Khabar Dabali ६ बैशाख २०८३ आईतवार | 19th April, 2026 Sun

पितृ खुसी नभएको भन्दै रामेछापमा वृद्धाको हत्या, एक वृद्धा गम्भीर घाइते

खबरडबली संवाददाता

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका-३, भिरापानी, सित्खामा माझी समुदायका पितृ खुसी नभएको भन्दै आइतबार एक वृद्धाको कुटपिट गरी हत्या गरिएको छ । अर्की १ वृद्धा गम्भीर घाइते भएकी छन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार मारिनेमा स्थानीय अन्दाजी ५५ वर्षीया बिबी माझी छिन् । उनकी आमा ७० वर्षीया सुनमाया माझी घाइते छिन् । घाइतेको उद्धार गरी मन्थली अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । मृतक र घाइते आमा छोरी हुन् ।

प्रहरी नायव उपरीक्षक राजकुमार थिङका अनुसार घटनामा संलग्न भएको आशंकामा ७ महिलासहित २२ जनालाई पक्राउ गरिएको छ । पक्राउ परेकाले पितृले मारेको भन्ने प्रहरीसमक्ष बयान दिएका छन् । सांस्कृतिक नाममा भएको घटनाबारे थप अनुसन्धान गर्न प्रहरी सोमबार घटनास्थल गएको छ ।

यसरी भयो घटना
माझी समुदायको सोह्रश्राद्ध सबैभन्दा ठूलो चाडपर्व हो । उक्त पर्वमा माझी समुदायले पितृलाई घाटमा गएर बोलाउने गर्छन् । बोलाउँदा कसैको आङमा पितृ आउने कुरा उनीहरुको विश्वास छ । पितृ आएपछि परिवारका कुनै सदस्य काम्न थाल्छन् । कोही काम्न थाल्यो भने पितृ उसको आङमा आएको विश्वास हुन्छ । त्यसपछि घर आउँछन् । भोलिपल्ट आदर सत्कारसहित एक दिन पितृ पाल्छन् र पर्सिपल्ट बिहानै घाटमा लगेर विधिपूर्वक पितृ नदीमा बगाउँछन् । नदीमा पितृ बगाएपछि सोह्रश्राद्ध सकिन्छ ।

यस प्रकारको कर्म गरेपछि पितृ खुसी हुने विश्वास छ । कम्पन आउनेहरु त्यसपछि काम्न छोड्छन् । तर यो वर्ष काम्ने प्रक्रिया रोकिएन । शनिबार सोह्रश्राद्ध सकेका माझी समुदायका केही युवा युवतीहरु पितृ बगाउँदा अर्थात् तिथि सकिँदा पनि काम्न नछोडेपछि माझीहरुको निष्कर्ष रह्यो– यो वर्ष पितृ खुसी भएनन् ।

त्यसपछि गाउँकी बिबी माझीका कारण पितृ खुसी नभएको अनुमान लगाएर काम्नेसहितका युवा युवतीहरु उनको घरमा पुगे । बिबीको घरमा आमाछोरीमात्र थिए । गाउँलेले पहिलेदेखि नै बिबीलाई बोक्सीको आरोप लगाउँदै आएका थिए ।

काम्दै पुगेका युवायुवतीले बिबीकै कारण पितृ खुसी नभएको भन्दै उनलाई कुटपिट गर्न थाले । अक्षताले हान्दै कुटपिट गरे । त्यही बेलामा एउटा बिरालो आइपुग्यो । माझीहरुले बिरालोलाई पनि काटे । बिरालो काटे पछि पोलियो । उता बिवी पनि मरिन् । बोक्सी बिरालोमा उत्रिएको र बिरालो काटेपछि विबि मरेको निष्कर्ष त्यसबेला उनीहरुले निकाले ।

छोरी मरेपछि आमालाई घरअघिको आँगनमा निकालियो । घर वरीपरी कोही आउन दिइएन । घटनास्थल कब्जामा पारेर ७० वर्षीया सुनमायालाई कुटपिट गर्दै गरेको अवस्थामा उद्धारका लागि आसपासका बासिन्दा पुगे । तर उद्धार गर्न सकेनन् । त्यसपछि प्रहरीलाई खबर गरियो । सुरुमा प्रहरीले पनि सकेन ।

दोस्रो प्रयासमा सादा पोसाकमा हतियारसहित पुगेको प्रहरीले सुनमायालाई उद्धार गर्‍यो । घटनास्थलबाटै १८ जना नियन्त्रणमा लियो । सोमबार थप ४ जना नियन्त्रणमा लिई जिल्ला सदरमुकाम पुर्‍याइयो ।

के भन्छन् पक्राउ परेकाहरु ?

कुटपिटमा संलग्न भएको आशंकामा प्रहरीको हिरासतमा पुगेका युवा युवतीहरु उक्त घटनाका बारेमा आफूलाई थाहा नभएको बताउँछन् । ‘पितृले कुटेर मारेको होला, हामीले हैन,’ थिङले भने । पितृ आएको बेला केही थाहा नहुने र घटनाबारे पनि थाहा नभएको उनीहरुको दाबी छ ।

खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ सांस्कृतिक चाड मान्दा अन्धविश्वासका कारण घटना भएको बताउँछन् । ५/७ वर्षअघि रामेछापकै लुघुघाटमा यस प्रकारको घटना भएको सुनेको श्रेष्ठले बताए ।

उनका अनुसार प्रहरीले अनुसन्धान अघि बढाएकोले केही दिनमै सत्य(तथ्य आउने छ । घटनास्थलमा पुगेका श्रेष्ठले पितृ आएका युवायुवतीहरु काम्दै गरेको देखेको बताए । कामेकालाई चामलले हिर्काउने चलन रहेछ । घटनास्थलमा १० पाथीभन्दा बढी चामल छरिएको अध्यक्ष श्रेष्ठको दाबी थियो । कान्तिपुरबाट

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नगरपालिका र गाउँपालिका गाभ्ने प्रक्रिया अघि बढ्यो, सङ्ख्या र सिमाना हेरफेरका लागि मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका, नगरपालिका तथा वडाको सङ्ख्या र सिमाना हेरफेरका सम्बन्धमा सरोकारवाला पक्षहरूसँग राय ...

दाजुभाइको मृत्यु घटना प्रकरण: ब्रोइलरको मासुमा सङ्क्रमण भेटिएन

धनगढी। कैलालीमा मरेको ब्रोइलरको मासु खाएर दाजुभाइको मृत्यु भएको घटनापछि फार्ममा मरेका ब्रोइलरको नमूना परीक्षण गर्दा कुनै पनि सङ्क्रमण नभेटिएको पशु रोग...

एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ। गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई ‘एकद्वार सेवा प्रणाली’ लागु गर्नेसहित नौ बुँदे निर्देशन जारी गरेको छ । मन्त्रालयले जिल...

कपिलवस्तुको शिवराज अस्पतालमा ३८ लाख रकम गायब

कपिलवस्तु । कपिलवस्तुको शिवराज आधारभूत अस्पताल चन्द्रौटामा ३८ लाख बढी रकम रहस्यमय तरिकाले गायब भएको खुलेको छ ।  शिवराज नगरपालिकाको आन्तरिक लेखा परी...

नवलपुरमा कार र जेसीबी ठोक्किदा एकै परिवारका पाँच जना घाइते

नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको देवचुली नगरपालिका–१६ फारममा कार र जेसीबी ठक्कर खाँदा पाँच जना घाइते भएका छन् ।  झरही खोलाबाट रजहर तर...

एसईईको उत्तरपुस्तिका परीक्षण पछि पुग्यो भक्तपुर

लमजुङ। लमजुङमा सञ्चालित यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण कार्य सम्पन्न भएसँगै नतिजा प्रकाशनका लागि परीक्षा नियन्त्रण ...

धर्म प्रचारमा संलग्न ६ जना विदेशी नागरिक विराटनगरबाट पक्राउ

विराटनगर । धर्म प्रचारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।  विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्ट...

धर्म प्रचारमा संलग्न ६ जना विदेशी नागरिक विराटनगरबाट पक्राउ

विराटनगर । धर्म प्रचारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।  विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्ट...

चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन

काठमाडौँ। नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना औषधि सिफारिस नगर्न निर्देशन दिएको छ ।  काउन्सिलका रजिष्ट्रार डा.शति...

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढयो

शीर्षनेता, जनप्रतिनिधि र उच्च कर्मचारीसम्म प्रतिवादी

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending