Khabar Dabali १३ मंसिर २०७९ मंगलवार | 29th November, 2022 Tue

राप्रपाबाट समानुपातिकको पहिलो नम्बरमा बस्न राणा-लोहनीबीच मतदान

Golden Oak
खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मतदानबाट प्रतिनिधि सभाको समानुपातिकतर्फ पहिलो नम्बरमा रहने उम्मेदवारको नाम टुंगो लगाएको छ।

पूर्वअध्यक्षद्वय पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीबीच पहिलो नम्बरमा बस्न हानथाप भएपछि मतदान नै गरिएको हो।

विवाद मिलाउन राप्रपाले सोमबार निर्वाचन गरेको थियो। कार्यसम्पादन समिति सदस्यहरूले मतदानमा भाग लिएका थिए।

राणाले ११ र लोहनीले ९ मत ल्याएको एक पदाधिकारीले बताए। 

सोमबार कार्यसम्पादन समितिमा २४ जनामात्रै उपस्थित रहेकोमा अध्यक्ष राजेन्द्र लिङ्देनले मतदानमा भाग लिएका थिएनन्। राणा र लोहनी पनि मतदान हुनुअघि नै बैठकबाट बाहिरिएको ती पदाधिकारीले बताए।

निर्वाचन आयोगले दलहरूलाई समानुपातिकतर्फको बन्दसूची पेश गर्न असोज २ र ३ गते समय दिएको थियो। आयोगले अहिले केही संशोधन गर्नपर्ने भए संशोधन गर्न दलहरूलाई समय दिएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राप्ती र बबई नदीले पुर्याएको क्षतिको विवरण सङ्कलन

दाङ । गत असार,साउन र भदौ महिनाका वर्षाले राप्ती र बबई नदीले पुर्याएको क्षतिको विवरण सङ्कलन गरिएको छ ।  जनताको तटबन्धन लमही कार्यालयले बबई नदी र राप...

धनुषा ४ मा एमालेका रघुवीर महासेठ विजयी

धनुषा । धनुषा क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ विजयी भएका छन्। नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई १२४ मतले हराउँद...

चुनावमा असफल भएपछि नियमित सेवामा फर्किए डा. अधिकारी

भन्छन् : स्वास्थ्य सेवामार्फत राजनीतिमा सक्रिय रहन्छु

सुनसरी ३ मा भगवती चौधरीको जित निश्चित, विजय गच्छदार परे पछि

सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ मा एमाले उम्मेदवार भगवती चौधरी जित नजिक पुगेकी छन् । उनले नेपाली कांग्रेसका विजय कुमार गच्छदार भन्दा ५ हजार ५ सय ३५...

सिके राउत नेतृत्वकोे जनमत पार्टी थ्रेसहोल्ड कटाउनेतिर अग्रसर, नेकपा एसलाई हम्मेहम्मे

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ अब १२ प्रतिशत मत गन्न बाँकी रहेको छ।​ समानुपातिकतर्फ खसेको म...

चुनाव हारेका झलनाथ भन्छन् : मैले नतिजा स्विकारेको छैन, कानुनी उपचार खोज्छु

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले निर्वाचनको निष्पक्षतामाथि नै प्रश्न उठाएका छन्। इलाम-१ बाट पराजित भएका खनालले निर्वाचनको...

आधुनिकताले छोएन पशुपालक किसानलाई

बाग्लुङ । पश्चिम बागलुङको निसीखोला गाउँपालिका–५ र ६ का स्थानीयको मुख्य पेसा नै पशुपालन हो । पर्याप्त चरन क्षेत्र भएको हुँदा यहाँका स्थानीयवासीले वर्षौ...

माओवादी केन्द्रलाई सच्चिने चुनौती

केही अनपेक्षित नतिजा दिदैं आमनिर्वाचन सकिएको छ । नेपाली कांग्रेस केही ठूलो, माओवादी केन्द्र प्रत्यक्षमा कमसेकम ३० सिट र समाजवादीको संख्या यो भन्दा बढी...

विश्वकप फुटबलमा आज पनि चार खेल

काठमाडौं । फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत मंगलबार चार खेल हुँदैछ। मंगलबार समूह चरण अन्तर्गतको अन्तिम चरणका खेल हुन लागेको हो।  समूह ‘ए’ र र ‘बी’ ...

मुस्ताङबाट यस वर्ष पचास करोडको स्याउ निकासी

मुस्ताङ । मुस्ताङबाट यस वर्ष रु पचास करोड मूल्य बराबरको स्याउ निकासी भएको छ । मुस्ताङमा उत्पादन भएको छ हजार ६०० मेट्रिक मध्ये ७० प्रतिशत अथवा चार हजार...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page