Khabar Dabali २९ माघ २०८२ बुधबार | 11th February, 2026 Wed
Investment bank

कश्मीरको एक घुमन्ते जातिको अस्तित्व संकटको कथा (तस्वीरहरू)

खबरडबली संवाददाता

काठमाडौं । भारत प्रशासित कश्मीरमा एउटा घुमन्ते जातिले वन जङ्गल र मौसमी अवस्थाको बदलिँदो अवस्थामाझ आफ्नो परम्परागत जीवनशैली कायम राख्न सङ्घर्ष गरिरहेको छ।  

"मानिसहरूले हाम्रो जीवनबारे सुन्दर चित्र प्रस्तुत गर्ने प्रयास गर्छन्। तर खासमा हाम्रो जीवन सङ्घर्षशील र कष्टपूर्ण छ," बकरवाल समूहका एकजना भेडा चराउने व्यक्ति लिकत खान भन्छन्। 

बकरवालहरू जम्मु र कश्मीर क्षेत्रमा ३४ लाख जनसङ्ख्या भएको एउटा बलियो घुमन्ते समुदायका हिस्सा हुन्। उनीहरूको आधारभूत पेसा भेडाबाख्रा पालन गर्नु हो।  

जम्मु र कश्मीरको ग्रीष्मकालीन राजधानी श्रीनगरबाट ५५ किलोमिटरमा पर्ने दर्दोदुर जङ्गलमा उनीहरू बस्छन्। ३० बर्षीय दुब्ली पातली नजिराले काखमा नवजात शिशु झुलाइरहेकी छन्। 

उनको जातीय समूह तीन दिनअघि मात्र त्यहाँ आइपुगेर त्यस उच्च भागमा शिविर बनाएको हो। 

जङ्गलबीचमा नजिरा र उनको परिवार बस्ने घर

जङ्गलबीचमा नजिरा र उनको परिवार बस्ने घर

"यो हाम्रा लागि हिउँदे बसाइसराइ सुरु गर्ने बेला हो," नजिराले आफ्नो अस्थायी टेन्टबाट टाउको निकाल्दै भनिन्।  वर्षौँदेखि बकरवाल जातीय समूह जम्मू र कश्मीरबीचमा बसाइसराई गर्ने काम गरिरहन्छन्। 

गर्मीयामको ६ महिना उनीहरूले कश्मीरमा बिताउँछन् जहाँ उनीहरू एप्रिलमा आइपुग्छन्। अक्टोबरमा उनीहरू जम्मूको समथर भागमा हिउँदका लागि फर्किन्छन्। 

अहिले उक्त जातीको मुख्य आयस्रोतको रूपमा रहेको पशुपालन जङ्गली जनावरको हमला बढेसँगै उनीहरूको परम्परागत जीवनशैलीमा दबाव परेको छ। उनीहरूले पालेका जनावरको विक्री समेत घट्दो छ। 

"यसअघि, एक दिनको मेहनत गर्दा भेडा बाख्राका लागि राम्रै पैसा जम्मा हुन्थ्यो जुन अहिले हुँदैन," श्रीनगरको बाहिरी भागमा रहेको एक शिविरमा बसेका ५० वर्षीय मोहम्मद जुबेरले भने। 

उक्त समुदाय कठोर मौसमको बढ्दो घटनाक्रमसँग समेत सङ्घर्ष गरिरहेको छ। "हिमालयमा उच्च भागका घाँसे मैदानमा यात्रा गर्न निकै कठिन बनेको छ," एकजना भेडाबाख्रा पालन गर्ने लिकत खानले भने। 

जाडो महिनामा लिकत खान (बीचमा)झैँ मानिसहरू तल्लो भूभागमा ओर्लन्छन्

जाडो महिनामा लिकत खान (बीचमा)झैँ मानिसहरू तल्लो भूभागमा ओर्लन्छन्

जुन महिनामा बेमौसमी हिमपात भयो। निकै ठन्डी मौसमी अवस्थाले गर्दा जम्मू र कश्मीरको चेनाब उपत्यकामा सयौँको सङ्ख्यामा आदिवासीहरू सडकछेउमा अलपत्र परे जहाँ उनीहरू र पाल्तु जनावरका लागि निकै कम खाना बाँकी थियो थियो। 

अर्को मुख्य समस्या ती आदिवासीको वनमाथिको पहुँच हो। गत वर्ष उनीहरू दशकौँदेखि बसिरहेको जङ्गलमा "गैर कानुनी" बसोबास भएको भन्दै छाड्नका लागि सूचना जारी गरियो। 

अधिकारीहरूले त्यहाँ रहेका  कैयौँ  छाप्रो र माटोका घरहरू भत्काइदिए। यद्यपि केही महिनापछि लेफ्टिनेन्ट गभर्नर मनोज सिन्हाले आदिवासी समुदायको अधिकार अधिकारीहरूले सुनिश्चित गर्ने र त्यसका लागि उनीहरूको अधिकार सुनिश्चित हुने प्रमाणपत्र दिने बताए। 

मोहम्मद जुबैर

मोहम्मद जुबैर

सबैभन्दा कठोर सत्य भनेको उक्त समुदायका युवा पुस्तालाई शिक्षासहितको सहज जीवनमा केन्द्रित गर्नु रहेको छ। प्रशासनले सामुदायिक विद्यालयहरू बनाएर त्यस्ता आदिवासीलाई वन क्षेत्रमा पढाउने व्यवस्था गरेको छ।

ती समुदायमा परेका विभिन्न खाले दबाबबीच कैयौँले  उनीहरू आफ्नो परम्परागत जीवन कायम गर्न प्रतिबद्ध रहेको बताउँछन्। उनीहरू आफ्नो परम्परागत जीवन कायम राख्न दृढ छन्

"हामी हाम्रा कुनै पनि परम्परा छोड्ने छैनौँ," जुल्फीले भनिन्। "हाम्रो जीवनबारे अनिश्चितताहरू धेरै छन्, तर जेसुकै भए पनि हामीले दृढतासाथ हाम्रो परम्परामा कायम छौँ।

मौसमी परिवर्तनको असर यी आदिवासी समुदायमा परेको छ मौसमी परिवर्तनको असर यी आदिवासी समुदायमा परेको छ

वन जङ्गलमा पहुँचको विषय अहिले उनीहरूका लागि चुनौती बनेको छवन जङ्गलमा पहुँचको विषय अहिले उनीहरूका लागि चुनौती बनेको छ

उनीहरू आफ्नो परम्परागत जीवन कायम राख्न दृढ छन्उनीहरू आफ्नो परम्परागत जीवन कायम राख्न दृढ छन्

 

सबै तस्बिरहरू: अबिद भट्ट। शब्द: जइद बीन शबिर

 

 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ऐतिहासिक ‘विश्वमेध श्रीविद्या कोटिअर्चना महायज्ञ’ मा ५५ लाख पटक अर्चना, जप र हवन

काठमाडौँ । पशुपति क्षेत्रलाई वैदिक परम्परा र तपस्याको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा स्थापित गर्न नेपालमै पहिलो पटक भइरहेको ऐतिहासिक ‘विश्वमेध श्रीवि...

बुढीगंगाका मतदाता भेटघाटमा शेखर

विराटनगर । मोरङ क्षेत्र नं ६ का नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालाले बुढीगंगा गाउँपालिकाका ६ वटा वडामा एकै दिन पार्टी कार्यालय उद्घाटन गरेका...

दैलेखबाट कति ग्यास निकाल्न सकिन्छ ? नेपालमा नयाँ सरकार कुर्दै चीन

काठमाडौं । दैलेखमा ठूलो मात्रामा खनिज ग्यासको भण्डारण रहेको त्यहाँ अन्वेषण गर्ने चिनियाँ कम्पनीले जानकारी गराएको अधिकारीहरूले बताएका छन्। दैलेखको भ...

आजदेखि एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी फिल्डमा

काठमाडौं । निर्वाचन सुरक्षार्थ छनोट भएर दशदिने तालिम पूरा गरेका एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी बुधबारदेखि फिल्डमा खटिँदै छन् । उनीहरू नेपाल प्रहरी ...

आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण

काठमाडौँ । सरकारले मुलुकको आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षामा यस्तो प्रक्षेप...

आज उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले तराईका धेरै स्थानका साथै उपत्यकाहरूमा हुस्सु लागेको ब...

बागलुङ–१ मा पुराना उम्मेदवारलाई नयाँको चुनौती, कसले मार्ला बाजी ?

बागलुङ । विकास र समृद्धिको चरणमा रहेको बागलुङ क्षेत्र नम्बर १ को निर्वाचन प्रतिष्ठाको लडाइ बन्दै आएको छ । राष्ट्रिय राजनीतिमा नाम कमाएका राष्ट्रिय जनम...

मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा कूल ३९ वटा मतदान केन्द्र तथा मतदानस्थल कायम छन् । यहाँको ...

खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन विभागको पहल

काठमाडौँ । खाना पकाउने ग्यासको आपूर्तिमा देखिएको समस्या समाधानका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ढुवानी व्यवस्थापनलाई प्रभावकारी बन...

निर्वाचन २२ दिन बाँकी: ६७४३ वटा वडामा सञ्चालन हुनेछ मतदाता शिक्षा कार्यक्रम

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई थप भव्य र व्यवस्थित बनाउने उद्देश्यका साथ मतदाता शिक्षा विशेष कार्यक्रम सञ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE