काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई यसपटक चुनाव नलड्ने भएका छन् ।
उनले आज (सोमबार) सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिँदै डा. भट्टराईले मेरो ठाउॅमा तपाईंहरूले अझै सक्षम र जिम्मेवार व्यक्तिको नेतृत्व पाउनुहुनेछ भन्दै आगामी २०७९ मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा म उम्मेदवार नबन्ने घोषणा गरेका हुन् ।
उनले लेखेका छन्–
प्रिय गोरखा,
२०६४,२०७० र २०७४ को संविधानसभा र प्रतिनिधिसभा निर्वाचनमा अत्यधिक मतले विजयी गराएर तपाईंहरूको सेवा गर्ने अवसर दिनुभएकोमा सम्पूर्ण गोरखाली बुबाआमा,दिदीबहिनी,दाज्यूभाइहरूमा अन्तःहृदयैदेखि आभार व्यक्त गर्दछु।
आगामी २०७९ मंसीर ४ को प्रतिनिधसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहॉहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु।
मेरो कार्यकालमा गोरखाको दूरगामी विकास र समृद्धिकालागि आधारभूत भौतिक तथा सामाजिक पूर्वाधारहरू बनेका छन् भने केही शुरूभएका आयोजना पूरा हुन बॉकी छन्। बॅकीरहेका आयोजना पूरा गर्न र ती पूर्वाधारको जगमा अब उत्पादन र रोजगारमुखी योजना र कार्यक्रम ल्याएर ऐतिहासिक गोरखालाई देशकै नमूना विकासको केन्द्र बनाउन म संसदमा नरहे पनि निरन्तर सक्रिय योगदान गरिरहनेछु।
२०६५ देखि अहिलेसम्म प्रत्येक महिना गोरखा आउनेजाने र जनताको घरदैलोमा पुग्ने काम गरिराखें र तपाईंहरूबाट धेरै सिक्ने अवसर पएॅ। आगामी दिनमा पनि म निरन्तर तपाईंहरूकै सेवामा रहिरहनेछु।
चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन१ कतिपय मानिसहरूले जानेर नजानेर त्यस्तो सोच्नरभन्न सक्छन्। सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्मको राजनीति गर्नेहरूले त्यसो भन्नु अन्यथा हैन। तर सही र असल राजनीति भनेको समाजको सर्वतोमुखी अग्रगामी रूपान्तरण र जनतारसमाजको सेवा गर्ने साधन हो।म त्यसमा विश्वास गर्छु र आजीवन त्यही मार्गमा लागिरहनेछु। पार्टीको काम र जनसेवामा म निरन्तर खटिरहनेछु।
म सबै गोरखाली दिदीबहिनी दाज्युभाइहरूलाई विश्वास दिलाउन चाहन्छु मेरो ठाउॅमा तपाईंहरूले अझै सक्षम र जिम्मेवार व्यक्तिको नेतृत्व पाउनुहुनेछ र गोरखाको विकासको गतिले अझै तीब्रता पाउनेछ। म त्यहॅा साथमा हुनेछु।
आसन्न वडादशै,तिहार,नेपाल सम्वत् नयॉ वर्ष लगायतका सबै पर्वहरूमा हार्दिक शुभकामना !
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १३ गते, २०८० - २०:३६
काठमाडौँ। बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ। आज साँझ ६:४४ बजे बझाङ सदरमुकाम र आसपासमा भूकम्प धक्का महसुस गरिएको हो। सदरमुकाम चैनपुर आसपास केन्द...
मंसिर १३ गते, २०८० - २०:२८
काठमाडौँ। काठमाडौं महानगरपालिका–३१ शङ्खमूलबाट एक हजार दरको नोट पाँच थान र ५०० दरको नोट एक थान गरी जम्मा ६ थान नक्कलीजस्तो देखिने नोटसहित एकजना पक्राउ ...
मंसिर १३ गते, २०८० - २०:०१
काठमाडौँ। प्रथम राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकता र धार्मिक सद्भावसहित देश विकासमा लाग्नुको विकल्प नरहेको बताएका छन् । धनुषाको जनकपुरधाम ...
मंसिर १३ गते, २०८० - १९:४०
काठमाडौँ। रास्वपाले सांसद स्वर्णिम वाग्लेलाई उपसभापति बनाएको छ । यस्तै सहमहामन्त्रीमा कविन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्य चयन भएका छन् ...
मंसिर १३ गते, २०८० - १९:३०
काठमाडौँ। काठमाडौंबाट झापाको भद्रपुर विमानस्थलका लागि उडान भरेको जहाजमा प्राविधिक समस्या देखिएको छ। समस्या देखिएपछि जहाजलाई पुनः त्रिभुवन अन्तर्राष्ट्...
मंसिर १३ गते, २०८० - १८:२०
काठमाडौँ। सत्तारुढ प्रमुख घटक नेपाली कांगेसले संविधान कार्यान्वयनमा जोड दिने निष्कर्ष निकालेको छ । बुधवार धुम्बाराहीस्थित पार्टी सभापति शेरबहादुर ...
मंसिर १३ गते, २०८० - १८:१७
काठमाडौँ। फेवातालको मापदण्डबारे सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन गर्न गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा समिति गठन गरिएको ...
मंसिर १३ गते, २०८० - १८:०९
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान व्यवस्थाभित्र रहेर नागरिकको अवस्था परिवर्तन गर्ने बताएका छन्। बुधवार जनकपुरधाम...
मंसिर १२ गते, २०८० - २१:२१
काठमाडौँ। युवा ओपनर रितुराज गायकवाडको शतकमा भारतले तेस्रो टि२० आई खेलमा अष्ट्रेलियालाई २ सय २३ रनको विशाल लक्ष्य दिएकोछ । गुवाहाटीमा टस हारेर पहिला...
मंसिर १२ गते, २०८० - २१:१०
काठमाडौँ। काठमाडौं महानगरपालिकाले प्लास्टिकको बट्टामा प्याकेजिङ गरिएका सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको छ । अबदेखि महानगर क्षेत्रभित्रका...
प्रतिकृया लेख्नुहोस्: