Ntc summer Offer
Khabar Dabali ७ आश्विन २०८० आईतवार | 24th September, 2023 Sun

थप ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि

खबरडबली संवाददाता

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ५४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा तीन हजार आठ सय २९ जनाको नमूना परीक्षण गरिएको थियो । 

एक हजार सात सय २९ जनाको पिसिआर र दुई हजार एक सयको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ७६ जना कोरोनाबाट मुक्त भएका छन् । योसँगै कोरोनाबाट मुक्त हुनेको सङ्ख्या नौ लाख ८६ हजार चार  सय ९५ पुगेको छ । सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव छ प्रतिशत छ । 

हाल सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार एक सय ४४ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार १६ पुगेको छ । हाल होम आइसोलेसनमा एक हजार ९४, संस्थागत आइसोलेसनमा ५० र आइसियुमा १२ सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।  

हाल देशभर दुई सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा काठमाडौँ रहेको छ । शून्य सङ्क्रमित रहेका जिल्लामा ताप्लेजुङ, तेह्रथुम, भोजपुर, सिन्धुली, मनाङ, मुस्ताङ, म्याग्दी, हुम्ला, डोल्पा, कालीकोट, रुकुम पश्चिम, जाजरकोट, दैलेख, मुगु, जुम्ला र दार्चुला छन् । उपत्यकाको काठमाडौँमा चार सय ५५, ललितपुरमा एक सय ६० र भक्तपुरमा २० जना सक्रिय सङ्क्रमित छन् । कूल सङ्क्रमण दर १६ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।  

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मुस्लिम आयोगले भन्यो : धार्मिक सहिष्णुता खलबलाउने प्रयास गर्नेलाई तत्काल कारबाही होस्

काठमाडौँ । सर्लाहीको मलङ्गवा नगरपालिकामा मूर्ति सेलाउने क्रममा उत्पन्न द्वन्द्वले धार्मिक सहिष्णुता खलबलाउने प्रयास भएको भन्दै मुस्लिम आयोगले सरकारको ...

एमालेलाई कमजोर पार्न विभिन्न तत्वहरू क्रियाशील छन् : शंकर पोखरेल

काठमाडौं।नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेलाई कजोर पार्न विभिन्न तत्वहरू नेपालमा क्रियाशील रहेको बताए। एक टेलिभिजनलाई अन्तर्वार्ता दि...

चीनको अद्वितीय विकास र समृद्धिबाट नेपालले लाभ लिनुपर्छ : परराष्ट्रमन्त्री साउद

बेइजिङ । परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले चीनको अद्वितीय विकास र समृद्धिबाट नेपालले लाभ लिन सक्नुपर्ने बताएका छन् ।  बेइजिङस्थित नेपाली राजदूता...

सुन प्रकरण आयोग : किन बिच्कियो एमाले?

काठमाडौं।  सुन तस्करीबारे छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्ने विषयमा सरकार र एमालेबीच भएको छलफल बिना निष्कर्ष टुंगिएको छ। आयोग गठनको विषयमा छलफल ग...

राजनीतिप्रति नकारात्मक प्रवृत्ति हावी : सञ्चारमन्त्री

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिप्रति नकारात्मक प्रवृत्ति हावी भएको बताएकी छन्। आइतवार सिंहदरबारमा भएको हेम–सुनिल जोख...

प्रचण्डविरुद्धको अवहेलना मुद्दामा सर्वोच्चले २८ मंसिरमा निर्णय सुनाउने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्धको अवहेलना मुद्दाको सुनुवाइ सकिएको छ । आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिव...

सबै समुदायका भाषा, धर्म, संस्कृतिको संरक्षण गर्नुपर्छ : माधव नेपाल

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सबै समुदायका भाषा, धर्म, संस्कृतिको संरक्षणले सबै नेपालीलाई एकताबद्ध गर्ने बताएका ...

सरकार आफैँले सुन तस्करी गरिरहेको छ : ओली

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आफैँले सुन तस्करी गरिरहेको आरोप लगाएका छन् ।  स्व...

राहत शिक्षकसँगको सहमति कार्यान्वयन गर्ने जिम्मा सांसदहरूको हातमा : शिक्षामन्त्री

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शिक्षकसँग भएको सहमति कार्यान्वयन सांसदहरूको हातमा रहेको बताएका छन् । शिक्षाका लागि राष...

ढिस्कोले पुरिएर एकको मृत्यु

काठमाडौं। बर्दियाको मधुवन नगरपालिका–३ खातामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीया भदैया थारू रहेकी जिल्...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Alphabet Education Consultancy Pioneer Software Technologies Salt Trending