काठमाडौं । वडास्तरका गाउँ–गाउँमा डेङ्गु फैलिँदासमेत स्थानीय जनप्रतिनिधिलाई चासो र चिन्ता देखिएको छैन। स्थानीय तहको स्वास्थ्य र सरसफाइको विषय स्थानीय सरकारको जिम्मेवारीमा पर्ने भए पनि डेङ्गु नियन्त्रणमा स्थानीय तहले खासै काम गर्न सकेका छैनन्। बरु यो रोग नियन्त्रणलाई बेवास्ता गरेका छन्।
अधिकांश स्थानीय तहका टोल–टोलमा डेङ्गुका बिरामी भेटिँदा स्थानीय तहले भने डेङ्गु नियन्त्रणमा हालसम्म कुनै अभियान चलाएका छैनन्। नेपाल नगरपालिका सङ्घका कार्यकारी निर्देशक कलानिधि देवकोटाले सरसफाइ अभियान मात्र स्थानीय तहले चलाउने हो भने पनि डेङ्गु नियन्त्रणमा धेरै मात्रामा कमी हुने तर त्यस्तो अभियान स्थानीय तहले चलाउन नसकेको बताए।
उनले भने, “डेङ्गु नियन्त्रण गर्न व्यापक रूपमा अभियान सञ्चालन गर्ने कुरामा स्थानीय सरकार चुकेको कुरा सत्य हो।”
स्थानीय तहले डेङ्गु अध्ययन, अनुसन्धानको अभियान सञ्चालन गर्न नसके पनि सरसफाइ, सचेतना, रोकथाम र नियन्त्रणको अभियान सञ्चालन गर्न सक्छन्। त्यसबाट पनि डेङ्गु नियन्त्रण हुन्छ।
सो काम हालसम्म कसैले पनि गर्न सकेका छैनन्। कोरोना सङ्क्रमणको समयमा भने स्थानीय सरकारले विदेशबाट आउनेको तथ्याङ्क अद्यावधि, नियमित स्वास्थ्य अवस्थाको अनुगमन, क्वारेन्टाइनको व्यवस्थापन, पालिका प्रवेश गर्नेको आधारभूत स्वास्थ्य जाँच र हेल्थ डेस्क सञ्चालन गरेका थिए।
त्यस्तै घरधुरी स्तरमा मास्क तथा स्यानिटाइजर वितरण, साबुनपानीले हात धुन सचेतना अभियान सञ्चालनमा निकै ठूलो रकम खर्च गरेका थिए। कतिपय स्थानीय तहले खाद्यान्न वितरणसमेत गरेका थिए। ती कुरामा करोडौँ रकम खर्च भएको थियो।
डेङ्गु रोग नियन्त्रण गर्न मच्छड मार्नुपर्ने, पानी जमेका ठाउँ पुर्नुपर्नेजस्ता सामान्य तर बजेट खर्च नहुने कुरामा भने जनप्रतिनिधिले खासै ध्यान दिएका छैनन्। यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १४ गते, २०८१ - ०९:३२
काठमाडौं । २०८० सालभित्र नेपालमा राजतन्त्र फर्किने असफल भविष्यवाणी गरेका ज्योतिषी अर्जुन क्षेत्रीले रास्वपा सभापति रवि लामिछानेको प्रधानमन्त्री बन्ने ...
बैशाख १४ गते, २०८१ - ०९:११
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्न लागेको छ । बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने गर...
बैशाख १४ गते, २०८१ - ०९:०९
ललितपुर । खुट्टा गुमाएका सात जनालाई कृत्रिम खुट्टा राख्न ललितपुर महानगरपालिकाले सुन्दर ढोका साथीसेवा नामको संस्थालाई आर्थिक सहयोग गरेको छ । महानगरप...
बैशाख १४ गते, २०८१ - ०९:०४
काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु ४८ करोड भुक्तानी गरेको छ । डिडिसीले वैशाखमा दुग्धजन्य पदार्थको बिक्री वितरण बढेसँगै १३ दिनमा रु...
बैशाख १४ गते, २०८१ - ०८:३९
वालिङ । दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ फलाउन थालेका छन् । वालिङ नगरपालिका–४ रत्नेथुम्काका उनले विदेशमा सिकेको स...
बैशाख १४ गते, २०८१ - ०८:३४
काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ ...
बैशाख १४ गते, २०८१ - ०८:१९
काठमाडौं । नेपाली सेनाले प्राविधिकर हवाईरविविध सेवातर्फ पादिक तथा विल्लादार पदहरूका लागि दरखास्त आह्वान गरेको छ। जंगी अड्डाले शुक्रबार सूचना प्रकाशित ...
बैशाख १४ गते, २०८१ - ०७:५०
काठमाडौं । युद्धविरामको लागि बन्धकलाई रिहा गर्न हमाससँग अमेरिका लगायत विश्वका १८ देशले आग्रह गरेका छन् । विश्वका विभिन्न अठार देशले बिहीबार एक संय...
बैशाख १४ गते, २०८१ - ०७:२८
काठमाडौं । भारतमा संघीय संसदको तल्लो सदन लोकसभा निर्वाचनअन्तर्गत आज दोस्रो चरणको मतदान हुँदै छ। आज १२ राज्य र केन्द्रशासित एक प्रदेशका गरी कुल ८९ स...
बैशाख १४ गते, २०८१ - ०७:२०
तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
प्रतिकृया लेख्नुहोस्: