काठमाडौं । दक्षिणी भारतीय राज्य केरलाको पथानामथिट्टा जिल्लामा आर्थिक समृद्धिको निम्ति दुईजना महिलाको 'बलि' दिएको घटना सार्वजनिक भएको छ।
अङ्ग्रेजी अखबार द हिन्दूमा प्रकाशित समाचारमा जनाइएअनुसार केरलाको दुईवटा जिल्लाका प्रहरीले त्यहाँ केही समयदेखि हराइरहेका दुईजना महिला पद्म र रोसलीको खोजकार्य गरिरहेका थिए।
यसै सिलसिलामा कोच्ची नगरको प्रहरीले एक दम्पति भगवल सिंह र लैला अनि अर्का एक व्यक्ति शफी वा रशीदलाई हिरासतमा लिएको बीबीसी हिन्दीमा छापिएको अखबारमा उल्लेख गरिएको छ।
उनीहरूसँगको सोधपूछमा अचम्भित् पार्ने जानकारी मिलेको छ। कोच्ची नगर प्रहरीको प्रहरी अधिक्षक सीएच नागाराजु भन्छन्, "पद्मको हत्या सेप्टेम्बरको अन्तिम सातामा भएको थियो। जबकी अर्की महिलाको हत्या जुन महिनामै गरिएको थियो।"
"यी तीनजना व्यक्तिले दुवै महिलाको बर्बरतापूर्ण ढङ्गले हत्या गरेर लाशलाई आफ्नै घरमा गाडिदिएका थिए।"
ती अभियुक्तहरूले आफ्नो अपराध कबुलेको र प्रहरीले तिनको पुष्टि पनि गरिसकेको नागाराजुले बताए।
आर्थिक समस्याको निहुँ
अहिलेसम्म प्राप्त जानकारीअनुसार शफी र भगवल सिंहलाई आर्थिक अभाव भइरहेको थियो। आर्थिक सङ्कटसँग जुझ्नका निम्ति भगवल सिंहलाई मानव बलि दिन सल्लाह दिइयो। त्यस सुझाव कार्यान्वयन गर्न शफीले घच्घच्याए।
लगत्तै केही रकमको बदलामा शफीले ती महिलालाई लिएर आए। ती महिलालाई नोकरी तथा पैसाको प्रलोभन दिइएको थियो।
प्रहरीले अभियुक्तहरूको घरमा गाडिएका लाशको डीएनए जाँच गरेर पीडितहरूको पहिचान पुष्टि गर्दैछ। भारतका विभिन्न ठाउँमा अन्धविश्वासका कारण थुप्रै अपराधका घटना हुने गर्छन्।
यस्ता अपराधमा महिला र बालबालिका पीडित हुने सङ्ख्या पनि निकै हुने गर्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: