रामपुर । सेतै फुलेका कपालमाथि ढाकाटोपी, चिटिक्क परेको सानो घरको पिँढीमा बसेर मादलमा खरी भर्नमै ध्यान तानिएको छ रामबहादुर वादीको । उनी आफ्नै सुरमा बिहान उज्यालो भएदेखि साँझसम्म मादल बनाउनमा व्यस्त छन् ।
पाल्पाको रामपुर नगरपालिका– ८ स्थित कटहरटार बस्ने रामबहादुर उमेरले ५९ वर्षमा लागे, मादल बनाउने मोह उनको जवानी अवस्थाकै छ । पिँढीमा बसेर मादल बनाउने र विभिन्न ठाउँमा पुगेर बेच्ने गर्दछन् । उनी भन्छन्, “कपाल दाह्री फूल्यो तर मादल बनाउने मोह घटेन, मादल बनाएरै बुढ््यौली टेकिएछ, यसमै तल्लिन रहेर काम गर्दा उमेर बढ्दै गएको पत्तो पाइएन, यसरी नै जीवन वितिरहेछ ।”
पूर्वी पाल्पामै व्यावसायिक रुपमा मादल बनाउने उनी सक्रिय छन् । घरमा बुबाबाट मादल बनाउने सीप सिकेको रामबहादुरले १७ वर्षको उमेरदेखि यस क्षेत्रमा व्यावसायिक रुपमा निरन्तर रुपमा लागेका छन् । यसैबाट उनको परिवारको जीविका चलेको छ । उनले एक दिनमा एउटा मादल तयार पार्दछन् ।
आकार अनुसार एउटा मादललाई न्यूनतम दुई हजारदेखि बढीमा सात हजार सम्म पर्छ । मादल तयार पार्न कच्चापदार्थ गाउँघरमा उपलब्ध नहुँदा पोखराबाट झिकाएर तयार पार्नुपर्छ । सामान लिन जान समस्या पर्ने गरेको उनको गुनासो छ । “मादलको माग बढिरहेको छ, मूल्य पनि राम्रै पाइन्छ तर बाहिरबाट सामान ल्याउन झण्झट छ, स्थानीय सरकारले सामानको बन्दोबस्त गरिदिनुप¥यो, हातमा सीप भएपछि घरमै बसी बसी पैसा हात पर्ने रहेछ”, उनले भने ।
जवानी अवस्थामा एक महिनामा ५० बढी मादल बनाएर बिक्री गरेको अनुभव उनले सुनाए । रामपुर नगरपालिकाले गत आर्थिक वर्षमा उनलाई रु ५० हजार दिएको थियो । घरमा मादल बनाउन उनलाई कान्छो छोराले सघाएका छन् । बाउ छोराले एक वर्षमा दुई सयदेखि तीन सयसम्म मादल तयार पार्ने गरेको रामबहादुरले बताए । बाउबाजेले धान्दै आएको पुख्यौली पेसा संरक्षण गर्न आफूले बुबाबाट ज्ञान सीप सिकेर यस व्यावसायमा लागेको उनका छोरा बेगबहादुर वादीले बताए ।
“गाउँघरमा मादल बनाउने कोही छैनन्, सङ्कटमा परेको यस व्यवसायलाई संरक्षण गर्दै व्यावसायिक रुपमा लागेको छु, निरन्तर लागे यसमा भविष्य छ, बुबाको पेसालाई मैले बुढ्यौलीसम्म धान्ने प्रण गरेर यसमै लागेको छु” । घामपानी भन्न नपर्ने, घरको पिँढी, कोठामा बसेर काम गरिरहदा यसमा आफ्नो सीप विकास मात्र नभइ समाजमा चिनिने अवसर मिलेको बेगबहादुरले बताए । उनका अनुसार मादल खरिद गर्न ग्राहक घरमै आउछन् ।
उनले परिवार धान्ने अन्य पेसा व्यावसाय नभएकाले मादल बनाउने पेसा नै आयआर्जनको मुख्य स्रोतका रुपमा लिएका छन् । भावी सन्ततिलाई पनि बाउबाजेले जसरी नै आफ्नो सीप सिकाउने ईच्छा रहेको बेगबहादुरको भनाइ छ । सङ्कटमा रहेको यस व्यवसायमा लागेका व्यक्तिलाई प्रोत्साहन गर्दै व्यवसाय संरक्षण गर्न स्थानीय सरकारले विभिन्न सीपमूलक कार्यक्रम ल्याउनुपर्ने स्थानीयवासी हीरा विकले बताए । “पूर्वी पाल्पाकै एकमात्र वादी परिवारको बसोबास रामपुरमा छ, हामीले जानेदेखि नै रामबहादुरले मादल बनाउँदै आउनुभएको छ”, उनले भने, “मादलमा आकर्षक बुट्टा भरेर तयार पार्ने कला लोभलाग्दो छ, यस्ता लोपोन्मुख अवस्थामा रहेका पेसा संरक्षणमा स्थानीय निकायले ध्यान दिनुपर्छ ।”
पछिल्लो समय मादल बनाउने व्यक्ति अति न्यून हँुदा माग अनुसार उत्पादन हुन सकेको छैन । मादल बनाउने वादी समुदायको पुख्र्यौली पेसा अहिले लोप हुने अवस्थामा छ । पछिल्लो पुस्ताले मादल बनाउन छोडेका छन् । पुराना पुस्ताको सीप नयाँ पुस्तामा हस्तान्तरण नहँुदा उनीहरुको पेसा हराउँदै गएको हो । नयाँ पुस्ताले यसमा चासो नहँुदा अहिले वादी समुदायले मादल बनाउन बिर्सिन थालेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: