Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

म्याग्दीका चुनावी सरगर्मी बढ्यो

खबरडबली संवाददाता
म्याग्दी । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको म्याग्दीमा राजनीतिक सरगर्मी बढेको छ । 
 
छवटा स्थानीय तह र ४५ वटा वडा रहेको जिल्लामा प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई वटा निर्वाचन क्षेत्र छन् । नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, राप्रपा, जनमोर्चा र मङ्गोल नेशनल अर्गनाइजेशनका नेता भेला, बैठक, प्रशिक्षण र भेटघाटमा छन् । एमाले आफ्नो विरासत जोगाउने कसरतमा छ । कांग्रेस, माओवादी र एकीकृत समाजवादी गठबन्धनको बलमा नतिजा आफ्नो पक्षमा पार्ने रणनीतिमा छन् । एमालेले यसअघिको चुनावमा माओवादीसँगको तालमेलबाट प्रतिनिधिसभा र एक प्रदेशसभा सदस्य तथा पछिल्लो स्थानीय तह निर्वाचनमा एक्लै चारवटा स्थानीय तहको नेतृत्व जितेको थियो ।
 
एमालेले प्रतिनिधिसभा सदस्यका लागि पूर्वजिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठको नाम एकल सिफारिस गरेर तयारी थालेको छ । “जिल्ला कमिटीले प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मत एकल नाम सिफारिस गरेकाले कार्यकर्तामा उत्साह छ”, उनले भने, “२०७४ मा दुई वटा मात्र स्थानीय तह जितेका थियौँ । गत चुनावमा चारवटा पालिका जितेका छौँ । यो पनि हाम्रो जितेको आधार हो ।”
 
जिल्ला सदरमुकाम बेनी बजार अवस्थित तत्कालीन अर्थुङ्गे गाविसको एक कार्यकाल अध्यक्ष भएका श्रेष्ठले बेनी खानेपानी, रेडक्रस, म्याग्दी पुस्तकालयलगायत सामाजिक सङ्घ संस्थाको पनि नेतृत्व गरेका थिए । विसं २०५६ मा कांग्रेस, २०६४ मा माओवादी, २०७० र ७४ मा एमालेले म्याग्दीमा प्रतिनिधिसभा सदस्य निर्वाचन जितेका छन् । गत स्थानीय तह निर्वाचनमा एमालेले चार वटा पालिका प्रमुख, तीन उपप्रमुख, १८ वडा, कांग्रेसले दुई अध्यक्ष, एक उपाध्यक्ष, १७ वडा, माओवादीले दुई उपप्रमुख र छ  वडा जितेका थिए । 
 
स्थानीय तह निर्वाचनमा गठबन्धनका दलहरुबीच तालमेल नहुँदा अपेक्षाकृत नतिजा हासिल गर्न नसकेको ठहर गरेको कांग्रेस म्याग्दीका उपसभापति कर्णबहादुर भण्डारी (केवी)ले आगामी चुनावमा गठबन्धनलाई प्रभावकारी र बलियो बनाउन लागिएको बताए  । “स्थानीय तहको चुनावको परिणामलाई समीक्षा गरेर केन्द्रीय नीतिअनुसार आसन्न चुनावमा तालमेललाई प्रभावकारी बनाउन माओवादी, एकीकृत समाजवादी दलका जिल्ला, पालिका र वडा तहसम्म संयुक्त चुनावी अभियानको वातावरण बनाउने गृहकार्यमा छौँ”, उनले भने, “२०७४ को चुनावमा कम्प्युनिष्ट पार्टीबीचको तालमेल भएको अवस्थामा म्याग्दीमा कांग्रेसले कडा प्रतिस्पर्धा गरेको हो अहिले माओवादी, एकीकृत समाजवादी, जनमोर्चा र जसपासँग तालमेल हुँदा जितको अवसर सदुपयोग गर्न मेहनत गरेका छौँ ।”
 
अघिल्लो संसदीय निर्वाचनमा एमालेसँगको तालमेलमा एक प्रदेशसभा सदस्य जितेको माओवादी यसपालि आफ्नो जनमतलाई सुरक्षित गर्दै गठबन्धनबाट लाभ लिने सोचमा छ । माओवादीका जिल्ला संयोजक रेशम जुग्जाली (सुविन)ले गत चुनावमा एमाले र कांग्रेससँग प्रतिस्पर्धा गर्नसक्ने आधार खडा गरिएको बताए  । 
 
“गणतन्त्र, सङ्घीयता, समावेशी, संविधानलगायत माओवादी आन्दोलनबाट स्थापित मुद्दा तथा पार्टीले गरेका काम तथा भावी योजना लिएर जनतामाझ छौँ”, उनले भने, “केन्द्रीय नीतिअनुसार पाँच दलीय गठबन्धनबीच तालमेलको वातावरण बनाउनुका साथै आन्तरिक तयारी पनि गरेका छौँ ।” नेकपा एकीकृत समाजवादी, राप्रपा र मङ्गोल नेशनल पार्टीले पनि म्याग्दीमा राजनीतिक गतिविधि बढाएका छन् । 
 
आसन्न चुनावका लागि ४२ हजार ५५  पुरुष, ४४ हजार ६४ महिला र एक जना तेस्रो लिङ्गी गरी कूल ८६ हजार एक सय २० मतदाता कायम भएका छन् । गत स्थानीय चुनावमा ८५ हजार तीन सय ७५ मतदाता रहेकामो ५६ हजार चार सय ५६ मत खसेको थियो । स्थानीय तह चुनावपछि थपिएकालाई जोड्दा, बसाइँसराइ गरेका र दिवङ्गत भएकाको नामावली अद्यावधिक गरेर मतदाता सङ्ख्या काम गरिएको हो । स्थानीय तहको चुनावपछि सात सय ४५ मतदाता थपिएका हुन् । 
 
बेनी नगरपालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकालाई समेटेको ४९ मतदान स्थलमा ६८ वटा केन्द्र रहेको प्रदेशसभा क्षेत्र ९क० मा ४८ हजार चार सय ७२, मङ्गला, मालिका र धौलागिरि गाउँपालिका समावेश ३३ स्थलमा ५१ केन्द्र रहेको प्रदेशसभा क्षेत्र (ख) मा ३७ हजार छ सय ४८ मतदाता छन् । 
 
बेनी नगरपालिकामा २२ हजार एक सय ८५, अन्नपूर्णमा १२ हजार ०६८, धौलागिरिमा १० हजार आठ सय ३७, मालिकामा १३ हजार तीन सय ३४, मङ्गलामा १३ हजार चार सय ७७ र रघुगङ्गा गाउँपालिकामा १४ हजार दुई सय १९  मतदाता कायम भएका छन् । 
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending