Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

मनास्लु हिमपहिरा अपडेटः एक जनाको मृत्यु, १० को सकुशल उद्धार

खबरडबली संवाददाता

गोरखा । उत्तरी गोरखाको मनास्लु हिमालको तेस्रो आधार शिविरमा सोमबार बिहान गएको हिमपहिरामा परी बेपत्ता भएकामध्ये एक जनाको मृत्यु भएको छ भने १० जनाको सकुशल उद्धार गरिएको छ । मृत्युहुनेमा सङ्खुवासभाका अनुप राई रहेका जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए।

मृतक राईको शव आधार शिविरबाट उद्धार गरेर काठमाडौंको टिचिङ अस्पताल लैजाने तयारी भइरहेको उनले बताए । हिमपहिरामा परेका अन्य १० जनाको भने सकुशल उद्वार गरिएको प्रउ खनालले जानकारी दिए। सोमबार अबेरसम्म चार जनाको उद्धार गरिएको र थप छ जनाको आज बिहान उद्धार गरिएको उनले बताए।

आज बिहानैदेखि हेलिकोप्टरमार्फत पुगेको उद्वार टोलीले हिमपहिरामा परेका निमादोर्जे शेर्पा, दावा शेर्पा, फुरिता शेर्पा, लाक्पा तामाङ, निमा शेर्पा र फुर्ते शेर्पाको उद्वार गरेर सामागाउँ ल्याइएको प्रउ खनालले जानकारी दिए। “सामागाउँसम्म ल्याइएका सबै घाइतेलाई उपचारका लागि बिहानै काठमाडौँ पठाइएको छ”, उनले भने, “उनीहरुको राजधानीस्थित करुणा अस्पतालमा भर्ना गरी उपचार सुरु भएको छ ।”

पहिरामा परी उद्धार गरिएका दुई जनाको अवस्था भने सामान्य भएकाले उनीहरु आधार शिविरमा नै बसेर काम गरिरहेको उनले बताए । हिमपहिरामा परेकाहको उद्वारका लागि आज बिहान सिम्रिक एयरको दुईवटा, कैलाश र एभरेष्ट एयरको एक–एक गरी चार हेलिकोप्टर परिचालन गरिएको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मालपोत कार्यालय सोलुखुम्बुका खरिदार पौडेलसहित १० जनाविरुद्ध भ्रष्टाचार आरोपमा मुद्धा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेलसहित १० जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद...

रेमिट्यान्सलाई उत्पादनमुखी बनाउन आवश्यक : अध्यक्ष मल्ल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले रेमिट्यान्सलाई उत्पादनमुखी बनाउने खालको नीति योजना तर्जुमा गर्नुपर्ने बताएका छन् । राष्ट्र...

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभावमा राजनीतिक स्वतन्त्रता प्राप्त हुन सक्दैन्ः सञ्चारमन्त्री शर्मा

ललितपुर । सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको अभावमा राजनीतिक स्वतन्त्रता प्राप्त हुन नसक्ने बत...

उपनिर्वाचनको मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ ?

काठमाडौँ । निर्वाचन आयोगले शनिबार हुने इलाम र बझाङको उपनिर्वाचनको मतदानको दिन चलाउन पाइने सवारी साधन बारे जानकारी दिएको छ । इलाम(२ को प्रतिनिधिसभा ...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने

काठमाडौँ । सरकारले यही वैशाख १६ गते आइतबारदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको छ ।  हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, ...

गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री

मोरङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा जनताको पहुँच अभिवृद्धि गर्न सरकारले विशेष चासो दिएको बताएका छन् ।  प...

अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ

काठमाडौं । अढाई वर्षकी बालिकालाई बेचबिखन गरेको अभियोगमा ललितपुर गोदावरी नगरपालिका(१३ घर भई काठमाडौं जडिबुटी बस्ने उर्मिला भन्ने ४३ वर्षीय कल्पना विश्व...

नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल र चीनबीच दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा बिहीबार र आयोजित एक समारोहबिच उक्त सम्झौतामा हस्ताक्षर भएको ह...

२८ जना सहसचिवको सरुवा, कसको कहाँ भयो सरुवा ? (सूचीसहित)

काठमाडौं । सरकारले २८ जना सहसचिवहरुको सरुवा गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद बैठकले २८ जना सहसचिवहरुको सरुवा गर्ने निर्णय गरेको हो । जसअनुसार भर...

गृहमन्त्रीले गरे ६ एसएसपीको सरुवा, काठमाडौं प्रमुखमा बसन्त रजौरे

काठमाडौं । गृहमन्त्रालयले ६ जना एसएसपीको सरुवा गरेको छे । काठमाडौं जिल्ला प्रहरी परिसरका एसएसपी भुपेन्द्र खत्रीलाई अपराध अनुसन्धान विभागमा र विभागम...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies