काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्णालीलगायत दुर्गम क्षेत्रमा अत्यावश्यक खाद्यन्न अभावका कारण बडा दसैँ लगायतका महत्वपूर्ण चाडपर्व मनाउन नपाउने स्थिति आउन नदिन भरमग्दुर प्रयास गर्ने जनाएको छ ।
कम्पनीका कार्यकारी निर्देशक मोहनप्रकाश चन्दले सरकारले दिएको बजेट सीमा परिधिभित्र रही जनघनत्व र आवश्यकताका आधारमा निर्धारण गरिएको कोटाअनुसार खाद्यान्न उपलब्ध गराइने बताए ।
दसैँलगायतका चाड पर्वका असरमा दिएको छुटलाई दृष्टिगत गरी तत्कालको आवश्यकताभन्दा बढी खाद्यवस्तुको सङ्कलन गर्ने कार्यले कहीँकतै भिडभाडका घटना भएको हुनसक्ने कम्पनीको भनाइ छ ।
उनले भने, “आवश्यकताअनुसारको खाद्य वस्तु खरिद गरी सहयोग पु¥याउन कम्पनी सबै उपभोक्तासँग हार्दिक आह्वान गर्दछ ।” उक्त संस्थाले मुलुकका ४१ जिल्लाका ४५ स्थानबाट सहुलियत दरमा चामल, दाल, तेल, नुन, चीन र गेडागुडी लगायतका गुणस्तरीय खाद्यवस्तु बिक्री वितरण गर्दै आएको छ ।
दसैँलगायतका महत्वपूर्ण चाडका अवसरमा निजी क्षेत्रको तुलनामा अनुभव हुने गरी छुटको व्यवस्था गरिएको जनाउँदै कम्पनीले दुरदराजका जनतालाई सहजरुपमा खाद्यान्न पाउन भन्ने हेतुले विभिन्न स्थानमा बिक्री केन्द्र स्थापना गरिएको जनाएको छ ।
कतिपय दुर्गम जिल्लामा स्थानीयपालिका, वडा, आमासमूह र सहकारीसँग मिलेर सहुलियत दरमा सरल ढङ्गबाट अत्यावश्यक खाद्यान्न उपलब्ध गराउन कम्पनीको प्रयास जारी छ ।
चाडबाडअघि नै अत्यावश्यक खाद्यान्न उपलब्ध गराउन टेण्डर भई ढुवानीको काम सुरु भइसकेको जनाउँदै कम्पनीले टेण्डर नपरेका कतिपय स्थानमा भने छोटो प्रक्रियाका आधारमा हेलिकप्टरद्वारा पु¥याइने जनाएको छ ।
कम्पनीबाट सञ्चालन गरिएको सुपथ मूल्य पसलको बिक्रीवितरण र मागको आकर्षण रहेको जनाउँदै काठमाडाँै उपत्यकालगायतका सहरमा अनलाइन मागका आधारमा घरदैलोमै सेवा दिइरहेको जनाएको छ ।
कम्पनीबाट उपलब्ध हुने खाद्यान्न बजारमूल्यका तुलनामा निकै सस्तो रहेको जनाउँदै उनले वर्षैभर सहुलियत प्राप्त गर्ने सोच भने त्याग्न जरुरी रहेको बताए । दसैँमा काठमाडौँ उपत्यकामा हुने खसीबोकाको बिक्रीवितरणमा मूल्य सन्तुलन गर्न कम्पनीले मुलुकका विभिन्न क्षेत्रबाट खरिद गरी बिक्रीवितरण गर्दै आएको छ ।
यसअघि कम्पनीले २०५८ सालसम्म चीनको तीब्बतबाट भेडा ल्याएर बिक्री वितरण गर्ने गथ्र्यो । केही वर्षअघिसम्म मनाङ र मुस्ताङबाट च्याङ्ग्रा ल्याएर बिक्री गर्दै आएकामा मुलुकमा कोरोना सङ्क्रमणको घटनापछि त्यो काम रोकेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १३ गते, २०८० - २०:३६
काठमाडौँ। बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ। आज साँझ ६:४४ बजे बझाङ सदरमुकाम र आसपासमा भूकम्प धक्का महसुस गरिएको हो। सदरमुकाम चैनपुर आसपास केन्द...
मंसिर १३ गते, २०८० - २०:२८
काठमाडौँ। काठमाडौं महानगरपालिका–३१ शङ्खमूलबाट एक हजार दरको नोट पाँच थान र ५०० दरको नोट एक थान गरी जम्मा ६ थान नक्कलीजस्तो देखिने नोटसहित एकजना पक्राउ ...
मंसिर १३ गते, २०८० - २०:०१
काठमाडौँ। प्रथम राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकता र धार्मिक सद्भावसहित देश विकासमा लाग्नुको विकल्प नरहेको बताएका छन् । धनुषाको जनकपुरधाम ...
मंसिर १३ गते, २०८० - १९:४०
काठमाडौँ। रास्वपाले सांसद स्वर्णिम वाग्लेलाई उपसभापति बनाएको छ । यस्तै सहमहामन्त्रीमा कविन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्य चयन भएका छन् ...
मंसिर १३ गते, २०८० - १९:३०
काठमाडौँ। काठमाडौंबाट झापाको भद्रपुर विमानस्थलका लागि उडान भरेको जहाजमा प्राविधिक समस्या देखिएको छ। समस्या देखिएपछि जहाजलाई पुनः त्रिभुवन अन्तर्राष्ट्...
मंसिर १३ गते, २०८० - १८:२०
काठमाडौँ। सत्तारुढ प्रमुख घटक नेपाली कांगेसले संविधान कार्यान्वयनमा जोड दिने निष्कर्ष निकालेको छ । बुधवार धुम्बाराहीस्थित पार्टी सभापति शेरबहादुर ...
मंसिर १३ गते, २०८० - १८:१७
काठमाडौँ। फेवातालको मापदण्डबारे सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन गर्न गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा समिति गठन गरिएको ...
मंसिर १३ गते, २०८० - १८:०९
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान व्यवस्थाभित्र रहेर नागरिकको अवस्था परिवर्तन गर्ने बताएका छन्। बुधवार जनकपुरधाम...
मंसिर १२ गते, २०८० - २१:२१
काठमाडौँ। युवा ओपनर रितुराज गायकवाडको शतकमा भारतले तेस्रो टि२० आई खेलमा अष्ट्रेलियालाई २ सय २३ रनको विशाल लक्ष्य दिएकोछ । गुवाहाटीमा टस हारेर पहिला...
मंसिर १२ गते, २०८० - २१:१०
काठमाडौँ। काठमाडौं महानगरपालिकाले प्लास्टिकको बट्टामा प्याकेजिङ गरिएका सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको छ । अबदेखि महानगर क्षेत्रभित्रका...
प्रतिकृया लेख्नुहोस्: