स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले डेङ्गु रोग नियन्त्रण गर्न देशभर ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको बताएका छन् । डेङ्गु नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालयअन्तर्गत महाशाखा प्रमुखको नेतृत्वमा स्थानीय तहसँगको समन्वयमा वडासम्म नै उक्त अभियान सञ्चालन गरिएको उनले स्पष्ट पारे।
रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खापुङले भने, “सबैभन्दा धेरै जनतासँग जोडिने स्थानीय तहको पनि वडामा जनप्रतिनिधिको नेतृत्वमा ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न सकेमा अझ बढी प्रभावकारी हुने हाम्रो बुझाइ छ । सोहीअनुसार नियन्त्रणका लागि अगाडि बढेका छौँ ।”
प्रत्येक शनिबारको बिहान उक्त अभियान सञ्चालन गर्न आमनागरिकलाई पनि आह्वान गर्दै आएको उनले सुनाए । “आफ्नो घर, छर–छिमेक, गमला, खाल्डाखुल्डी, पानी जमेका ठाउँ खोजेर नष्ट गर्ने अभियानमा सहभागिता जनाउन मन्त्रालयबाट सम्पूर्णलाई आह्वान गरिएको छ”, उनले भने ।
डेङ्गु नियन्त्रणका लागि विद्यालय, होटल एशोसिएशनसँग छलफल गरेर अभियान सञ्चालन गर्नेबारे छलफल भइरहेको उनको भनाइ छ । डेङ्गुका बिरामीलाई उपचार गर्न सबै अस्पताल ‘अपडेट’ गराएको उहाँले जानकारी दिए । सिटामोल अभावबारे औषधि उत्पादकसँग पटकपटक छलफल गरिएको र बजारमा औषधि अभाव हुन नदिन समझदारी निर्णय भएको उहाँले स्पष्ट पारे। डेङ्गु रोग नियन्त्रणका लागि जनचेतना अभियान सञ्चालन भएका छन ।
डेङ्गुले बिहान र बेलुका बढी टोक्ने भएकाले विशेष गरि दिउँसो शरीर ढाक्ने लुगा लगाउन आग्रह गर्दै उनले भने, “लामखुट्टे नियन्त्रण गर्नु यसको सबैभन्दा पहिलो उपाय हो । घर बाहिर निस्कदा, यताउता हिँड्दा पूरै जीउ ढाक्ने लुगा लगाउनुपर्छ, सकेसम्म आफैँ सचेत हुनुपर्छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - १७:०१
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा आफ्नो सरकार ढालिएको कारण...
मंसिर २३ गते, २०८२ - १६:५४
कठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दूरसञ्चार सेवा प्रदायक एनसेलको विवाद चाडो समाधान हुनुपर्ने बताएको छन् । नक्खुस्थित एनसेल कार्...
मंसिर २३ गते, २०८२ - १६:३६
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनका लागि तयार पारिएको अवधारणापत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाएका...
मंसिर २३ गते, २०८२ - १६:२३
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग अभियन्ता तथा नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंबीच २७ बुँदे मागबारे औपचारिक वार्ता शुरु...
मंसिर २३ गते, २०८२ - १६:११
विराटनगर। काठमाडौंको नख्खु कारागारबाट भागेका अपहरण तथा शरीर बन्धक मुद्दाका दोषी ठहरिएका एक जना भारतीय व्यक्तिलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।...
मंसिर २३ गते, २०८२ - १५:५२
काठमाडौँ। पछिल्लो छ कारोबार दिन पुँजीबजार निरन्तर ओरालो देखिएको छ । गतहप्तादेखि निरन्तर घटिरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा यस हप्ता कारो...
मंसिर २३ गते, २०८२ - १५:३४
चितवन। विगत लामो समयदेखि नोक्सान बेहोर्दै आएका नेपालका लेयर्स कुखुरापालक किसानले नाफा हुनेगरी अण्डाको मूल्य पाएका छन् । पछिल्ला वर्षहरुमा लागत मूल्...
मंसिर २३ गते, २०८२ - १५:२०
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशनको टुङ्गो लगाउन यही मङ्सिर २४ र २५ गते केन्द्रीय कार्यसमितिको बैठक काठमाडौँमा बोलाएको छ । ...
मंसिर २२ गते, २०८२ - १६:५४
काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुन:निर्माण हुने विश्वास व्यक...
मंसिर २२ गते, २०८२ - १६:४१
काठमाडौँ । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ गते प्राप्त भएको तथा सोहि आदेशको पालना गर्दै हेटौ...




प्रतिकृया लेख्नुहोस्: