मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मुलुकको वैदेशिक व्यापार घाटा कम गर्न पर्यटन क्षेत्रको विकास अपरिहार्य रहेको बताएका छन् ।
मुख्यमन्त्री राईले पर्यटन तथा संस्कृति मन्त्रालयद्वारा ‘अतिथिको सत्कार, नेपालीको संस्कार’ नारासहित आज विराटनगरमा आयोजित विश्व पर्यटन दिवस–२०७९ को उपलक्ष्यमा प्रदेश नं १ का महत्वपूर्ण पर्यटकीयस्थल समेटिएको पुस्तकको विमोचन कार्यक्रममा पर्यटन क्षेत्रमा हुने लगानीले छिट्टै प्रतिफलको रुपमा विदेशी पर्यटक आगमन वृद्धि भई विदेशी मुद्रा सञ्चित बढ्नुका साथै एवं रोजगारी सिर्जना गर्न सकिने धारणा व्यक्त गरे।
मुख्यमन्त्री राईले प्रदेश सरकारले यस क्षेत्रमा पर्यटक आगमन वृद्धि गर्न यहाँका नागरिकको मौलिक संस्कृतिको प्रवद्र्धन एवं पूर्वाधार विकासमा लगानी गर्ने धारणा राखे।
उनले पर्यटक गन्तव्यस्थलको विकास गर्न ठोस् योजना र डिपिआर तयार गर्ने कार्य सरकारले गरिरहेको जानकारी दिनुहुदै पर्यटन प्रवद्र्धनमा घरबास, होटल तथा पर्यटन व्यवसायी तथा एजेन्सीलाई कामगर्दा आइपर्ने बाधा एवं अवरोध हटाउन आवश्यक ऐन कानुनमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे ।
पर्यटन तथा संस्कृतिमन्त्री खिनु लङ्वा लिम्बूले यस क्षेत्रको पर्यटन विकासमा सहयोग गरिरहेका पर्यटन व्यवसायी, होटल, घरबास सेवा प्रवाह गर्ने संस्थाको दर्ता नवीकरण गर्ने कार्य अव अनलाइनमार्फत सेवा प्रदान गरिएकोले कुनै कठिनाइ नहुने धारणा राखे।
कार्यक्रममा स्वास्थ्यमन्त्री जयराम यादवले नेपालमा आउने भारतीयले थोरै रकमबाट यस क्षेत्रका धेरै स्थानमा भ्रमण सकिने र यहाँ कुनै किसिमको कठिनाइ नहुने भएकाले सम्पूर्ण परिवार एवं साथीभाइसँग आउन आग्रह गरे।
सो अवसरमा मुख्यमन्त्री राईले भारत पश्चिम बङ्गालबाट आएका ३० जना पर्यटक, विराटनगरका पर्यटन व्यवसायी पुण्य भट्टराई, झापा विर्तामोडका होटल व्यवसायी देवीभक्त श्रेष्ठ, सामुदायिक घरवासका उपाध्यक्ष एकराज घिमिरे र नेपाल पत्रकार महासङ्घका प्रदेशका सभापति लीलाबल्लभ घिमिरेलाई सम्मान गरे।
यसैगरी मुख्यमन्त्री राईले होटल व्यवसायी, पर्यटन व्यवसायी र घरवासको दर्ता, नवीकरणको अनलाइन प्रणालीको समेत शुभारम्भ गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - १७:०१
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा आफ्नो सरकार ढालिएको कारण...
मंसिर २३ गते, २०८२ - १६:५४
कठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दूरसञ्चार सेवा प्रदायक एनसेलको विवाद चाडो समाधान हुनुपर्ने बताएको छन् । नक्खुस्थित एनसेल कार्...
मंसिर २३ गते, २०८२ - १६:३६
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनका लागि तयार पारिएको अवधारणापत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाएका...
मंसिर २३ गते, २०८२ - १६:२३
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग अभियन्ता तथा नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंबीच २७ बुँदे मागबारे औपचारिक वार्ता शुरु...
मंसिर २३ गते, २०८२ - १६:११
विराटनगर। काठमाडौंको नख्खु कारागारबाट भागेका अपहरण तथा शरीर बन्धक मुद्दाका दोषी ठहरिएका एक जना भारतीय व्यक्तिलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।...
मंसिर २३ गते, २०८२ - १५:५२
काठमाडौँ। पछिल्लो छ कारोबार दिन पुँजीबजार निरन्तर ओरालो देखिएको छ । गतहप्तादेखि निरन्तर घटिरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा यस हप्ता कारो...
मंसिर २३ गते, २०८२ - १५:३४
चितवन। विगत लामो समयदेखि नोक्सान बेहोर्दै आएका नेपालका लेयर्स कुखुरापालक किसानले नाफा हुनेगरी अण्डाको मूल्य पाएका छन् । पछिल्ला वर्षहरुमा लागत मूल्...
मंसिर २३ गते, २०८२ - १५:२०
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशनको टुङ्गो लगाउन यही मङ्सिर २४ र २५ गते केन्द्रीय कार्यसमितिको बैठक काठमाडौँमा बोलाएको छ । ...
मंसिर २२ गते, २०८२ - १६:५४
काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुन:निर्माण हुने विश्वास व्यक...
मंसिर २२ गते, २०८२ - १६:४१
काठमाडौँ । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ गते प्राप्त भएको तथा सोहि आदेशको पालना गर्दै हेटौ...




प्रतिकृया लेख्नुहोस्: