पोखरा । आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजनास्थल पोखरा रंगशालामा उद्घाटन र समापन समारोहसहित अधिकांश खेल हुने भएका छन्।
प्रतियोगिताअन्तर्गत १५ खेल र केही फाइनल खेल पोखरा रंगशालामा हुने भएका छन्। प्रतियोगिताको तयारीका लागि गठन गरिएको खेलस्थल व्यवस्थापन समितिका अनुसार रंगशालाभित्र ‘इनडोर’ र ‘आउटडोर’ खेल सञ्चालन हुनेछन्। पोखरा रंगशालाभित्र एथलेटिक्स, ब्याडमिन्टन, क्रिकेट (महिला), टेनिस, बक्सिङ, भलिबल (पुरुष), जिम्न्यास्टिक, ह्याण्डबल (महिला र पुरुष), सफ्ट टेनिस र स्क्वासका खेल हुनेछन्।
यसैगरी उसु, बास्केटबल (पुरुष), आर्चरी, फेन्सिङ र खोखो (महिला र पुरुष) खेल हुने तय भएको छ। पुरुष फुटबल पोखराकै गोस्तेघाट खेलमैदानमा तथा पोखरा रंगशालामा हुनेछन्। महिला फुटबल स्याङ्जाको वालिङ, पृथ्वीनारायण क्याम्पस र पोखरा रंगशालामा हुने तय भएको छ।
पोखरा रंगशाला बाहिर केही खेल स्थल तोकिएका छन्। फुल कन्ट्याक्ट कराते र जुडो पोखराको प्रदर्शनी केन्द्र, शारीरिक सुगठन पोखरा सभागृह, पौडी फिस्टेल एकेडेमी तथा टेबल टेनिस कोल्मा बाहकोट समाजघरमा हुनेछ। महिला हक्की गण्डकी बोर्डिङ स्कुल र पुरुषको गौरीशंकर खेलमैदान, भारोत्तोलन पोखरा उद्योग वाणिज्य संघ, गल्फ हिमालयन गल्फ कोर्ष, साइक्लिङ रानीवन, ट्रायथोलन लेकसाइड, प्याराग्लाइडिङ सराङकोट, रग्वी भण्डारढिक खेलमैदान र कबड्डी रञ्जित पार्टी प्यालेसमा सञ्चालनको तयारी गरिएको छ।
प्रतियोगिताका ३६ खेलमध्ये सुटिङबाहेक गण्डकीमा हुँदैछन्। पूर्वाधार नभएकाले सुटिङ काठमाडौंमा हुने खेलस्थल व्यवस्थापन समितिका उपसमितिका संयोजक राजेश गुरुङले बताए। पुरुष क्रिकेट यसअघि नै काठमाडौंमा सम्पन्न भइसकेको छ। गण्डकीका मनाङ, मुस्ताङ, लमजुङ र तनहुँ बाहेकका जिल्लामा खेल खेलाइँदैछ। राष्ट्रिय खेलकुद आउन अब दुई साता बाँकी रहँदा तोकिएका खेलका पूर्वाधारको मर्मत र सरसफाइ सुरु भएको छ।
प्रतियोगितालाई भव्य बनाउन पूर्वाधार स्तरोन्नति सुरु भएको राष्ट्रिय खेलकुद परिषद् मातहतको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले जानकारी दिए। उनका अनुसार तोकिएका खेलस्थललाई खेल्न योग्य बनाउने तथा पूर्वाधार स्तरोन्नति, बत्ती, सरसफाइ, पानीको व्यवस्थालगायत काम भइरहेका छन्। दशैँअघि पूर्वाधारको मर्मत सम्पन्न गर्ने योजना छ।
‘राष्ट्रिय खेलकुदका लागि तोकिएको खेल पूर्वाधारलाई राम्रो बनाउन स्तरोन्नति र मर्मत तथा सरसफाइ काम भइरहेको छ’, योगीले भने, ‘खेलस्थलमा बत्ती, सरसफाइ, पानीको सुविधा, शौचालयको सरसफाइ तथा रंगरोगनलगायत काम सकेर व्यवस्थित प्रतियोगिता सञ्चालन गर्ने योजना छ।’
यही असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशबाट ७०० दुई खेलाडीले नाम दर्ता गराएका छन्। गण्डकीले सहभागिता जनाउने सबै खेलको अहिले विशेष प्रशिक्षण भइरहेको छ। दशैँलगत्तै बन्द प्रशिक्षण हुने प्रदेश खेलकुद परिषद्ले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २९ गते, २०८२ - ०९:३१
काठमाडौँ । पशुपति क्षेत्रलाई वैदिक परम्परा र तपस्याको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा स्थापित गर्न नेपालमै पहिलो पटक भइरहेको ऐतिहासिक ‘विश्वमेध श्रीवि...
माघ २९ गते, २०८२ - ०९:२७
विराटनगर । मोरङ क्षेत्र नं ६ का नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालाले बुढीगंगा गाउँपालिकाका ६ वटा वडामा एकै दिन पार्टी कार्यालय उद्घाटन गरेका...
माघ २९ गते, २०८२ - ०९:१९
काठमाडौं । दैलेखमा ठूलो मात्रामा खनिज ग्यासको भण्डारण रहेको त्यहाँ अन्वेषण गर्ने चिनियाँ कम्पनीले जानकारी गराएको अधिकारीहरूले बताएका छन्। दैलेखको भ...
माघ २९ गते, २०८२ - ०९:०८
काठमाडौं । निर्वाचन सुरक्षार्थ छनोट भएर दशदिने तालिम पूरा गरेका एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी बुधबारदेखि फिल्डमा खटिँदै छन् । उनीहरू नेपाल प्रहरी ...
माघ २९ गते, २०८२ - ०८:१७
काठमाडौँ । सरकारले मुलुकको आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षामा यस्तो प्रक्षेप...
माघ २९ गते, २०८२ - ०८:१५
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले तराईका धेरै स्थानका साथै उपत्यकाहरूमा हुस्सु लागेको ब...
माघ २९ गते, २०८२ - ०७:५५
बागलुङ । विकास र समृद्धिको चरणमा रहेको बागलुङ क्षेत्र नम्बर १ को निर्वाचन प्रतिष्ठाको लडाइ बन्दै आएको छ । राष्ट्रिय राजनीतिमा नाम कमाएका राष्ट्रिय जनम...
माघ २९ गते, २०८२ - ०७:५३
मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा कूल ३९ वटा मतदान केन्द्र तथा मतदानस्थल कायम छन् । यहाँको ...
माघ २९ गते, २०८२ - ०७:४९
काठमाडौँ । खाना पकाउने ग्यासको आपूर्तिमा देखिएको समस्या समाधानका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ढुवानी व्यवस्थापनलाई प्रभावकारी बन...
माघ २९ गते, २०८२ - ०७:४५
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई थप भव्य र व्यवस्थित बनाउने उद्देश्यका साथ मतदाता शिक्षा विशेष कार्यक्रम सञ...



प्रतिकृया लेख्नुहोस्: