Khabar Dabali २९ माघ २०८२ बुधबार | 11th February, 2026 Wed
Investment bank

रुसले युक्रेन युद्धमा परमाणुअस्त्र प्रयोग गर्ला ?

जनमत संग्रह गराएर युक्रेनका दक्षिणी तथा पूर्वी क्षेत्रहरूलाई गाभ्ने पुटिनको योजना

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी भूभागहरूको रक्षाका निम्ति परमाणु अस्त्रहरूको प्रयोग गर्न तयार रहेको बताएपछि युक्रेनमा उनले "ट्याक्टिकल" अर्थात्‌ साना सीमित दायरा भएका परमाणुअस्त्रको प्रयोग गर्न सक्ने डर बढेको छ।

पुटिनले त्यसो गरेमा त्यो द्वितीय विश्वयुद्धयताकै सबैभन्दा गम्भीर सैन्य तनाव हुने अमेरिकी राष्ट्रपति जो बाइडनले चेतावनी दिएका छन्।

परमाणुअस्त्र के हो?

ट्याक्टिकल परमाणुअस्त्रहरू साना युद्धशीर्ष र युद्धभूमिमा अथवा सीमित निसानाका लागि गरिने "डेलिभरी प्रणाली" हुन्।

व्यापक स्तरमा रेडिओधर्मी विकिरण नफैलाईकन निश्चित क्षेत्रमा शत्रुहरूको शिविरमा प्रहार गर्न मिल्नेगरी ट्याक्टिकल परमाणुअस्त्रहरूको निर्माण गरिएको हुन्छ।

सबैभन्दा सानो ट्याक्टिकल परमाणुअस्त्र एक किलोटन वा सोभन्दा कमको भार वहन गर्न सक्ने हुनसक्छ। त्यसको क्षमता १,००० टन टीएनटीजति हुनसक्छ। सबैभन्दा ठूलो चाहिँ १०० किलोटनसम्मको हुनसक्छ।

स्ट्रटीजिक परमाणु अस्त्रहरू ठूला हुन्छन् र लामो दूरीबाट प्रहार गरिन्छ। संयुक्त राज्य अमेरिकाले सन् १९४५ मा हिरोशिमामा खसालेको अणुबम १५ किलोटनको थियो।

रुससँग कस्ता ट्याक्टिकल परमाणुअस्त्र छन्?

अमेरिकी गुप्तचर निकायका अनुसार रुससँग करिब २,००० वटा ट्याक्टिकल परमाणुअस्त्र छन्।

उसका ट्याक्टिकल परमाणु युद्धशीर्षहरूलाई विभिन्न प्रकारका क्षेप्यास्त्रहरूमा राख्न सकिन्छ जुन क्षेप्यास्त्रहरूको प्रयोग सामान्यतया क्रूज क्षेप्यास्त्र अथवा आर्टिलरी शेल पठाउन प्रयोग गरिन्छ।

ट्याक्टिकल परमाणुअस्त्रहरू सैन्य विमान तथा पानीजहाजबाट पनि प्रहार गर्न सकिन्छ।

के अहिलेसम्म प्रयोग भएको छ?

अहिलेसम्म द्वन्द्वमा ट्याक्टिकल परमाणुअस्त्रको प्रयोग भएको छैन। परमाणुशक्ति सम्पन्न कुनै पनि मुलुकले ट्याक्टिकल परमाणुअस्त्र प्रयोग गरी पूर्ण रूपमा परमाणुयुद्ध सुरु गराउने जोखिम मोल्न चाहेको देखिएको छैन।

यद्यपि रुसले ठूला स्ट्रटीजिक क्षेप्यास्त्रको सट्टा साना ट्याक्टिकल परमाणुअस्त्रहरूको प्रयोग गर्न चाहेको हुनसक्छ।

पुटिनको चिन्ता

युक्रेनमाथि अतिक्रमण थाल्नुभन्दा केहीअघि मात्र पुटिनले सन् २०२२ को फेब्रुअरीमा रुसी परमाणु फौजलाई "विशेष तयारी अवस्था" मा रहन भन्नुका साथै उच्च स्तरको परमाणु अभ्यास पनि गराएका थिए।

"यदि हाम्रो भौगोलिक अखण्डतामाथि खतरा उत्पन्न भयो भने निस्सन्देह हामीले रुस र हाम्रा जनताको रक्षाका निम्ति उपलब्ध सबै साधनको प्रयोग गर्नेछौँ। यो कुनै ठट्टा होइन," हालै मात्र उनले भनेका थिए।

रुसले आफ्नै योजनामा जनमतसङ्ग्रह गराएपछि युक्रेनका दक्षिणी तथा पूर्वी क्षेत्रहरूलाई गाभ्ने योजना बनाइरहेको छ।

"सबै उपायले" ती क्षेत्रको "भौगोलिक अखण्डता"को रक्षा गर्न तयार रहेको पुटिन बताउँछन्।

अमेरिकी गुप्तचर निकाय यसलाई परमाणुयुद्ध गर्ने योजनाको सङ्केतको रूपमा नभई युक्रेनलाई ती भूभाग पुनः लिन सहयोग नगर्न पश्चिमालाई धम्की दिएको रूपमा हेर्छन्।

तर अरू चाहिँ रुसले युक्रेन युद्धमा थप क्षति बेहोरेमा अवस्था परिवर्तन गर्न, गतिरोध अन्त्य गर्न अथवा हार पन्छाउनका निम्ति साना ट्याक्टिकल अस्त्रहरूको प्रयोग गर्न सक्ने ठान्छन्।

अमेरिका के भन्छ?

अमेरिकी राष्ट्रपति जो बाइडनले रुसलाई युक्रने युद्धमा परमाणुअस्त्र प्रयोग नगर्न चेतावनी दिएका छन्।

सीबीएस न्यूजसँगको अन्तर्वार्तामा बाइडनले परमाणुअस्त्र प्रयोग गरियो भने दोस्रो विश्वयुद्धपछि पहिलो पटक युद्धमा अभूतपूर्व मोड ल्याइदिने बताएका छन्। उनले त्यसको परिणाम भयावह चेतावनी दिएका छन्।

अमेरिका र नेटोले परमाणुअस्त्रको प्रयोग भएको अवस्थामा के गर्लान् भनेर अनुमान गर्न सजिलो छैन। उनीहरू परिस्थितिलाई थप बिगार्न र परमाणुयुद्धको जोखिम निम्त्याउने पक्षमा नहोलान्। तर उनीहरूले एउटा सीमा तोक्न सक्छन्।

यद्यपि रुसलाई ट्याक्टिकल परमाणुअस्त्र प्रयोग गर्न अर्को शक्तिराष्ट्र चीनले रोक्न सक्छ। "रुस चिनियाँ सहयोगमा धेरै निर्भर छ," किङ्स कलेज लन्डनमा कार्यरत डा. हीदर विलियम्सले भनिन्।

"तर चीनको परमाणुअस्त्र 'पहिला प्रयोग नगर्ने' नीति छ। यदि पुटिनले प्रयोग गरे भने चीनलाई उनलाई सहयोग गरिरहन गाह्रो हुनेछ।" "यदि उनले प्रयोग गरे भने पुटिने सम्भवतः चीनको सहयोग गुमाउनेछन्" बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ऐतिहासिक ‘विश्वमेध श्रीविद्या कोटिअर्चना महायज्ञ’ मा ५५ लाख पटक अर्चना, जप र हवन

काठमाडौँ । पशुपति क्षेत्रलाई वैदिक परम्परा र तपस्याको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा स्थापित गर्न नेपालमै पहिलो पटक भइरहेको ऐतिहासिक ‘विश्वमेध श्रीवि...

बुढीगंगाका मतदाता भेटघाटमा शेखर

विराटनगर । मोरङ क्षेत्र नं ६ का नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालाले बुढीगंगा गाउँपालिकाका ६ वटा वडामा एकै दिन पार्टी कार्यालय उद्घाटन गरेका...

दैलेखबाट कति ग्यास निकाल्न सकिन्छ ? नेपालमा नयाँ सरकार कुर्दै चीन

काठमाडौं । दैलेखमा ठूलो मात्रामा खनिज ग्यासको भण्डारण रहेको त्यहाँ अन्वेषण गर्ने चिनियाँ कम्पनीले जानकारी गराएको अधिकारीहरूले बताएका छन्। दैलेखको भ...

आजदेखि एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी फिल्डमा

काठमाडौं । निर्वाचन सुरक्षार्थ छनोट भएर दशदिने तालिम पूरा गरेका एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी बुधबारदेखि फिल्डमा खटिँदै छन् । उनीहरू नेपाल प्रहरी ...

आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण

काठमाडौँ । सरकारले मुलुकको आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षामा यस्तो प्रक्षेप...

आज उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले तराईका धेरै स्थानका साथै उपत्यकाहरूमा हुस्सु लागेको ब...

बागलुङ–१ मा पुराना उम्मेदवारलाई नयाँको चुनौती, कसले मार्ला बाजी ?

बागलुङ । विकास र समृद्धिको चरणमा रहेको बागलुङ क्षेत्र नम्बर १ को निर्वाचन प्रतिष्ठाको लडाइ बन्दै आएको छ । राष्ट्रिय राजनीतिमा नाम कमाएका राष्ट्रिय जनम...

मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा कूल ३९ वटा मतदान केन्द्र तथा मतदानस्थल कायम छन् । यहाँको ...

खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन विभागको पहल

काठमाडौँ । खाना पकाउने ग्यासको आपूर्तिमा देखिएको समस्या समाधानका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ढुवानी व्यवस्थापनलाई प्रभावकारी बन...

निर्वाचन २२ दिन बाँकी: ६७४३ वटा वडामा सञ्चालन हुनेछ मतदाता शिक्षा कार्यक्रम

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई थप भव्य र व्यवस्थित बनाउने उद्देश्यका साथ मतदाता शिक्षा विशेष कार्यक्रम सञ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE