Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

निर्वाचन अपाङ्गमैत्री मनाउन माग

खबरडबली संवाददाता

चितवन । यहि मङ्सिर ४ गते हुन हुने प्रतिनिधि सभा एबं प्रदेश सभा निर्वाचनलाई  अपाङ्गमैत्री बनाउन जिल्लाका सबै राजनैतिक दलसमक्ष माग गरिएको छ । नेत्रहिन युवा सङ्घ नेपाल चितवन शाखाले जिल्लामा कृयाशिल राजनैतिक दलहरुलाई ज्ञापनपत्र बुझाउँदै अपाङ्गमैत्री वातावरण बनाउन ध्यानाकर्षण गराएका हुन् ।

सङ्घका जिल्लासचिब किरण पन्तका अनुसार नेकपा एमाले, नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, बिबेकशिल साझा पार्टी, राप्रपा  र निर्वाचन कार्यालयमा ज्ञापनपत्र बुझाइएको हो ।

प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा अपाङ्गता भएका व्यक्तिले सहजै मतदान गर्न मिल्ने गरी व्यवस्था मिलाउनका लागि  पहल गर्न दलहरुको ध्यानाकर्षण गराइएको उनले बताए  । समानुपातिक निर्वाचन प्रणालीमा दलहरुले नाम सूचिकृत गर्दा अपाङ्गता भएका व्यक्तिहरुलाई प्रथामिकतामा राखिनुपर्ने, उनीहरुको हक अधिकारका बारेमा आफ्नो घोषणा पत्रमा स्पष्ट उल्लेख हुनुपर्ने, मतदान गर्नका लागि अपाङ्गता भएका व्यक्तिहरुलाई सहज बातावरण वनाइनुपर्नेलगायत माग  ज्ञापनपत्र उल्लेख गरिएको छ ।

सङ्घकी जिल्ला कोषाध्यक्ष कोपिला केसीले मतदानस्थलमा स्वयमसेवीका रुपमा कम्तिमा एक अपाङ्गता भएका व्यक्तिलाई समेत परिचालन गर्न दलहरुलाई सुझाव दिइएको बताए ।

ज्ञापनपत्र बुझ्दै दलका नेताहरुले आगामी निर्वाचन  अपाङ्गमैत्री  बनाउन राजनैतिक दलहरुले   प्रतिबद्धता जनाएका उनको भनाइ थियो ।

नेकपा एमालेका बाग्मती प्रदेश कमिटी सदस्य कृष्णप्रसाद भुर्तेलले एमालेले यसअघि पनि अपाङ्गका मुद्दालाई प्राथमिकतामा राखेर अगाडि बढेको र  आगामी दिनमा पनि पहल गर्ने बताए  । नेपाली कांग्रेसका जिल्लासचिव सूर्य अर्यालले आफ्नो दल लोकतन्त्रमा आस्था राख्ने पार्टी भएकाले अपाङ्गमैत्री निर्वाचन गराउन पहल गर्ने प्रतिबद्धता जनाए  । अपाङ्गका समस्या समाधान गर्न दलहरुमार्फत निर्वाचन आयोगलाई दवाव दिने उनीहरुको भनाइ थियो  ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: