आरोप खेप्ने गरेका छन्। 

सन् २०२० मा ह्युमन राइट्स वाचको एउटा विशेष प्रतिवेदनमा उनको नाम अन्य रुसी र सिरियाली कमान्डरसाथ उल्लेख गर्दै सन् २०१९ देखि २०२० बीचमा इड्लिब प्रान्तमा भएका लडाइँमा मानवअधिकार उल्लङ्घनका लागि उनीहरू जिम्मेवार हुनसक्ने जनाएको छ। 

जसमा दाबी गरिए अनुसार रुसी र सिरियाली फौजले नियतवश आवासीय क्षेत्रमा र नागरिक पूर्वाधारमा प्रहार गरेको थियो। 

सन् २०१९ मा द न्यूयोर्क टाइम्स पत्रिकाले गरेको अनुसन्धानले समेत त्यस्तै निष्कर्ष निकालेको थियो। मस्कोले ती आरोपहरू अस्वीकार गर्दै आएको छ। 

सिरियामा तैनाथ हुँदाको भूमिकाका लागि उनलाई द हिरो अफ रसियन नामको देशको सबैभन्दा ठूलो अवार्ड प्रदान गरिएको छ। उनका पूर्ववर्तीको नाम कहिल्यै औपचारिक रूपमा सार्वजनिक गरिएको थिएन। 

तर केही रुसी सञ्चारमाध्यमले जनाए अनुसार उनी जनरल अलेजान्ड्र भोर्निकोभ थिए जो दोस्रो चेचेन युद्धका जेनरल र सिरियामा रुसी कमाण्डर थिए। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वतखण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र सम...

झापा र नवलपरासीमा सवारी दुर्घटना- दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

बनियानी ।  झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जनाको अवस्था गम्भीर छ । झापाको बिर्तामोड नगरपालिका–५ ...

गगन-विश्वलाई पार्टीबाट निकालेका खड्काले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन्।  गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट...

कांग्रेसको मान्यता नपाउने' पक्षसामु चुनाव लड्नका लागि तीन विकल्प

काठमाडौं । आमनिर्वाचन आउन ४८ दिन बाँकी रहँदा एउटा ठूलो र पुरानोमध्येको राजनीतिक दलको किचलोका कारण निर्वाचन आयोग अहिले नसोचेको गाँठो फुकाइदिनुपर्ने अवस...

‘बा’ र बालेनको पर्खाइमा झापा

काठमाडौं । ‘तपाईंहरू पनि बालेनको मान्छे हो ?’ झापाको बहुप्रचारित दमक–३ स्थित भ्युटावर अगाडि भेटिएकी ५० वर्षीया पवित्रा धिमालले सुरुमै प्रश्न गरिन् । उ...

नेता धेरै देउवातिर, प्रतिनिधि धेरै गगनतिर

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ

घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँल...

चिसो याममा पनि ढोरपाटनमा पर्यटकको चहलपहल

बागलुङ । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछ...

आजको मौसम- तराईमा हुस्सु, छैन पानी पर्ने सम्भावना

काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा ह...

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौँ । आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस  । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending