Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

गोरखामा प्रचण्डसहित ५६ जनाको उम्मेदवारी

खबरडबली संवाददाता

गोरखा । गण्डकी प्रदेशको गोरखा जिल्लामा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्रका लागि ५६ जनाको उम्मेदवारी परेको छ ।  माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को समेत निर्वाचन क्षेत्र रहेको गोरखामा यस पटक निकै महत्वका साथ हेरिएको छ । 

आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि आइतबार भएको मनोनयन दर्ता क्रममा गोरखा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा २३ जना र चार प्रदेशसभाका निर्वाचन क्षेत्रमा ३३ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ । 

प्रतिनिधिसभा अन्तर्गत गोरखा क्षेत्र नं १ मा १० जनाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीले जानकारी दिए । क्षेत्र नं. १ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजेन्द्र बजगाईंको उम्मेदवारी परेको छ भने नेकपा एमालेबाट पार्टीका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका पूर्व भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतको उम्मेदवारी परेको छ । 

त्यस्तै जनता समाजवादी पार्टीबाट उत्तरबहादुर खड्का, राप्रपाबाट उदयप्रसाद भट्ट, मङ्गोल नेसनल अर्गनाइजेसनबाट देवबहादुर थापा र नेपाल सुशासन पार्टीबाट मीनकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएको उनले जानकारी दिए । जसपाबाट नै रुपेश राना, नेपाल मजदुर किसान पार्टीबाट लीलाकुमारी बुढाथोकी र राष्ट्रिय स्वतन्त्र पार्टीका सुवर्ण रोकाय र विष्णु पुडासैनीले स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन कार्यालयले जनाएको छ । 

प्रतिनिधिसभा गोरखा क्षेत्र नं २ मा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सहित १३ जनाको उम्मेदवारी परेको उनले बताए । सत्ता गठबन्धनको सिट बाँडफाँटका क्रममा माओवादीको केन्द्रको भागमा परेको यो क्षेत्रमा नेकपा एमालेबाट अब्दुस सलाम मियाँ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कवीन्द्र बुर्लाकोटी, राप्रपाबाट सुशील पन्त, राप्रपा नेपालबाट कुलबहादुर बस्नेत, नेपाली कांग्रेस (विपी) बाट टीकादत्त पोखरेल, नेपाल मजदुर किसान पार्टीबाट प्रल्हाद लामिछाने, हाम्रो नेपाल पार्टीबाट प्रकाश थापा र मङ्गोल नेसनल अर्गनाइजेसनबाट सोमबहादुर गुरुङकोे उम्मेदवारी परेको हो । क्षेत्र नं २ मा विनोदकुमार गुरुङ, गणेश देवकोटा र कांग्रेस नेत्री डा माधवी पराजुली (भट्ट) ले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

प्रदेशसभा तर्फ गोरखा क्षेत्र नं १ (क) मा सात जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ । जसमा नेकपा माओवादी केन्द्रबाट कृष्ण धिताल, नेकपा एमालेबाट सुरेन्द्रबहादुर थापा, राप्रपाबाट सुदीप ढकाल, राप्रपा नेपालबाट हरिराम अर्याल, मङ्गोल नेसनल अर्गनाइजेसनबाट गङ्गाबहादुर राना, नेस्नलिष्ट पिपल्स पार्टीबाट बिष्णुबहादुर कुँवरको उम्मेदवारी परेको छ भने कांग्रेस निकट मानिएका रामशरण आचार्यले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

क्षेत्र नं १ अन्र्तगत प्रदेशसभा (ख) मा नेपाली कांग्रेसका नन्दप्रसाद न्यौपाने, नेकपा एमालेका मोहन भट्टराई, एकीकृत समाजवादीका टेकराज भट्ट, नेस्नलिष्ट पिपल्स पार्टीका रामचन्द्र कुमाल, मङ्गोल नेसनल अर्गनाइजेसनका रामबहादुर लामा, राप्रपा नेपालका सरिता देवकोटा, राप्रपाका सोमनाथ अधिकारीले उम्मेदवारी दर्ता गरेका छन् भने डाकबहादुर पराजुली, माओवादी केन्द्रका युवानेता राजकुमार ढकाल र कांग्रेस नेता पूर्णबहादुर दाहालले स्वतन्त्र उम्मेदवारी दिएका छन् । प्रदेशसभाअन्तर्गतको यो क्षेत्रमा १० जनाको उम्मेदवारी परेको हो ।

यस्तै गोरखा क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा (क) मा  नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा, नेकपा एमालेका राजु राना, नेकपा एकीकृत समाजवादीका जुद्धविलास भण्डारी, नेमकिपाका बेलबहादुर बस्नेत, राप्रपाका राजेन्द्र शाह, मङ्गोलनेसनल अर्गनाइजेसनका विपीका बराम गुरुङ, राप्रपा नेपालका सुबोध बस्न्यात र हाम्रो नेपाल पार्टीका सरोज गिरीले उम्मेद्वारी दर्ता गराएका छन् । प्रदेशसभाको यो क्षेत्रमा गण्डकी प्रदेशका ऊर्जामन्त्रीसमेत रहेका हरिशरण आचार्य र बिलबहादुर तामाङले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

क्षेत्र नं २ को प्रदेशसभा (ख) मा कांग्रेसबाट सुरेन्द्रराज पाण्डे, नेकपा एमालेबाट वसन्तकुमार गुरुङ, राप्रपाबाट ठाकुरप्रसाद लामिछाने, राप्रपा नेपालबाट सफिदिन मियाँ र मङ्गोल नेसनल अर्गनाइजेसनबाट रामबहादुर घलेको उम्मेदवारी परेको छ ।  क्षेत्र नं २ को प्रदेशसभा (ख) मा हरि पोखरेलले स्वतन्त्र दर्ता गराउनु भएको निर्वाचन कार्यालयले जनाएको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाको रिप गाउँमा आगलागी हुँदा पाँच घर जले, दुई जना घाइते

हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...

कांग्रेसमा फेरि महाधिवेशन विवाद

काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...

रवि-बालेन वार्ता सहकार्यको ‘मोडालिटी’तर्फ

काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...

दलहरूलाई समानुपातिक बन्दसूची बुझाउने चटारो, के गर्दै छ एमाले ?

काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी महिलाको पेटबाट निकालियो लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...

जेलेन्स्कीको कडा चेतावनी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending