Khabar Dabali २९ माघ २०८२ बुधबार | 11th February, 2026 Wed
Investment bank

गगनको प्रधानमन्त्री बन्ने आकांक्षा, भन्छन् : ड्राइभिङ सिटमा बसेर मुलुक हाँक्छु

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनपछि आफैँ ड्राइभिङ सिटमा बसेर मुलुक हाँक्ने बताएका छन्। आइतबार काठमाडौं क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएलगत्तै उनले यस्तो बताएका हुन्। 

उनले भने, 'पार्टीको पनि मूल जिम्मेवारी लिनुपर्छ। र, मेरो प्रयत्न त अब यहाँसम्म नेपालका राजनीतिक दलहरूले ल्याउनुभएकोमा उहाँहरूलाई धन्यवाद दिँदै, उहाँहरूलाई आभार प्रकट गर्दै अब ड्राइभिङ सिटमा आफैँ बसेर अब योभन्दा अगाडिको पाँच वर्षको निम्ति आफैँ मूल ड्राइभिङ सिटमा बस्ने प्रयत्न गर्ने हो। आफ्नो कर्म गर्ने हो, त्यसले फल कस्तो दिन्छ? त्यो समयले बताउला।'

त्यसका लागि आफूसँग आवश्यक अनुभव, सपना र जोस सबै रहेको महामन्त्री थापाको भनाइ थियो। महामन्त्री थापाले अबको निर्वाचनपछि पार्टीको मूल जिम्मेवारी लिन प्रयास गर्ने पनि बताए। आफूले प्राप्त गरेको अनुभवको आधारमा सरकारको जिम्मेवारी सम्हाल्न आफू क्रियाशील हुने उनले बताए। 

महामन्त्री थापाले काठमाडौं क्षेत्र नम्बर ४ ले आफूलाई सम्मान र पहिचान दुवै दिएकाले पनि सोही क्षेत्रबाट निर्वाचन लड्न लागेको पटकपटक दोहोर्‍याए। 

'तर, मेरो आफ्नो उम्मेदवारी यहाँबाट निर्वाचित भएर गएपछि मैले सांसदको रूपमा गर्ने अरू जिम्मेवारी छँदै छ। मैले योपटक नेपाल सरकारको जिम्मेवारी सम्हाल्ने गरी काम गर्ने प्रयत्न गर्छु। किनकि मलाई अब त्यसका निम्ति चाहिने अनुभव भयो। त्यसका निम्ति चाहिने सपना मसँग छ। जोस मसँग छ। चाहिएको अनुभव पनि मैले प्राप्त गरेको छु। यसको आधारमा मैले काम गर्ने प्रयास गर्छु' उनकोे भनाइ छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ऐतिहासिक ‘विश्वमेध श्रीविद्या कोटिअर्चना महायज्ञ’ मा ५५ लाख पटक अर्चना, जप र हवन

काठमाडौँ । पशुपति क्षेत्रलाई वैदिक परम्परा र तपस्याको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा स्थापित गर्न नेपालमै पहिलो पटक भइरहेको ऐतिहासिक ‘विश्वमेध श्रीवि...

बुढीगंगाका मतदाता भेटघाटमा शेखर

विराटनगर । मोरङ क्षेत्र नं ६ का नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालाले बुढीगंगा गाउँपालिकाका ६ वटा वडामा एकै दिन पार्टी कार्यालय उद्घाटन गरेका...

दैलेखबाट कति ग्यास निकाल्न सकिन्छ ? नेपालमा नयाँ सरकार कुर्दै चीन

काठमाडौं । दैलेखमा ठूलो मात्रामा खनिज ग्यासको भण्डारण रहेको त्यहाँ अन्वेषण गर्ने चिनियाँ कम्पनीले जानकारी गराएको अधिकारीहरूले बताएका छन्। दैलेखको भ...

आजदेखि एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी फिल्डमा

काठमाडौं । निर्वाचन सुरक्षार्थ छनोट भएर दशदिने तालिम पूरा गरेका एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी बुधबारदेखि फिल्डमा खटिँदै छन् । उनीहरू नेपाल प्रहरी ...

आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण

काठमाडौँ । सरकारले मुलुकको आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षामा यस्तो प्रक्षेप...

आज उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले तराईका धेरै स्थानका साथै उपत्यकाहरूमा हुस्सु लागेको ब...

बागलुङ–१ मा पुराना उम्मेदवारलाई नयाँको चुनौती, कसले मार्ला बाजी ?

बागलुङ । विकास र समृद्धिको चरणमा रहेको बागलुङ क्षेत्र नम्बर १ को निर्वाचन प्रतिष्ठाको लडाइ बन्दै आएको छ । राष्ट्रिय राजनीतिमा नाम कमाएका राष्ट्रिय जनम...

मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा कूल ३९ वटा मतदान केन्द्र तथा मतदानस्थल कायम छन् । यहाँको ...

खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन विभागको पहल

काठमाडौँ । खाना पकाउने ग्यासको आपूर्तिमा देखिएको समस्या समाधानका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ढुवानी व्यवस्थापनलाई प्रभावकारी बन...

निर्वाचन २२ दिन बाँकी: ६७४३ वटा वडामा सञ्चालन हुनेछ मतदाता शिक्षा कार्यक्रम

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई थप भव्य र व्यवस्थित बनाउने उद्देश्यका साथ मतदाता शिक्षा विशेष कार्यक्रम सञ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE