काठमाडौं । नेकपा एमालेका पाँच केन्द्रीय स्तरका नेताका नाम पार्टी सदस्यतासमेत नरहने गरी हटाइने भएको छ । आफ्नै नेताविरुद्ध उम्मेदवारी दिएका र स्वतन्त्रको हैसियतमा उम्मेदवार बनेका एमाले केन्द्रीय सदस्यमा रहेका पाँच नेताको नाम अभिलेख बाटै हटाइने भएको हो ।
एमालेका दुई स्थायी कमिटी सदस्य र तीन केन्द्रीय समिति सदस्यले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका छन् । स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टीले टिकट नदिएपछि एमाले पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए ।
पूर्वमाओवादी पृष्ठभूमिका एमाले स्थायी समिति सदस्य प्रभु साहले अन्तिम समय आएर पार्टीले दिएको टिकट लत्याएर स्वतन्त्र उम्मेदवार दिएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग अन्तिम समयसम्म आफूले पार्टीको तर्फबाटै उम्मेदवार दिने बताइरहे पनि टिकट बाँडफाँटमा आफू पक्षका नेतालाई टिकट नदिएको रिसमा साहले स्वतन्त्र उम्मेदवार दिएका हुन् ।
त्यस्तै, एमालेले केन्द्रीय सदस्य कुन्दन कुशवाहलाई रौतहट ३ ‘ख’बाट टिकट दिएको थियो । तर, अन्तिम समय आएर प्रभु साहसँगै उनले पनि स्वतन्त्र उम्मेदवार दिएका छन् । कुशवाहलाई पनि एमालेले पार्टी सदस्य नरहनेगरी कारबाही तयारी गरेको एमालेका एक नेताले जानकारी दिए ।
एमाले पोलिटब्युरो सदस्य शान्ता चौधरीविरुद्ध बागी उम्मेदवार दिएकी गंगा चौधरी सत्गौवा पनि कारबाही सूचीमा परेकी छन् । यसअघि, दुवै समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य भएका थिए । एमालेले शान्ता चौधरीलाई टिकट दिएपछि असन्तुष्ट गंगा चौधरीले स्वतन्त्र उम्मेदवारी दिएकी हुन् ।
त्यस्तै, एमालेले डोल्पाकी बदमी क्वारा बुढाको नाम पनि अभिलेखबाट हटाएको छ । उनले पनि पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएकी छन् । यो खबर आजको राजधानीदैनिकमा प्रकाशित छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २९ गते, २०८२ - ०९:३१
काठमाडौँ । पशुपति क्षेत्रलाई वैदिक परम्परा र तपस्याको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा स्थापित गर्न नेपालमै पहिलो पटक भइरहेको ऐतिहासिक ‘विश्वमेध श्रीवि...
माघ २९ गते, २०८२ - ०९:२७
विराटनगर । मोरङ क्षेत्र नं ६ का नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालाले बुढीगंगा गाउँपालिकाका ६ वटा वडामा एकै दिन पार्टी कार्यालय उद्घाटन गरेका...
माघ २९ गते, २०८२ - ०९:१९
काठमाडौं । दैलेखमा ठूलो मात्रामा खनिज ग्यासको भण्डारण रहेको त्यहाँ अन्वेषण गर्ने चिनियाँ कम्पनीले जानकारी गराएको अधिकारीहरूले बताएका छन्। दैलेखको भ...
माघ २९ गते, २०८२ - ०९:०८
काठमाडौं । निर्वाचन सुरक्षार्थ छनोट भएर दशदिने तालिम पूरा गरेका एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी बुधबारदेखि फिल्डमा खटिँदै छन् । उनीहरू नेपाल प्रहरी ...
माघ २९ गते, २०८२ - ०८:१७
काठमाडौँ । सरकारले मुलुकको आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षामा यस्तो प्रक्षेप...
माघ २९ गते, २०८२ - ०८:१५
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले तराईका धेरै स्थानका साथै उपत्यकाहरूमा हुस्सु लागेको ब...
माघ २९ गते, २०८२ - ०७:५५
बागलुङ । विकास र समृद्धिको चरणमा रहेको बागलुङ क्षेत्र नम्बर १ को निर्वाचन प्रतिष्ठाको लडाइ बन्दै आएको छ । राष्ट्रिय राजनीतिमा नाम कमाएका राष्ट्रिय जनम...
माघ २९ गते, २०८२ - ०७:५३
मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा कूल ३९ वटा मतदान केन्द्र तथा मतदानस्थल कायम छन् । यहाँको ...
माघ २९ गते, २०८२ - ०७:४९
काठमाडौँ । खाना पकाउने ग्यासको आपूर्तिमा देखिएको समस्या समाधानका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ढुवानी व्यवस्थापनलाई प्रभावकारी बन...
माघ २९ गते, २०८२ - ०७:४५
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई थप भव्य र व्यवस्थित बनाउने उद्देश्यका साथ मतदाता शिक्षा विशेष कार्यक्रम सञ...



प्रतिकृया लेख्नुहोस्: