काठमाडौं । चुनावमा जाने कुनै तार्किक एजेन्डा र कार्यक्रम नै नभएको एमालेले पार्टी प्रवेशको राजनीतिलाई एकमात्र चुनावी प्रचार स्टन्ट बनाइरहेको छ । त्यसको पछिल्लो उदाहरण हो, पूर्व आइजी सर्वेन्द्र खनालको ‘एमाले प्रवेश’।
सबैलाई थाहा छ, सर्वेन्द्र खनाल एमालेकै मान्छे हुन् । २०७७ को सुरुमा जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई महोत्तरीबाट अपहरण गरी काठमाडौं ल्याउँदा महेश बस्नेतलाई सर्वेन्द्रले नै साथ दिएका थिए । त्यतिबेला ओलीका मान्छेहरूले त्यो अपहरण आइडिया सर्वेन्द्रकै हो भनेर आफूलाई बचाउ गरेका थिए ।
अपहरणको उद्देश्य के थियो भने आफ्नै पार्टी समेत फुटाउने नियतले तत्कालीन प्रधानमन्त्री केपी ओलीले ल्याएको अध्यादेश अनुसार पहिला जनता समाजवादी पार्टीलाई फुटाउनु । अनि फुटेको पक्षसंग एकता गरेर आफ्नो ४० प्रतिशत पुर्याउनु ।
संविधानमा पार्टी फुटाउन ४० प्रतिशत सांसद र ४० प्रतिशत केन्द्रीय सदस्य हुनैपर्ने प्रावधान छ । जसलाई फेरेर ओलीले ‘४० प्रतिशत सांसद वा ४० प्रतिशत केन्द्रीय सदस्य’ भए हुने अध्यादेश ल्याएका थिए ।
आम बिरोधपछि ओली उक्त अध्यादेश खारेज गर्न बाध्य भए । तर, त्यस प्रकरणको लगत्तै आफूलाई कसैले एमालेको रूपमा बुझे कुनै आपत्ति नहुने सार्वजनिक प्रतिक्रिया सर्वेन्द्रले दिएका थिए । अपहरित जसपा सांसद डा. यादव भने भागेर पार्टी सम्पर्कमा पुगेका थिए ।
तिनै सर्वेन्द्र आइतबार एमालेमा आएको र अब एमालेलाई ठुलो पार्टी बन्न कसैले नरोक्ने दाबी गरिरहे। उनले ओलीजस्तो राष्ट्रवादी आफूले अरू कोही प्रधानमन्त्री नदेखेको समेत बताउन भ्याए।
‘मेरो कार्यावधिभर सातवटा प्रधानमन्त्री पाएँ। तर, उहाँजस्तो राष्ट्रवादी प्रधानमन्त्री अरू कोही पनि मैले पाइनँ। त्यसैले उहाँकै शीतल छहारी पाउने विश्वासका साथ एमाले रोजेँ’ उनको भनाइ थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ५ गते, २०८२ - ०९:३२
काठमाडौं । आईसीसी महिला टी २० विश्वकप ग्लोबल छनोटको पहिलो खेल नेपाललले थाइल्यान्डसँग खेल्दैछ। थाइल्यान्डकी कप्तान नारुमोल चाइवाइले टस जितेर पहिले...
माघ ५ गते, २०८२ - ०९:२५
दाङ । तुलसीपुर उपमहानगरपालिका–३ निवासी विष्णु शर्माले व्यावसायिक रूपमा जर्सी गाई र भैँसीपालन गरेर मासिक रु एक लाखदेखि रु एक लाख ५० हजारसम्म आम्दानी गर...
माघ ५ गते, २०८२ - ०९:१९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्न ला...
माघ ५ गते, २०८२ - ०९:१५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, आलु, ...
माघ ५ गते, २०८२ - ०८:२७
काठमाडौं । नेपाली कांग्रेस शेरबहादुर देउवा समूह कांग्रेसको आधिकारिकता माग्दै आज सर्वोच्च अदालत जाने भएको छ । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार...
माघ ५ गते, २०८२ - ०८:२०
चन्द्रपुर । जिल्ला सुरक्षा समितिले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि रौतहटका तोकिएको दुई सय ७७ मतदानस्थलमध्ये एक सय ५२ मतदा...
माघ ५ गते, २०८२ - ०८:१४
काठमाडौं । नेकपाले एकल सिफारिस भएका उम्मेदवारलाई स्वतः टिकट दिने निर्णय गरेको छ । पार्टी नेता वर्षमान पुनका अनुसार सर्वसम्मत भएका व्यक्तिलाई प्रत्यक्ष...
माघ ५ गते, २०८२ - ०७:५३
काठमाडौं । कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशनबाट नेतृत्वमा आएका तथा निर्वाचन आयोगबाट आधिकारिता पाएका सभापति गगन थापा स्वीकार गर...
माघ ५ गते, २०८२ - ०७:४७
पार्टीपंक्तिमा आह्वान- निर्णय सुनेर विचलित नहुनू
माघ ५ गते, २०८२ - ०७:३६
लन्डन । संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले संयुक्त राष्ट्रसङ्घको पहिलो महासभाको ८० औँ वार्षिकोत्सवको अवसरमा शनिबार लन्डनमा सम्बोधन गर्...




प्रतिकृया लेख्नुहोस्: