Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

कैलालीका बाढी पीडितको बिचल्ली

खबरडबली संवाददाता

कैलाली । कैलालीमा बुधबार रातिदेखिको अविरल वर्षापछि बाढीको खतरा बढेको छ । कर्णाली नदीमा पानीले खतराको तह पार गरेको छ । जल मापन केन्द्र चिसापानीको गेज रिडर पार्वती गुरुङका अनुसार कर्णाली नदीमा पानीको सतह बढ्दै गएकाले तटीय क्षेत्रमा बाढीको जोखिम बढेको छ । 

वर्षा निरन्तर हुनुका साथै चिसापानीमा पानीको सतह बढ्दै गएकाले जोखिम क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सर्न अपिलसमेत गरिएको छ । कर्णालीमा पानीको सतह १०।८ पुगेमा खतरा तह पार भएको मानिन्छ ।

कर्णाली नदीको पानी रानीकुलामा पसेपछि रानीकुला भरिएको छ । रानीकुला बस्तीमा पसेपछि जानकी गाउँपालिका र टीकापुर नगरपालिकाका सयौँ घर डुबानमा परेका छन् ।  कर्णालीमा बाढी बढ्दा टीकापुर नगरपालिका, जानकी गाउँपालिका, भजनी नगरपालिका प्रभावित हुने गरेका छन् । 

जानकी गाउँपालिकाको वडा नं ९ पाताभारमा बाढी पसेपछि सात परिवारलाई राष्ट्रिय मावि पाताभारमा राखिएको छ । रानीकुलामा पानीको बहाव बढेकाले वडा नं ९ कै धनुवाफाँटाका १८ घर छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन् । 

कुन्तीका बासिन्दालाई अरुणोदय मावि खैरीफाँटामा सारिएको छ । गाउँपालिकाले नदी बढ्दै गएकाले कुन्ती र मूतियाका नागरिकलाई सुरक्षित स्थानमा सर्न सूचना गरेको गाउँपालिकाले जनाएको छ ।

रानीकुलामा आएको बाढीले टीकापुर नगरपालिका वडा नं १ को शक्तिननगर, वडा नं  २ को विजयनगर र वडा नं ५ को वसन्ता, मनिकापुर, नुक्लीपुरका घरमा बाढी पसेको छ । वडा नं ८ का वनगाउँ, फाँटा, बञ्जरियाका घर डुबानमा परेका बताइएको छ । 

टीकापुर–५ को शाहीपुरमा रहेको तटबन्ध फुट्ने खतरा रहेकाले तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सर्न आग्रह गरेको टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारू बताउँछन् ।  

“बाढी आउने जोखिम बढ्यो, तल्लो क्षेत्रका नागरिक सार्ने काम सुरु गरेका छौँ, सबैलाई रातिको समयमा घर छाडेर सुरक्षित स्थानमा बस्न आग्रह गरेका छौँ”, उनले भने, “अब एकापसमा सहयोग गर्ने हो, सुरक्षित रहने काम गरौँ ।”

कर्णाली नदीले खतराको तह पार गरेकाले जानकी गाउँपालिका जोखिममा परेको छ । पालिकाका तटीय क्षेत्रका नागरिकलाई सुरक्षित राख्ने काम भइरहेको गाउँपालिका अध्यक्ष गणेश चौधरी बताए। “कर्णाली नदी तटमा रहेका नागरिकलाई सुरक्षित राख्न पालिकाले सबैलाई सूचना गरेको छ । प्रहरी तथा उद्धारमा खट्ने सबै संयन्त्रसँग समन्वय भइरहेको छ”, उनले भने, “बाढी पसेमा क्षति हुन्छ ।”

प्रमुख जिल्ला अधिकारी किरण थापा तटीय क्षेत्रका पालिका प्रमुख, वडाध्यक्षसँग समन्वय भइरहेको र सुरक्षा निकायका सबै तह तयारीमा रहेका बताए। “हामीले नदीले खतरा तह पार गरेपछि सम्बन्धित पालिकाका प्रमुखसँग सम्पर्क गरिरहेका छौँ”, उनले भने, “नदी फुटेमा बस्ती सखाप हुने जोखिम छ । तटबन्ध भइरहेका ठाउँमा नदी फुट्ने खतरा छ । त्यस क्षेत्रका नागरिकलाई सुरक्षित सर्न भनेका छौँ ।”

भजनी नगरपालिकाको पथरैया नदी गाउँ पसेपछि सय बढी परिवार हुलाकी सडकमा तीन दिनदेखि बसिरहेका छन् । हुलाकी सडकमा बसिरहेकाहरू भोकभोकै वस्तुभाउसहित बस्नुपरेको छ । सडकमा बसेकाहरू निरन्तरको वर्षाका कारण चिसो तथा अन्य स्वास्थ्य समस्यासमेत सुरु भएको बताइएको छ । 

भजनीका स्थानीय जयप्रसाद ढुङ्गानाले सडकमा बसेकाहरूको बिचल्ली भएको बताए। उनले भोकभोकै पानीमा भिज्दै बाढीपीडित दिन काटिरहेका बताए। बाढीले भजनीमा सयौँ परिवारका घरखेत डुबानमा पर्नुका साथै भएका अन्नपात र लुगाकपडा भिजेर नष्ट भएका छन् । कर्णाली नदी अझै बढ्दै गएमा मोहना नदी थुनिने र भजनी नगरपालिका सबै डुबानमा पर्ने खतरासमेत बढेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एसईई नेपाली विषयको प्रश्नपत्र बाहिरियो, फोटोकपी मेसिन राखेर चिट बनाउन गिरोह नै सक्रिय

सिराहा । परीक्षा सुरु भएको १० मिनेट पछि नै एसईईको नेपाली विषयको प्रश्न पत्र बाहिरिएको छ । चिट बनाउन सक्रिय रहेको टोलीलाई परीक्षा हलबाट एक थान प्रश्न प...

आयरल्याण्ड उल्भ्सविरुद्ध भिड्दै नेपाल ‘ए’

काठमाडौं । घरेलु मैदानमा ट्वान्टी-२० शृंखलामा नेपाल ‘ए’ ले आज आयरल्याण्ड उल्भ्सविरुद्ध पहिलो खेल खेल्दैछ ।  यसअघि शृंखला बिहीबार शुरु हुने तालिका थ...

नवनियुक्त मन्त्री बज्राचार्यलाई हानेपाले कारबाही गर्ने

काठमाडौं । हाम्रो नेपाली पार्टी (हानेपा)ले बागमती प्रदेशको नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यलाई कारबाही गर्ने भएको छ । पार्टीको निर्णयविपरित स...

धादिङकी डाक्टर प्रतिभा धौभडेल घर बिदामा थिइन्, काठमाडौंमा मृत भेटिइन्

काठमाडौं । जिल्ला अस्पताल धादिङमा कार्यरत डाक्टर प्रतिभा धौभडेल काठमाडौँको छाउनीस्थित आफ्नै घरमा मृत फेला परेकी छिन्। ३४ वर्षीय डाक्टर धौभडेल आफ्नै...

दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डका तीन पुल निर्माणको अन्तिम चरणमा

खोटाङ । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने तीनवटा खोलामा निर्माणाधीन ‘मोटरेबल’ पक्की पुलको काम अन्तिम चरणमा पुगेको छ । ...

कुलो खन्न गएकी महिलाको जलेर मृत्यु

डोटी । वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । बिहीबार अपराह्न जङ्गलमा लागेको आगोले घाइते भएकी शिखर नगरपालिका–४ सेलबुङ्गाकी ४१ वर्...

आइतबारदेखि मात्रै मौसममा सुधार आउने

काठमाडौँ । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली भोलि शनिबारसम्म जारी नै रहने र आइतबारदेखि क्रमशः सुधार हुने जल तथा मौसम विज्ञान विभागले जना...

देशैभर आज पनि मौसम नखुल्ने, शनिबारसम्म वर्षाको प्रक्षेपण

काठमाडौं । देशैभर अझै दुईरतीन दिन मौसम सफा हुने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पूर्वी नेपालका धेरैजसो भागमा पानी परे पनि पश्चि...

नेपालले किन चाह्यो चीनसँग पनि भारतसँग जस्तै मन्त्रीस्तरीय संयन्त्र ?

काठमाडौं । नेपालले द्विपक्षीय संवादका लागि भारतसँगको जस्तै विदेशमन्त्रीस्तरीय संयन्त्र निर्माण गर्न बेइजिङसँग प्रस्ताव गरेको छ। हाल चीनको भ्रमणमा र...

अन्न उत्पादन घटेपछि म्याग्दीका किसान फलफूलखेतीमा

म्याग्दी । अन्नबाली लगाउँदा लगानीअनुसार प्रतिफल प्राप्त नभएपछि म्याग्दीका किसानले व्यावसायिक फलफूलखेती सुरु गरेका छन् । साथै उनीहरूले सागसब्जी पनि उमा...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies