Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

नवौँ राष्ट्रिय खेलकुद: यी दस खेलका २३ ‘विधा’ रद्द

खबरडबली संवाददाता

कास्की । गण्डकी प्रदेशमा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत विभिन्न १० खेलका २३ विधा रद्द गरिएको छ । 

प्रतियोगिताका लागि कम्तीमा चारवटा टोलीको सहभागिता अनिवार्य हुने र सो नभए खेल रद्द हुने प्रावधानअनुसार केही खेलका विधा नहुने भएको हो ।

गल्फ आर्चरी, प्याराग्लाइडिङ, पौडी, भारोत्तोलन, सुटिङ, जिमन्याष्टिक स्क्वास, सफ्ट टेनिस, जुडोका केही इभेन्ट नहुने प्रतियोगिता आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ । 

धेरैजसो इभेन्टमा महिला खेलाडीको सहभागिता नभएपछि रद्द गरिएको हो । सबैभन्दा बढी आर्चरीमा सात इभेन्ट रद्द गरिएको छ । त्यसैगरी अन्य खेलको एकदेखि तीन इभेन्टसम्म नहुने सम्भावना रहेको बताइन्छ ।

आर्चरीका सातवटा इभेन्टहरुमा चार टोलीको सहभागिता नभएकाले खेल नहुने भएको जनाइएको छ । आर्चरीमा पुरुष कम्पाउन्ड टोली, मिक्स टोली कम्पाउन्ड, मिक्स टोली रिकर्भ, मिक्स टोली स्ट्यान्डर्ड, महिला कम्पाउन्ड टोली, महिला रिकर्भ टोली र महिला स्ट्यान्डर्ड टोलीका खेलहरु नहुने प्रतियोगिता प्राविधिक समितिले जनाएको छ ।

आर्चरीमा कूल १५ पदक बाट मात्रै सातवटा स्वर्ण पदक घटेको छ । आर्चरीमा कूल १५ स्वर्ण पदकका लागि खेल हुने यसअघि जनाइएको आर्चरी सङ्घका सचिव योगेन्द्र शेरचनले बताए । आर्चरीका केही इभेन्ट रद्द भएको जानकारी प्राप्त भएको बताउँदै उनले यस बारेमा राखेपमा छलफल गरिने बताए ।

यसैगरी प्याराग्लाइडिङ र स्विमिङको तीन÷तीन, जिम्न्याष्टिक, भारोत्तोलन र सुटिङको दुई/दुई, गल्फ, जुडो, सफ्ट टेनिस र स्क्वायसका एक÷एक इभेन्टहरुका खेल नहुने भएका छन् ।

गल्फतर्फ महिला इन्डिभिजुयल, जिम्न्याष्टिक पुरुष पोमल हर्स (अल राउन्ड इभेन्ट), जिम्न्याष्टिक महिला भल्टिङ टेबल (अल राउन्ड इभेन्ट), जुडो मिक्स टिम इभेन्ट, प्याराग्लाइडिङ महिला एक्युरेसी र क्रसकन्ट्री टिम इभेन्ट तथा महिला क्रसकन्ट्री एकलका इभेन्टहरु नहुने जनाइएको छ ।

त्यसैगरी सुटिङ मिक्स टिम १० मिटर इएर पिस्तोल, १० मिटर इएर राइफल मिक्स पुरुष टिम, सफ्ट टेनिसतर्फ महिला टिम, स्क्वायसतर्फ महिला सिङ्गल्स, पौडीतर्फ महिला बटरफ्लाई २०० मिटर, महिला ४०० मिटर मिड्ले, भारोत्तोलनतर्फ १०९ केजी तौल पुरुष र महिला ८७ केजी माथिका इभेन्टहरु नहुने जनाइएको छ ।

राष्ट्रिय खेलकुदमा सात प्रदेश, तीन विभागीय र एनआरएनको एक गरी ११ टोलीले सहभागिता जनाउनेछन् । प्रतियोगिताका लागि गण्डकी प्रदेशले सबैभन्दा बढी खेलाडी दर्ता गरेको छ । गण्डकीले ३६ वटै खेलमा सहभागिता जनाउने प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङले बताए । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: