Ntc summer Offer
Khabar Dabali १३ आश्विन २०८० शनिबार | 30th September, 2023 Sat

मादल बनाउने पेसा धान्दै ‘रामबहादुर’

खबरडबली संवाददाता

रामपुर । सेतै फुलेका कपालमाथि ढाकाटोपी, चिटिक्क परेको सानो घरको पिँढीमा बसेर मादलमा खरी भर्नमै ध्यान तानिएको छ रामबहादुर वादीको । उनी आफ्नै सुरमा बिहान उज्यालो भएदेखि साँझसम्म मादल बनाउनमा व्यस्त छन्  । 

पाल्पाको रामपुर नगरपालिका– ८ स्थित कटहरटार बस्ने रामबहादुर उमेरले ५९ वर्षमा लागे, मादल बनाउने मोह उनको जवानी अवस्थाकै छ । पिँढीमा बसेर मादल बनाउने र विभिन्न ठाउँमा पुगेर बेच्ने गर्दछन् । उनी भन्छन्, “कपाल दाह्री फूल्यो तर मादल बनाउने मोह घटेन, मादल बनाएरै बुढ््यौली टेकिएछ, यसमै तल्लिन रहेर काम गर्दा उमेर बढ्दै गएको पत्तो पाइएन, यसरी नै जीवन वितिरहेछ ।”

पूर्वी पाल्पामै व्यावसायिक रुपमा मादल बनाउने उनी सक्रिय छन्  । घरमा बुबाबाट मादल बनाउने सीप सिकेको रामबहादुरले १७ वर्षको उमेरदेखि यस क्षेत्रमा व्यावसायिक रुपमा निरन्तर रुपमा लागेका छन् । यसैबाट उनको परिवारको जीविका चलेको छ । उनले एक दिनमा एउटा मादल तयार पार्दछन् । 

आकार अनुसार एउटा मादललाई न्यूनतम दुई हजारदेखि बढीमा सात हजार सम्म पर्छ । मादल तयार पार्न कच्चापदार्थ गाउँघरमा उपलब्ध नहुँदा पोखराबाट झिकाएर तयार पार्नुपर्छ । सामान लिन जान समस्या पर्ने गरेको उनको गुनासो छ । “मादलको माग बढिरहेको छ, मूल्य पनि राम्रै पाइन्छ तर बाहिरबाट सामान ल्याउन झण्झट छ, स्थानीय सरकारले सामानको बन्दोबस्त गरिदिनुप¥यो, हातमा सीप भएपछि घरमै बसी बसी पैसा हात पर्ने रहेछ”, उनले भने । 

जवानी अवस्थामा एक महिनामा ५० बढी मादल बनाएर बिक्री गरेको अनुभव उनले सुनाए । रामपुर नगरपालिकाले गत आर्थिक वर्षमा उनलाई  रु ५० हजार दिएको थियो ।  घरमा  मादल बनाउन उनलाई कान्छो छोराले सघाएका छन् । बाउ छोराले एक वर्षमा दुई सयदेखि तीन सयसम्म मादल तयार पार्ने गरेको रामबहादुरले बताए । बाउबाजेले धान्दै आएको पुख्यौली पेसा संरक्षण गर्न आफूले बुबाबाट ज्ञान सीप सिकेर यस व्यावसायमा लागेको उनका छोरा बेगबहादुर वादीले बताए  । 

“गाउँघरमा मादल बनाउने कोही छैनन्, सङ्कटमा परेको यस व्यवसायलाई संरक्षण गर्दै व्यावसायिक रुपमा लागेको छु, निरन्तर लागे यसमा भविष्य छ, बुबाको पेसालाई मैले बुढ्यौलीसम्म धान्ने प्रण गरेर यसमै लागेको छु” । घामपानी भन्न नपर्ने, घरको पिँढी, कोठामा बसेर काम गरिरहदा यसमा आफ्नो सीप विकास मात्र नभइ समाजमा चिनिने अवसर मिलेको बेगबहादुरले बताए । उनका अनुसार मादल खरिद गर्न ग्राहक घरमै आउछन् । 

उनले परिवार धान्ने अन्य पेसा व्यावसाय नभएकाले मादल बनाउने पेसा नै आयआर्जनको मुख्य स्रोतका रुपमा लिएका छन् । भावी सन्ततिलाई पनि बाउबाजेले जसरी नै आफ्नो सीप सिकाउने ईच्छा रहेको बेगबहादुरको भनाइ छ । सङ्कटमा रहेको यस व्यवसायमा लागेका व्यक्तिलाई प्रोत्साहन गर्दै व्यवसाय संरक्षण गर्न स्थानीय सरकारले विभिन्न सीपमूलक कार्यक्रम ल्याउनुपर्ने स्थानीयवासी हीरा विकले बताए । “पूर्वी पाल्पाकै एकमात्र वादी परिवारको बसोबास रामपुरमा छ, हामीले जानेदेखि नै रामबहादुरले मादल बनाउँदै आउनुभएको छ”, उनले भने, “मादलमा आकर्षक बुट्टा भरेर तयार पार्ने कला लोभलाग्दो छ, यस्ता लोपोन्मुख अवस्थामा रहेका पेसा संरक्षणमा स्थानीय निकायले ध्यान दिनुपर्छ ।” 

पछिल्लो समय मादल बनाउने व्यक्ति अति न्यून हँुदा माग अनुसार उत्पादन हुन सकेको छैन । मादल बनाउने वादी समुदायको पुख्र्यौली पेसा अहिले लोप हुने अवस्थामा छ । पछिल्लो पुस्ताले मादल बनाउन छोडेका छन् । पुराना पुस्ताको सीप नयाँ पुस्तामा हस्तान्तरण नहँुदा उनीहरुको पेसा हराउँदै गएको हो । नयाँ पुस्ताले यसमा चासो नहँुदा अहिले वादी समुदायले मादल बनाउन बिर्सिन थालेका छन् ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धवलागिरि आरोहणका लागि २३ जनालाई अनुमति

काठमाडौँ।  शरदयाममा म्याग्दीमा रहेको धवलागिरि हिमाल आरोहणका लागि २३ जनाले अनुमति लिएका छन् ।  संसारको सातौँ (आठ हजार एक सय १६७ मिटर) अग्लो धवलागिरि...

एमाले कोशी अधिवेशन : महासेठको नेतृत्वमा ११ सदस्यीय अध्यक्षमण्डल गठन

काठमाडौँ। नेकपा एमाले कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनको बन्द सत्रले केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज रघुवीर महासेठको नेतृत्वमा अध्यक्षमण्डल गठन गर...

एमाले बागमतीको निर्वाचनमा ११३१ मत खस्यो

काठमाडौँ। नेकपा एमालेको बागमती प्रदेश अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ।  १ः३० बजेबाट सुरू भएको मतदान ८ः३० बजे सात घण्ट...

हिक्मत कार्कीलाई विश्वासको मत नदिने कोशी कांग्रेसको निर्णय

काठमाडौँ।  नेपाली कांग्रेसले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।  कोशी  प्रदेश संसदीय दलको शुक्रवार बसेको बैठकले का...

नेपालको टी२० वरीयतामा सुधार

काठमाडौँ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) वरीयतामा नेपालले सुधार गरेको छ। शुक्रबार आईसीसीले अद्यावधिक गरेको विवरणअनुसार नेपालले टी–२० क्रिक...

एक नेपालीको थाप्लोमा ७९ हजार २०० ऋण, सार्वजनिक ऋण २३ खर्ब नाघ्यो

काठमाडौँ। नेपालको कुल सार्वजनिक ऋण २३ खर्ब नौ अर्ब ८६ करोड ९६ लाख बराबर पुगेको छ। सार्वजनिक ऋण व्ययवस्थापन कार्यालयको विवरणअनुसार भदौ मसान्तसम्म ने...

दोलखाबाटै थप तीन किलो सुन बरामद

दोलखा।  जिल्लाको सिंगटीमा थप ३ किलो सुन भेटिएको छ। बिगु गाउँपालिका ३ सिंगटी बस्ने २८ वर्षका केशर तामाङको कोठाबाट थप ३ केजी सुन बरामद भएको दोलखाका प्रह...

एमाले कर्णालीको निर्वाचन शनिबार

काठमाडौँ। नेकपा एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ। प्रदेश अधिवेशन निर्वाचन कमिटीको कार्यालयले निर्वाचन का...

कोशी प्रदेश अधिवेशन असोज १७ गतेका लागि आह्वान

काठमाडौँ। कोशी  प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले असोज १७ गतेका लागि प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् । प्रदेश सरकारको सिफारिसमा प्रदेश  ...

परस्त्रीसँग डेटिङमा फेला परेका स्वास्थ्य शाखा प्रमुख जिम्मेवारी मुक्त

काठमाडौँ।  झापाको अर्जुनधारा नगरपालिकाले स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतलाई जिम्मेवारीबाट हटाएको छ । ‘जंगलमा डेटिङमा जाँदा श्रीमतीले फेला पारे...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Alphabet Education Consultancy Pioneer Software Technologies Salt Trending