Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

बाह्य उत्पादनको भरले मात्र देश समृद्ध बन्न सक्दैन : अर्थमन्त्री शर्मा

खबरडबली संवाददाता

गोरखा । अर्थमन्त्री जनार्दन शर्माले बाह्य देशको उत्पादन ल्याएर नेपालमा बिक्री वितरण मात्र गर्ने परिपाटीले देश समृद्ध बन्न नसक्ने बताएका छन्  । 

लिगलिग पालुङटार उद्योग वाणिज्य सङ्घ पालुङटार नगरपालिकाको आयोजनामा गोरखामा आजदेखि सुरु भएको ‘लिगलिग पालुङटार महोत्सव, २०७९’ को उद्घाटन कार्यक्रममा उनले आफ्नो देशका लागि आफैँ उत्पादन गर्ने र अरुका बाह्य देशमा पु¥याउन सक्ने व्यवसायले मात्र देश छिट्टै समृद्ध बन्ने बताए  ।

“हामीले अहिले गरिरहेको धेरैजसो व्यवसाय बाहिरबाट ल्याएर गर्ने गरेका छौँ”, उनले भने, “उत्पादन हामी आफैँ उपयोग गर्ने, अरुकोमा पु¥याउने खालको व्यवसाय हामीलाई आज आवश्यक छ ।” अर्थमन्त्री शर्माले त्यसका लागि देशमा हरेक खालका व्यवसायलाई आर्थिक उत्पादनसँग जोडेर सहरीकरण गर्न सक्यौँ भने मात्र वास्तविक विकास हुने उनको भनाइ छ । अर्थमन्त्री शर्माले विकासबाट जनताको आर्थिक जीवनमा सांस्कृतिक जीवनमा परिवर्तन गर्न सक्नुपर्ने बताए  ।

उनले अबको विकासको मान्यता आर्थिक सामाजिक र सांस्कृतिकरूपमा जनताको जीवनलाई बदल्न सक्ने खालको हुनुपर्ने बताए  । अर्थमन्त्री शर्माले उत्पादन जोडेर विकास निर्माणलाई अगाडि बढाउँदा पनि संस्कृति, अर्थतन्त्र र सामाजिक वातावरण निर्माण गर्ने कुरामा ध्यान पु¥याउन सके यसले समग्र विकासलाई जोड्ने सक्ने उल्लेख गरे ।

संविधानले सामाजिक न्यायसहितको समाजवादको आधार तयार गर्ने स्पष्ट किटान गरेको भन्दै उनले गरिबीको अन्त्य र समानताको वातावरण निर्माण गर्न जनताको न्यूनतम आवश्यकता परिपूर्ति गर्ने क्षमता सरकारले बताउनुपर्ने अहिलेको अवस्था रहेको बताए  । 

अर्को फरक प्रसङ्गमा अर्थमन्त्री शर्माले लिगलिगकोटको दौड पर्यटनका दृष्टिकोणले ऐतिहासिक भएको भन्दै अब यसलाई राजनीतिक पर्यटनका हिसाबले समेत उपयोग गर्न सक्नुपर्ने बताए  ।  

“लिगलिगकोट नाम मात्र नभएर एउटा इतिहास बोकेको स्थल पनि हो, यहाँको छुट्टै संस्कृति छ र परम्परा छ”, उनले भने, “त्यो राजनीतिक प्रकृतिको पनि भएकाले यसको छुट्टै विरासत छ ।” उनले पालुङटार नगरपालिकालाई समृद्ध नगरपालिका बनाउनका लागि स्थानीय सरकार र प्रदेश सरकारले थालनी गरे केन्द्र सरकारले पनि सबैखालको सहयोग गर्ने बताए ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending