काठमाडौँ । पछिल्लो समय नेपाली फिल्म प्रेम गीत–३ र चलचित्र विकास बोर्डबीच केहि विवाद चलिरहेको छ ।
बोर्डले राति ११ बजेपछि हल सञ्चालन गर्न नपाइने र आवश्यक परेको खण्डमा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने निर्णय गरेको थियो । साथै, बोर्डले प्रेमगीत–३ को हिन्दी डबमा नेपालमा प्रदर्शन गर्दा विदेशीसरह मान्ने । त्यसो हुँदा प्रेम गीत–३ नेपालमा प्रदर्शन गर्दा हिन्दी वा विदेशी फिल्मसरहकै कर तिर्नुपर्ने निर्णय गरेको थियो । उक्त निर्णय प्रति प्रेमगीत–३ का नायक प्रदिप खड्का र उक्त फिल्मका निर्माता सन्तोष शेनले आप्पती जनाएका थिए । शनिबारको पत्रकार सम्मेलनमा बोर्डको यी कदम आफू र निर्माण टिमप्रति लक्षित भएको भन्दै नायक प्रदिप खड्काले कडा शैलीमा असन्तुष्टि व्यक्त गरेका थिए ।
यहि चर्काचर्की विवादकाबीच चलचित्र निर्माता एवं कलाकार दीपकराज गिरीले, सबैलाइ गालि गरेरै फ़िल्म चलाउने हो ? भन्दै प्रश्न गरेका छन् ।
गिरीले आज आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्–
आज म लेख्दैछू ‘।
भूवन केसी, अनमोल केसी, झरना थापा ,म
अब हूदॉ हूदॉ आदरणीय सरोज खनाल दाइ उफ‘
यो लिष्ट निक्कै लामो हूदैछ दिनप्रति ‘।
सबैलाइ गालि गरेरै फ़िल्म चलाउने हो ?
यति राम्रो हाइप हूदॉहूदै के गर्या यो ?
आफ्ना मान्छे लगाएर सामान्य दर्शकलाइ पनि उचालेर उद्योगका मान्छे लाइ गालि गर्न लगाएर
सबैलाइ सिध्याउने हो ? त्यसपछि उद्योग सकिदिने ?
अनि आफू मात्रै राज गर्ने हो ?
घर नै नरहे कॉहा बस्छौ साथि ?
जे जे गर्यौ महान काम गर्यौ,
तर हिन्दी भाषाकोमा नियम अनुसार कर तिर‘
वरू राम्रो कामको लागि नेपाली भाषाको फ़िल्ममा extra छुट माग सक्किगो त... यति लेखे पछि bycutanmol मा मेरो पनि नाम थपौला ,निर्देशन अनुसार गालि गलौच पनि गरौला पक्कै पनि !
तर यति ठूलो तिमिहरूको अन्याय कसरी सहेर बस्नु ? साथिहरूले कसरी सहेर बसें मैले चाहि सकिन माफ पॉउ !
हरेकदिन मिडियामा आएर हंगामा मच्चाउने किन ? आफ्ना सेना तथा समर्थक लाइ सभ्य हुन सिकाऔ साथि ! तपाइको फ़िल्म चल्दा हामि कसैको बेफाइदा छैन, तपाइको बजार बढ्दा भोलि मैले पनि कमाउने बाटो खुल्छ ! फाइदा नै छ !
सकिन्छ प्रत्यक्ष भेटेर बहस गरौ !
होइन भने एकले अर्को लाइ नसकौ !
जय नेपाल !!!
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन १६ गते, २०८० - २०:३३
महेन्द्रनगर। गत साउन ३० गते कञ्चनपुरको पुर्नवास नगरपालिका–३ आइबिआरडी बजारदेखि ‘घ’ गाउँ जाने बाटोमा स्थानीय २७ वर्षीया लक्ष्मी घर्तीको शव फेला प¥यो। ...
आश्विन १६ गते, २०८० - २०:०६
काठमाडौँ। धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् । विवादास्पद अभिव्यक्ति दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले मंगलबार सुनसरीको चक्र...
आश्विन १६ गते, २०८० - १९:२२
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालगञ्जमा तरुण दलका तत्कालीन क्षेत्रीय अध्यक्ष रिगल भनिने योग ढकालले खुँडा प्रहार गरि हत्या गरिएका ...
आश्विन १६ गते, २०८० - १९:०६
काठमाडौं। सरकारले कानूनअन्तर्गत गरेको सिफारिस अनुसार राष्ट्रपतिले सजाय माफी, मुल्तवी, परिवर्तन वा कम गर्ने प्रचलित व्यवस्थाको गलत प्रयोग भइरहेको भन्दै...
आश्विन १६ गते, २०८० - १८:५९
काठमाडौं। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँको साइत सार्वजनिक गरेको छ। जसअनुसार विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे...
आश्विन १६ गते, २०८० - १८:५५
काठमाडौं। सरकारले चाडपर्वको अवसरमा उच्च माग हुने खाद्य तथा गैरखाद्य वस्तु कृत्रिम अभाव सिर्जना गरी अस्वभाविक मूल्यवृद्धि गर्दै वस्तु बिक्री वितरण गर्न...
आश्विन १६ गते, २०८० - १८:३१
काठमाडौं। सरकारले धार्मिक तथा साम्प्रदायिक घृणा फैलाउने काम नगर्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई अपील गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठ...
आश्विन १६ गते, २०८० - १८:२७
काठमाडौं। बझाङमा एक गर्भवती महिलालाई अस्पतालको प्राङ्गणमा सुत्केरी गराइएको छ। मंगलबार दिउँसो भूकम्प गएको बेलामा तलकोट गाउँपालिका–१ की ती महिलालाई अ...
आश्विन १५ गते, २०८० - २१:२०
काठमाडौँ। नेकपा एमाले कोशी प्रदेश अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ । आधिकारिक रुपमा भर्खरै आएको मतपरिणाममा अध्यक्ष पद...
आश्विन १५ गते, २०८० - २१:१६
काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले संविधानको व्यवस्थाअनुरुप नै जिल्ला न्यायाधीश नियुक्त गरिएको प्रस्ट पारेका छन्। सोमबा...
प्रतिकृया लेख्नुहोस्: