काठमाडौं । युक्रेन युद्धका लागि जगेडा सैनिकहरूलाई बोलाउने क्रेमलिनको निर्णयबाट बच्न रुसी पुरुषहरूले देश छाड्ने प्रयास गर्दा रुसको सिमानामा लामा लामहरू देखा परेका छन्।
राष्ट्रपति भ्लादिमिर पुटिनले बुधवार आंशिक सैन्य परिचालनको घोषणा गरेका थिए। उक्त निर्णयसँगै थप तीन लाख जना मानिसले युद्धमा सामेल हुनुपर्ने देखिएको छ।
यद्यपि क्रेमलिनले लडाकु उमेरका पुरुषहरू भागेको भन्ने विवरणहरू अतिरञ्जित भएको बताएको छ।
तर जर्जियासँगको सीमामा युद्धबाट भाग्न खोज्ने पुरुषसहितका सवारीसाधनका कैयौँ किलोमिटर लामा ताँती बनेका छन्।
लामो लाइन
नाम खुलाउन नचाहने एक व्यक्तिले बीबीसीका रेहान दिमित्रीलाई राष्ट्रपति पुटिनको घोषणालगत्तै आफू आफ्नो राहदानी समातेर सीमातर्फ हिँडेको बताए।
उनी पनि युद्धका लागि पठाउन सकिने सम्भावित समूहमा परेका थिए। केही प्रत्यक्षदर्शीले अपर लार्स जाँचचौकीमा कारहरूको लाइन करिब पाँच किलोमिटरसम्म लामो भएको अनुमान गरेका छन्।
त्यस्तै अर्को समूहले सीमा पार गर्न सात घण्टा लागेको बताएको छ। उक्त स्थानको भिडिओमा केही चालकले आफ्नो कार वा ट्रकलाई अस्थायी रूपमा रोकिएको ट्राफिकमा छाडेको देखाइएको छ।
जर्जिया रुसीहरूले भिसा आवेदन नदिई प्रवेश गर्न मिल्ने केही छिमेकी देशमध्ये एक हो। त्यस्तै रुसीहरूलाई यात्रा गर्न भिसा आवश्यक पर्ने अर्को छिमेकी देश फिनल्यान्डको रुससँग एक हजार तीन सय किलोमिटर सीमा जोडिएको छ।
उक्त देशमा प्रवेश गर्ने ट्राफिकमा पनि रातभरि वृद्धि भएको बताइएको छ। तर त्यो व्यवस्थित स्तरमा रहेको जनाइएको छ।
हवाई टिकटको मूल्यवृद्धि
क्रेमलिनको सैन्य परिचालनसम्बन्धी घोषणा लगत्तै हवाईमार्गबाट पुग्न सकिने अन्य गन्तव्यहरू इस्तानबुल, बेलग्रेड तथा दुबईलगायतमा जाने टिकटको मूल्य ह्वात्तै बढेको देखिएको छ।
कतिपय ती गन्तव्यमा टिकटहरू पूर्ण रूपमा बिक्री भइसकेका छन्। टर्कीका सञ्चारमाध्यमले एकातर्फी टिकट बिक्रीमा व्यापक वृद्धि भएको जनाएका छन्।
जर्मनीका आन्तरिक मामिलासम्बन्धी मन्त्रीले बिहीवार क्रेमलिनको निर्णयपछि भागेका रुसीहरूलाई आफ्नो देशमा स्वागत गर्ने सङ्केत गरेकी छन्।
उनले "गम्भीर दमन"को धम्कीको सामना गर्नेहरूले सुरक्षा जाँचपछि उनीहरूको घटनाका आधारमा सुरक्षा पाउने बताएकी छन्।
रुस र युक्रेन के भन्छन्?
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई त्यसबारे सोध्दा त्यसो गर्नु कानुन विपरीत नभएको बताए।
युक्रेनी राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले बिहीवार रातिको सम्बोधनमा रुसीहरूलाई क्रेमलिनको निर्णयको प्रतिरोध गर्न आग्रह गरेका छन्।
उनले युद्धमा रुसीहरूको मृत्युलाई उल्लेख गर्दै भने, "थप मारिन चाहनुहुन्छ? होइन? त्यसो भए विरोध गर्नुहोस्, लड्नुहोस्, भाग्नुहोस् वा युक्रेनीसँग आत्मसमर्पण गर्नुहोस्।"
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: