काठमाडौं । दक्षिणी भारतीय राज्य केरलाको पथानामथिट्टा जिल्लामा आर्थिक समृद्धिको निम्ति दुईजना महिलाको 'बलि' दिएको घटना सार्वजनिक भएको छ।
अङ्ग्रेजी अखबार द हिन्दूमा प्रकाशित समाचारमा जनाइएअनुसार केरलाको दुईवटा जिल्लाका प्रहरीले त्यहाँ केही समयदेखि हराइरहेका दुईजना महिला पद्म र रोसलीको खोजकार्य गरिरहेका थिए।
यसै सिलसिलामा कोच्ची नगरको प्रहरीले एक दम्पति भगवल सिंह र लैला अनि अर्का एक व्यक्ति शफी वा रशीदलाई हिरासतमा लिएको बीबीसी हिन्दीमा छापिएको अखबारमा उल्लेख गरिएको छ।
उनीहरूसँगको सोधपूछमा अचम्भित् पार्ने जानकारी मिलेको छ। कोच्ची नगर प्रहरीको प्रहरी अधिक्षक सीएच नागाराजु भन्छन्, "पद्मको हत्या सेप्टेम्बरको अन्तिम सातामा भएको थियो। जबकी अर्की महिलाको हत्या जुन महिनामै गरिएको थियो।"
"यी तीनजना व्यक्तिले दुवै महिलाको बर्बरतापूर्ण ढङ्गले हत्या गरेर लाशलाई आफ्नै घरमा गाडिदिएका थिए।"
ती अभियुक्तहरूले आफ्नो अपराध कबुलेको र प्रहरीले तिनको पुष्टि पनि गरिसकेको नागाराजुले बताए।
आर्थिक समस्याको निहुँ
अहिलेसम्म प्राप्त जानकारीअनुसार शफी र भगवल सिंहलाई आर्थिक अभाव भइरहेको थियो। आर्थिक सङ्कटसँग जुझ्नका निम्ति भगवल सिंहलाई मानव बलि दिन सल्लाह दिइयो। त्यस सुझाव कार्यान्वयन गर्न शफीले घच्घच्याए।
लगत्तै केही रकमको बदलामा शफीले ती महिलालाई लिएर आए। ती महिलालाई नोकरी तथा पैसाको प्रलोभन दिइएको थियो।
प्रहरीले अभियुक्तहरूको घरमा गाडिएका लाशको डीएनए जाँच गरेर पीडितहरूको पहिचान पुष्टि गर्दैछ। भारतका विभिन्न ठाउँमा अन्धविश्वासका कारण थुप्रै अपराधका घटना हुने गर्छन्।
यस्ता अपराधमा महिला र बालबालिका पीडित हुने सङ्ख्या पनि निकै हुने गर्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ३ गते, २०८२ - ०९:२७
पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वतखण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र सम...
माघ ३ गते, २०८२ - ०९:२२
बनियानी । झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जनाको अवस्था गम्भीर छ । झापाको बिर्तामोड नगरपालिका–५ ...
माघ ३ गते, २०८२ - ०९:१९
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन्। गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट...
माघ ३ गते, २०८२ - ०७:४७
काठमाडौं । आमनिर्वाचन आउन ४८ दिन बाँकी रहँदा एउटा ठूलो र पुरानोमध्येको राजनीतिक दलको किचलोका कारण निर्वाचन आयोग अहिले नसोचेको गाँठो फुकाइदिनुपर्ने अवस...
माघ ३ गते, २०८२ - ०७:४१
काठमाडौं । ‘तपाईंहरू पनि बालेनको मान्छे हो ?’ झापाको बहुप्रचारित दमक–३ स्थित भ्युटावर अगाडि भेटिएकी ५० वर्षीया पवित्रा धिमालले सुरुमै प्रश्न गरिन् । उ...
माघ ३ गते, २०८२ - ०७:३७
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
माघ ३ गते, २०८२ - ०७:३०
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँल...
माघ ३ गते, २०८२ - ०७:२६
बागलुङ । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछ...
माघ ३ गते, २०८२ - ०७:१८
काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा ह...
माघ ३ गते, २०८२ - ०७:०९
काठमाडौँ । आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिव...




प्रतिकृया लेख्नुहोस्: