Khabar Dabali २९ माघ २०८२ बुधबार | 11th February, 2026 Wed
Investment bank

महारानी एलिजाबेथका लागि बौद्धमा प्रार्थना

खबरडबली संवाददाता

काठमाडौं । महारानी एलिजाबेथ द्वितीयाको अन्तिम संस्कार गरिने दिन सोमवार काठमाण्डूको बौद्धस्थित सेतो गुम्बामा उनको आत्माको चिर शान्तिको कामना गर्दै भिक्षुहरूले प्रार्थना गरेका छन्। 

महारानीप्रति सम्मान प्रकट गर्ने क्रममा त्यहाँ बौद्धधर्मका मन्त्रोच्चारण गरिनुका साथै दीप प्रज्वलन गरिएको थियो।

त्यस क्रममा नेपालका लागि ब्रिटिश राजदूत निकोला पोलिट र गोर्खा समुदायको प्रतिनिधित्व गर्दै महारानीको अर्डर्लीका रूपमा काम गरेका यामबहादुर रानाले बत्ती बालेका थिए।

त्यसअघि सोमवार बिहानै काठमाण्डूको गोदावरीमा महारानी एलिजाबेथ द्वितीयाले सन् १९८६ मा नेपाल भ्रमण क्रममा रोपेको एउटा वनस्पतिमा समेत पुगेर महारानीप्रति श्रद्धाञ्जलि व्यक्त गरिएको थियो। 

फूल चढाउँदै त्यहाँ एक हिन्दू पण्डितद्वारा मन्त्रोच्चारण गराइएको थियो। त्यहाँ पाइपरद्वारा पाइप बजाउँदै दुई मिनेट मौनधारण पनि गरिएको सहभागी भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरूले बताए।

ती समारोहमा नेपालका लागि ब्रिटेनकी राजदूत, गोर्खा सैनिकका प्रतिनिधि तथा भूतपूर्व गोर्खा सैनिक, महारानी राष्ट्राध्यक्ष भएका देशका प्रतिनिधिहरू, नेपाल सरकारका प्रतिनिधिहरू तथा नेपाल-ब्रिटेन समुदायका सदस्यहरू उपस्थित थिए। 

सोमवार ब्रिटिश राजदूतावासले काठमाण्डूमा भूतपूर्व गोर्खा सैनिक तथा उनीहरूका परिवारजन सहितका लागि महारानीको अन्तिम संस्कार समारोहको प्रत्यक्ष प्रसारण देखाउने व्यवस्था मिलाएको छ।

गोर्खा सैनिकका रूपमा नेपालीहरूले दुई शताब्दीभन्दा बढी समयदेखि ब्रिटेनका लागि काम गरेका छन्। महारानी आफ्ना पति राजकुमार फिलिपका साथ सन् १९६१ र सन् १९८६ मा गरी दुई पटक नेपाल भ्रमणमा आएकी थिइन्।   

घरमा शोकपुस्तिका

आइतवार नेपालका लागि ब्रिटिश राजदूत पोलिट शोकपुस्तिका लिएर झापाको दमकस्थित भिक्टोरिया क्रस विजेता ब्रिटिश गोर्खा रामबहादुर बेघा लिम्बुको घर पुगेकी थिइन्।

लिम्बु अहिले ८८ वर्षका भए।  लिम्बुले महारानीले आफूलाई व्यक्तिगत रूपमा चिन्ने गरेको स्मरण राजदूतसँग गरेका थिए।

प्रत्येक दुई वर्षमा दरबारले गर्ने गरेको भीसीहरूको जमघटमा 'रामबहादुर, के छ तिम्रो खबर ?' भनेर महारानी सोध्ने गरेको राजदूत पोलिटसँगै लिम्बुको घरमा पुगेका भूतपूर्व ब्रिटिश सैनिक प्रेम मुकारुङ राईले बताए। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ऐतिहासिक ‘विश्वमेध श्रीविद्या कोटिअर्चना महायज्ञ’ मा ५५ लाख पटक अर्चना, जप र हवन

काठमाडौँ । पशुपति क्षेत्रलाई वैदिक परम्परा र तपस्याको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा स्थापित गर्न नेपालमै पहिलो पटक भइरहेको ऐतिहासिक ‘विश्वमेध श्रीवि...

बुढीगंगाका मतदाता भेटघाटमा शेखर

विराटनगर । मोरङ क्षेत्र नं ६ का नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालाले बुढीगंगा गाउँपालिकाका ६ वटा वडामा एकै दिन पार्टी कार्यालय उद्घाटन गरेका...

दैलेखबाट कति ग्यास निकाल्न सकिन्छ ? नेपालमा नयाँ सरकार कुर्दै चीन

काठमाडौं । दैलेखमा ठूलो मात्रामा खनिज ग्यासको भण्डारण रहेको त्यहाँ अन्वेषण गर्ने चिनियाँ कम्पनीले जानकारी गराएको अधिकारीहरूले बताएका छन्। दैलेखको भ...

आजदेखि एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी फिल्डमा

काठमाडौं । निर्वाचन सुरक्षार्थ छनोट भएर दशदिने तालिम पूरा गरेका एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी बुधबारदेखि फिल्डमा खटिँदै छन् । उनीहरू नेपाल प्रहरी ...

आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण

काठमाडौँ । सरकारले मुलुकको आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षामा यस्तो प्रक्षेप...

आज उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले तराईका धेरै स्थानका साथै उपत्यकाहरूमा हुस्सु लागेको ब...

बागलुङ–१ मा पुराना उम्मेदवारलाई नयाँको चुनौती, कसले मार्ला बाजी ?

बागलुङ । विकास र समृद्धिको चरणमा रहेको बागलुङ क्षेत्र नम्बर १ को निर्वाचन प्रतिष्ठाको लडाइ बन्दै आएको छ । राष्ट्रिय राजनीतिमा नाम कमाएका राष्ट्रिय जनम...

मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा कूल ३९ वटा मतदान केन्द्र तथा मतदानस्थल कायम छन् । यहाँको ...

खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन विभागको पहल

काठमाडौँ । खाना पकाउने ग्यासको आपूर्तिमा देखिएको समस्या समाधानका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ढुवानी व्यवस्थापनलाई प्रभावकारी बन...

निर्वाचन २२ दिन बाँकी: ६७४३ वटा वडामा सञ्चालन हुनेछ मतदाता शिक्षा कार्यक्रम

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई थप भव्य र व्यवस्थित बनाउने उद्देश्यका साथ मतदाता शिक्षा विशेष कार्यक्रम सञ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE