Ntc summer Offer
Khabar Dabali १६ आश्विन २०८० मंगलवार | 3rd October, 2023 Tue

नेकपा एमाले म्याराथन दैडिने पार्टी हो– अध्यक्ष ओली

खबरडबली संवाददाता
विराटनगर । नेकपा (एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राष्ट्रिय पार्टी भनेको एमाले मात्र भएको बताएका छ्न। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले राष्ट्रिय पार्टी भएकाले सबैको आकर्षणको केन्द्र र विभिन्न पार्टी परित्याग गरेर एमाले प्रवेश गर्ने लहर चलेको प्रष्ट पार्नुभयो । अध्यक्ष ओलीले भने, “निर्वाचन लड्ने आँट एमाले मात्र गर्छ, यो रिले रेस होइन म्याराथन दौडिने पार्टी हो ।” उनले यो ढोडको लौरो टेक्ने पार्टी होइन आफ्नै खुट्टामा भर परेर हिँड्ने पार्टी भएकाले आगामी निर्वाचनमा बहुमत ल्याउने जिकिर गर्नुभयो । अध्यक्ष ओलीले एमालेको एजेण्डाले देश, जनता, शान्ति, सुव्यवस्था, भ्रष्टाचार नियन्त्रण, विकास र जनताको सेवा एवं हितलाई सम्बोधन गर्ने भएकाले निर्वाचनमा जनताले यसैको पक्षमा मतदान गर्ने विश्वास व्यक्त गरे । उनले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा केही सिटमा अन्य विचार मिल्ने पार्टीसँग सहमति कायम हुनेसक्ने बताए । एक प्रश्नको जवाफमा अध्यक्ष ओलीले बर्तमान कामचलाउ सरकारले संसद् नभएका समयमा दूरगामी महत्वका अध्याधेश ल्याउनु गलत हो भने। उनले यो सरकारको काम दैनिक कामकाज सञ्चालन गर्नु र शान्तिपूर्ण ढङ्गले निर्वाचन सम्पन्न गर्नु मात्र भएको विचार व्यक्त गरे। अध्यक्ष ओली यस पार्टीले अहिलेसम्म आगामी निर्वाचनका लागि उम्मेदवारको अन्तिम छनोट नगरेकाले बाहिर आएको विभिन्न थरीका हल्लामा कुनै सत्यता नभएको प्रष्ट पारे ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सापू रोगबाट बच्न चिकित्सकको आग्रह

नारायणगढ । पछिल्लो केही दिनयता चितवन तथा यस आसपासका क्षेत्रमा सेतो पुतलीबाट सर्ने ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ ९सापू० रोगका बिरामी देखा पर्न थाल...

केएफडब्लूको सहयोगमा थानकोटमा प्रसूति विशेषज्ञ सेवा अस्पताल बन्ने

काठमाडौँ । जर्मन सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा चन्द्रागिरि नगरपालिकामा प्रसूति विशेषज्ञ सेवा अस्पताल निर्माण हुने भएको छ । यसका लागि जर्मन विका...

अनमोल केसीलाई म्याद थपका लागि अदालत लगियो

काठमाडौँ । अभिनेता अनमोल केसीलाई म्याद थपका लागी प्रहरीले सरकारी वकिलको कार्यालयमा उपस्थित गराएको छ । म्याद थपका लागी केसीलाई जिल्ला अदालत काठमाडौँमा ...

चाडबाड केन्द्रित बजार अनुगमन तीव्र

काठमाडौँ । सरकारले चाडबाड नजिकिएसँगै देशैभर बजार अनुगमनलाई तीव्रताका साथ अघि बढाएको छ । उपभोक्ताको हकअधिकार संरक्षण, स्वच्छ बजार प्रवर्द्धन तथा अवा...

दोलखाको लामबगरबाट फेरि ४ किलो सुन बरामद

काठमाडौं । दोलखाको बिगु गाउँपालिका–१, लामबगरबाट प्रहरीले ४ किलो सुन बरामद गरेको छ । प्रहरीले केही दिनअघि दोलखाबाट ७ किलो बरामद गरेको सुनको अनुसन्धा...

राजविराज–हनुमाननगर सडक जीर्ण, आवागमनमा समस्या

सप्तरी । पाँच वर्षदेखि राजविराज–हनुमाननगर सडक खण्ड जीर्ण हुँदा स्थानीयले सास्ती भोग्दै आएका छन् । पाँच वर्षसम्म पनि जीर्ण सडक मर्मत नहुँदा आवागमनमा सम...

फ्रान्स निर्यात हुन थाल्यो इलाममा उत्पादित जडीबुटी

इलाम । इलाम माईजोगमाई गाउँपालिकाका नित्यराज दाहालले ‘ओसोनिक हर्बल तथा ओसोनिक जडीबुटी प्रशोधन केन्द्र’ बाट उत्पादित जडीबुटी विदेश निर्यात हुन थालेको छ ...

पशुपति जलहरी प्रकरण: सदस्य सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिको जलहरी प्रकरणमा तीन जना विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन...

प्रधानमन्त्री प्रचण्ड र चीनका राष्ट्रपतिको भेटपछि नेपाल-चीन सम्बन्धका सबै संशयहरू निवारण: माओवादी

काठमाडौ । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपतिबीचको भेटवार्तापछि नेपाल-चीन सम्बन्धका सबै संशयहरू निवारण भ...

साउनयता तीन सय ४७ फर्मलाई कारबाही, ९८ प्रतिशत व्यावसायिक फार्ममा कुनै न कुनै किसिमको समस्या

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गर्ने बजार अनुगमनका क्रममा करिब ९८ प्रतिशत व्यावसायिक फार्ममा कुनै न कुनै किसिमको कैफियत तथा ...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Alphabet Education Consultancy Pioneer Software Technologies Salt Trending