काठमाडौं । पूर्वी युक्रेनको पृथक्तावादी नियन्त्रित सहर डोनेट्स्कमा भएका शृङ्खलाबद्ध विस्फोटनमा परी १३ जनाको मृत्यु भएको र अन्य घाइते भएको उक्त सहरका रुस समर्थित मेयरले बताएका छन्।
अलेक्सी कुलेम्जिनले "दण्डित गर्ने खालको" युक्रेनी 'गोलाबारी'का कारण ती मानिसहरूको मृत्यु भएको आरोप लगाए। उक्त घटनाबारे युक्रेनी अधिकारीले कुनै टिप्पणी गरेका छैनन्।
डोनेट्स्कलाई सन् २०१४ देखि रुसको प्रतिनिधत्व गर्ने अधिकारीहरूले नियन्त्रणमा राखेका छन्।
उनीहरूले बारम्बार युक्रेनी सेनाले उक्त सहरलाई निसाना बनाएको आरोप लगाएका छन्। पूर्व युक्रेनको पृथकतावादी नियन्त्रित क्षेत्रका घटनाहरूको स्वतन्त्र रूपमा पुष्टि हुन कठिन छ।
यद्यपि स्थानीय अधिकारीले सहरको पश्चिममा रहेको एउटा गाउँबाट डोनेट्स्कको कुभिशेभ्स्की जिल्लामा नौवटा १५० एमएमका गोलाबारी गरिएको बताएका छन्।
युक्रेनमाथि आरोप
स्थानीय नेता डेनिस पुशिलिनले युक्रेनले जानाजान बसस्टप, पसल र ब्याङ्कमा गोलाबारी गरेर सर्वसाधारणलाई निसाना बनाएको आरोप लगाए।
यद्यपि गत फेब्रुअरीमा आक्रमण सुरु भएदेखि रुसी सेनाले डोनेट्स्क क्षेत्रका थप दक्षिणी भागहरूमा कब्जा गरेका छन्। तर पनि उनीहरूले युक्रेनी सेनालाई सहरको बाहिरी भागबाट पछाडि धकेल्न सङ्घर्ष गरिरहेका छन्।
युक्रेनी फौजले दक्षिण र पूर्वोत्तरमा प्रत्याक्रमण सुरु गरेका छन्। उनीहरूले यसै महिना उत्तरी खार्किभ क्षेत्रमा सबैभन्दा नाटकीय रूपमा प्रगति गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १६ गते, २०८२ - ०९:१४
काठमाडौं । तीन पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल 'प्रचण्ड'विरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान थ...
चैत्र १६ गते, २०८२ - ०९:०९
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बालेनले सोमबार दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। ...
चैत्र १६ गते, २०८२ - ०८:२५
काठमाडौं । आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै तथा निर्वाचनमा अनपेक्षित हार खाएकै वेला कांग्रेसको आन्तरिक विवाद झन्झन् बढ्दै गएको छ । जे...
चैत्र १६ गते, २०८२ - ०८:१९
काठमाडौँ । दलित तथा ऐतिहासिक रूपमा बहिष्कृत समुदायमाथि सरकारले औपचारिक रूपमा माफी माग्ने विषयको दलित समुदायले स्वागत गरेका छन् । दलित समुदायका नेता...
चैत्र १६ गते, २०८२ - ०८:१७
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले असान्दर्भिक तथा धेरै पुराना ऐन खारेजी तथा नीतिगत सुधारको प्रतिबद्वताप्रति नेपाल उद्योग परिसंघ...
चैत्र १६ गते, २०८२ - ०८:१५
सिरहा । यहाँको लहान नगरपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरूको विगत चार महिनादेखि तलब रोकिएको छ । तलब नपाउँदा उनीहरूको दैनिकी चलाउनै समस्या भएको गुनास...
चैत्र १६ गते, २०८२ - ०८:१२
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...
चैत्र १६ गते, २०८२ - ०८:०९
रसुवा । डडेलोका कारण उजाड बनेको यहाँको गतलाङस्थित वन क्षेत्रलाई पुनः हरियाली बनाइने भएको छ । यसका लागि डिभिजन वन कार्यालयले ‘ड्रोन’मार्फत वनस्पतिका बी...
चैत्र १६ गते, २०८२ - ०८:०२
काठमाडौँ । लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गरे। ...
चैत्र १६ गते, २०८२ - ०७:४६
गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा सेन्टरमा बालिकाहरूलाई काममा लगाएको आरोपमा आठ जना स्पा सञ्चालकलाई आइतबार पक्र...



प्रतिकृया लेख्नुहोस्: